२६ जेठ २०८३, मंगलबार

बेलायतमा गाडीको ठक्करबाट एक नेपालीको मृत्यु

कात्तिक २०, २०७४
बेलायतमा गाडीको ठक्करबाट एक नेपालीको मृत्यु
काठमाडौं, १५ चैत - बेलायतको बर्मिंङहममा बाटो काट्ने बेलामा तीब्र गतिमा आइरहेको गाडीको ठक्करबाट एक नेपालीको ज्यान गएको छ । नेपाली समुदायबाट प्राप्त जानकारी अनुसार गुल्मीको रुरु गाविस , थोर्गाका ४५ वर्षिय दिल सुवेदीको ज्यान गएको हो । उनी घर भई हाल बेलायतको बर्मिंङहममा बस्दै आएका थिए ।

शान्ति नेपाली समाज बर्मिंङहमका कार्यकारी पदाधिकारी यज्ञ खरेलका अनुसार डाक्टरले घरमै आएर मृत्यु भएको पुष्टि गरेका हुन् ।

कामबाट फर्कँदै गर्दा उनलाई गाडीले ठक्कर दिएको हो । हरियो बत्ति बलेकै बेलामा उनले बाटो काटेका थिए । तर हुत्तिँदै आएको गाडीले ठक्कर दिएको हो । साथीसँगै बाटो काट्दै गरेका उनलाई साथीले फर्केर हेर्दा गाडीले ठक्कर दिएर पर फालेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्