स्वतन्त्रता दिवसमा मोदीको भाषण– हामी समस्या पाल्दैनौं पनि, टार्दैनौं पनि

काठमाडौं – भारतको ७३औं स्वतन्त्रता दिवसको अवसरमा दिल्लीस्थित लाल किलाको प्राचीरबाट प्रधानमन्त्री नरेन्द्र मोदीले देशका समस्याहरू आफूहरूले नपाल्ने र नटार्ने बताए । 

सरकार बनाएको ७० दिनभित्र धारा ३७० र ३५क आफूहरूले हटाइदिएको उनको भनाइ छ । 


Advertisement

प्रधानमन्त्री मोदीले कांग्रेसलाई लक्षित गर्दै भने, ‘धारा ३७० हटाउनका लागि कसैले खुला अनि कसैले मौन रूपमा समर्थन दिइरहेका थिए । धारा ३७० को वकालत गर्नेहरूसँग देशले सोधिरहेको छ– यो धारा यति महत्त्वपूर्ण हुन्थ्यो भने ७० वर्षसम्म भारी बहुमत भएर पनि स्थायी किन नबनाएको, अस्थायी बनाइरहेर किन राखेको ? धारा ३७० लाई राखिरहनु सही थिएन । तर सुधार गर्ने हिम्मत तपाईंमा थिएन । मेरो लागि चाहिँ देशको भविष्य नै सबथोक हो ।’


Advertisement

उनले थपे, ‘धारा ३७० र ३५क दीर्घकालीन समस्या हो । हामीहरू समस्यालाई टार्दैनौं पनि, पाल्दैनौं पनि । दुवै सदनमा दुईतिहाइ बहुमतबाट यसलाई हटाउने संकल्प प्रस्ताव पारित भयो । प्रत्येक भारतीयको मनमा यो कुरा खट्किरहेको थियो । तर कसले शुरू गर्ने, अगाडि को आउने, त्यसको प्रतीक्षा थियो । देशवासीहरूले मलाई यो काम सुम्पिए । तपाईंहरूले जे गर्न भन्नुभयो, मैले गरें । मेरो आफ्नो केही पनि छैन ।’

एजेन्सी
 

कमेन्ट गर्नुहोस्