२६ जेठ २०८३, मंगलबार

पानीमा डुबेर दिदीभाइको मृत्यु

कात्तिक २०, २०७४
पानीमा डुबेर दिदीभाइको मृत्यु
रुकुम, १५ चैत - खाडलमा जम्मा भएको पानीमा डुबेर यहाँ एकै घरका दिदीभाइको मृत्यु भएको छ ।

सडक खन्ने क्रममा सडकमुनि बनेको खाडलमा जम्मा भएको पानीमा डुब्दा भुम्या गाउँपालिका–७ महत बागटारेका ११ वर्षीया सपना बुढा र आठवर्षीय जितमानको मृत्यु भएको हो ।

आज अपराह्न विद्यालय जाने क्रममा भाइ पानीमा डुबेको र उसलाई पानीबाट निकाल्न खोज्दा दिदी पनि डुबेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विद्यालयमा अपराह्न परीक्षा सञ्चालन भइरहेकाले ढिला गरेर बालबालिका विद्यालयमा गएका थिए । उनीहरुसँगै विद्यालय जाँदै गरेका अन्यले दिदीभाइ पानीमा डुबेको देखेपछि स्थानीयवासीलाई खबर गरेका थिए । उनीहरु बलभद्र मावि थवाङ रोल्पामा एलकेजी र नर्सरीमा अध्यनरत रहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्