सोमर्स्वीद्वारा आयोजित 'सिङ विद् सुशान्त' मा झुमे दर्शक

काठमाडौं– सोमर्स्वीद्वारा आयोजित कार्यक्रम (Sing with Sushanta) मा सुशान्त केसीसँगको संगीतमय साँँझले ‘Calm restaurant and bar’ मा युवा र संगीत प्रेमीहरूको ठूलो भीडलाई आकर्षित गर्‍यो ।

उक्त भीडले सुशान्त केसीको ‘मायामा’ र ‘गुलाबी’ जस्ता लोकप्रिय गीतहरूको आनन्द लिँदै गायक सँगसँगै झुम्दै, गुन्गुनाउँदै, नाच्दै ‘गुलाबी’ गीतलाई पुनः गाउन अनुरोध गरे जुन सुशान्तले स्वीकार गर्दै उनीहरूलाई मनोरञ्जन प्रदान गरे । 


Advertisement

सुशान्तले आफ्नो ९ वटा लोकप्रिय गीतहरू गाउनुको साथै आफ्नो प्रशसंकहरूलाई छिट्टै नै बजारमा आउन लागेको नयाँ गीत “रंगिन” पनि प्रस्तुत गरेका थिए ।

यो सुशान्त केसीको अस्ट्रेलियाबाट फर्के लगत्तै पहिलो प्रत्यक्ष प्रस्तुति हो । 

फ्रेन्डसीप महिना अभियान अन्तर्गत सोमर्स्वीले  विशेष अतितिको रूपमा ५० जना भाग्यशाली विजेताहरूलाई आफ्नो साथीको साथमा आमन्त्रित गरेको थियो ।

भाग्यशाली विजेताहरूलाई फेसबूक प्रतियोगिताबाट छनौट गरिएको थियोे जहाँ उनीहरू सुशान्तसँग नजिक हुनका साथै निःशुल्क खाना र सोमर्स्वी साथमा खान सक्थे ।

‘यो कार्यक्रम धेरै राम्रो भयो र युवाहरूको भीडले सुशान्त केसीसँग हरेक पल रमाइलो गरेको प्रत्यक्ष हेर्न पाएँ,’ गोर्खा बु्रअरी प्रा.लि.का मार्केटिङ म्यानेजर रोजन अमात्यले भने, ‘उनको हरेक गीतमा सबै दर्शकहरू एउटा सानो कन्सर्टमा आई रमाइरहेको जस्तो देखिएको थियो । हामी खुशी छौँ कि सुशान्तसँगको यो सम्बन्धले उनको प्रशंसक नजिक हुन पाएकोे छ ।’

सोमर्स्वीले युवा माझ लोकप्रिय तथा चर्चित गायक सुशान्त के.सी.लाई अगस्ट २०१९ बाट लागू हुने गरी एक वर्षका लागि ब्रान्ड एम्बेस्डर घोषित गरेको छ ।

सोमर्स्वीले धरान, बुटवल, पोखरा र नारायणगढमा लागायत विभिन्न शहरहरूमा यही अगस्ट महिनामा (Sing with Sushanta) आयोजना गर्दैछ ।

 


 

कमेन्ट गर्नुहोस्