माघ १८, २०८०
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
काठमाडौं – आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठक सकिँदा रातको ८ बजिसकेको थियो । बाहिर सिमसिम पानी परिरहेको थियो भने सचिवालय बैठक सकिएपछि बस्ने भनिएको मन्त्रिपरिषद्का लागि मन्त्रीहरू अर्को हलमा जम्मा भइसकेका थिए ।
बैठक सकिएपछि वरिष्ठ नेता माधवकुमार नेपाल हतार–हतार बाहिर निस्के । केही सञ्चारकर्मीलाई आफू नजिक बोलाए । उनको गाडी स्टार्ट भइसकेको थियो ।
उनले बैठकमा आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कि अध्यक्ष छोड्नुस् कि प्रधानमन्त्री छोड्नुस् भनेको सुनाए ।
उनी यत्तिमै रोकिएनन् । सचिवालय बैठकको निर्णयमा नीतिगत विषय नमिलेको भन्दै आफूले ‘नोट अफ डिसेन्ट’ लेखेको बताए भने ६ वटा जनवर्गीय संगठनको इन्चार्ज र सहइन्चार्ज तोक्ने विषय आफूलाई मान्य नभएको उनको दाबी थियो ।
उनले उठाएको अर्को गहन विषय थियो पार्टी वरियताको । १५ महिनाअघि पार्टी एकीकरण हुँदा झलनाथ खनालभन्दा माथि नेता नेपालको वरीयता थियो । नेपालले भने, ‘वरीयता हेरफेर गर्ने हो भने पनि ठीकै छ तर तत्कालीन एमालेका बाँकी उपाध्यक्षलाई पनि सचिवालयमा ल्याउनुपर्छ ।’
तत्कालीन एमालेका उपाध्यक्षमध्ये विद्या भण्डारी राष्ट्रपति छन् भने वामदेव गौतम सचिवालयमा छन् । विधि विधानकै पालना गर्ने हो भने थप ३ उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, भीम रावल र युवराज ज्ञवालीलाई पनि सचिवालयमा ल्याउनुपर्ने प्रस्ताव नेपालले राखे । ३ जना नै नेपाल निकट मानिन्छन् । नेपालले गरेको प्रस्तावउपर शुक्रवारको सचिवालय बैठकमा कुनै छलफल नभएपछि आइतवारको बैठकमा उनी कड्किए ।
नेता नेपालले आफू लगायत थप २ जनालाई सचिवालय सदस्यमा बढुवा गर्न राखेको प्रस्तावउपर आफ्नो कुनै टिप्पणी नरहेको युवराज ज्ञवालीले गरिसकेका छन् । ‘उहाँले प्रस्ताव राख्नुभएको रहेछ, हामीले थाहा पायौं,’ आइतवार लोकान्तरसँग कुरा गर्दै ज्ञवालीले भने, ‘त्यसमाथि छलफल भएर केही निष्कर्ष निस्केपछि मात्र प्रतिक्रिया दिन उचित होला ।’
यद्यपि झलनाथ खनालले भने आफू सर्वसम्मतिले नै एक तहको वरीयतामा बढुवा भएको प्रतिक्रिया दिइसकेका छन् ।
नेता नेपालले पार्टीभित्र आफूलाई कर्नरमा पार्न खोजेको प्रसङ्ग पनि उठाएका थिए । ‘उहाँले दुई अध्यक्ष मिलेर आफूलाई चेपुवामा पार्न खोजेको आरोप लगाउनुभयो,’ एक सचिवालय सदस्यले लोकान्तरसँग भने, ‘त्यसपछि औंला उठाएर प्रधानमन्त्रीलाई कि प्रधानमन्त्री छोड्नुस् कि अध्यक्ष छोड्नुस् भनेर चेतावनी शैलीको भाषा प्रयोग गर्नुभयो ।’
नेता नेपाल बैठकमा पड्किएपछि प्रचण्डले केही सहजीकरण गर्न खोजेका थिए । यसअघि सरकारको जिम्मेवारी ओलीले लिएपछि आफूले पार्टीको जिम्मेवारी पाउनुपर्ने प्रचण्डको मुख्य माग रहने गर्दथ्यो तर आइतवारको बैठकमा प्रचण्डले नेता नेपालको आक्रोशलाई मत्थर पार्ने प्रयास गरे ।
केही दिनयता बसिरहेका बैठकमा प्रधानमन्त्री ओली हाबी हुन थालेका छन् । बैठकमा निरन्तर ओलीकै प्रस्ताव आउने गरेको र त्यसैमा छलफल हुने गरेको स्रोत बताउँछ । शुक्रवारको बैठकमा विभागको नेतृत्व पनि ओलीले नै प्रस्ताव गरेका थिए । बैठक सकिएपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको प्रस्तावमा आएका विषयलाई सामान्य छलफल गरेर पारित गरिएको जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री ओली हाबी हुन थालेपछि नेता नेपाल सशंकित देखिन थालेका छन् । अर्का अध्यक्ष प्रचण्ड पनि ओलीसँगै लहसिन थालेपछि नेता नेपालले पार्टीभित्र आफ्नो भविष्य असुरक्षित देख्न थालेका छन् ।
ईश्वर पोखरेललाई स्कूल विभागको नेतृत्व दिने प्रस्ताव पनि ओलीकै थियो । वामदेव गौतमलाई विधानविपरीत उपाध्यक्ष बनाउने प्रस्ताव पनि ओलीले नै गरेका थिए । वरिष्ठ नेता झलनाथ खनालको वरीयतामा बढुवा गर्ने प्रस्ताव पनि ओलीकै थियो ।
आफ्ना प्रस्तावमा छलफलसमेत नगर्ने तर अध्यक्षद्वयको मिलेमतोमा आएका प्रस्ताव भटाभट पारित हुन थालेपछि नेता नेपाल ‘फायर’ भएका हुन् । नेता नेपाल निकट मानिने वेदुराम भुसालले आफूलाई राष्ट्रिय सुरक्षा तथा प्रवर्द्धन विभागको इन्चार्ज बनाएकोमा आपत्ति समेत प्रकट गरेका छन् । उनले आपत्ति जनाएपछि हतारहतार सूचीबाट विभाग नै गायव भएको थियो ।
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...