चङ्गा (कविता)

सिपी नेपाल

शरद ऋतुको आगमम
सँगै 
ताजगी वातावरणमा 
धर्तीलाई उपक्षा गर्दै
रबाफका साथ खुल्ला 
गगनलाई आँगन मानि 
नृत्य गर्न जाँदैछ
हेर सानो कागजको टुक्रा।


Advertisement

आफैमा त्यो श्रीहीन छ
तर पनि 
पवनको गतिमा झुल्न
आफ्नो पृष्ठभूमि भुलेर 
आसमानको सामु नृत्य 
गर्न तयार छ
त्यो।

धर्फफराउँदै केही क्षण 
त 
त्यसले यौवन रुपी नृत्य
देखाउँछ तर अचानक
मन्द गतिको हावा 
तेज रुपी भईदिन्छ 
र 
धागोको सहारामा दुरी कागम 
गर्ने लट्टाईको 
रिक्तता सँगै 
जीवनको समाप्तिमा पुग्दछ।

क्षणिक फर्फफराईमा 
रबाफ देखाउने 
अनि त्यहि फुर्तीमा 
आफ्नो जीवन देख्ने 
आखिर त्यो चङ्गा 
नै 
त हो जो 
पराधिनताको शिखरमा 
गई स्वाधिनताको 
नृत्य खुला आकाश 
मुनी देखआउँछ। 

कमेन्ट गर्नुहोस्