×

NMB BANK
NIC ASIA

कर्णालीको च्याउ, झ्याउ र स्याउले देशको मुहारै बदल्न सक्छ : अध्यक्ष तिमिल्सेना

भदौ २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले कर्णालीको च्याउ, झ्याउ र स्याउले कर्णालीको मात्रै नभई देशकै मुहार फेर्न सक्ने बताएका छन् ।

Muktinath Bank

कर्णाली प्रदेश सभाको चौथो अधिवेशनको २३ औं बैठकलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सेनाले कर्णाली स्थानीय उत्पादनको प्रयोग गरेर समृद्ध बन्ने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘यहाँहरूसँग पर्याप्त सम्भावनाहरू छन्,’ उनले भने, ‘ती सम्भावनालाई कसरी वास्तविकतातिर रुपान्तरण गर्न सकिन्छ प्रदेश सरकारले योजना बनाई कार्यान्वयन गरोस् ।’ 


Advertisment
Nabil box
Kumari

अध्यक्ष तिमिल्सेनाले सूर्य पनि अस्ताउन पश्चिम आइपुग्ने आहान फेरिँदै गएको बताए । ‘कर्णाली प्रदेशमा निर्मित विश्वविद्यालय, अस्पताल, सञ्चार र सडकको ‘कनेक्टिभिटी’लाई लोकतन्त्रको उपहारको रुपमा लिनुपर्ने हुन्छ,’ उनले भने, ‘मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुर्खेत–जुम्ला करिडोर, भेरी करिडोर, टेलिफोन र इन्टरनेट सञ्जालको विस्तार र गाउँ बस्तीमा खुलेका अस्पताल यसैका उदाहरण हुन् ।’

Vianet communication
Laxmi Bank

कर्णालीमा पर्याप्त मात्रामा बिजुली उत्पादन गर्न सक्ने अवस्था रहेको उनले बताए । ‘भेरी, कर्णाली र तिला नदीबाट मात्रै विद्युत् उत्पादन गर्न सके कर्णालीको स्वरुप परिवर्तन हुन समय लाग्दैन,’ उनले भने, ‘पर्यटन र सेवा क्षेत्रले विद्युतीय माग बढ्ने भएकाले उत्पादित विद्युत् कहाँ बेच्ने भन्ने चिन्ता लिनुपर्ने अवस्था समेत छैन ।’

स्थानीय जडीबुटी कौडीको भाउमा निर्यात गर्नुको साटो कर्णालीको विकासका लागि जडीबुटी प्रशोधन उद्योग खोल्न सरकारलाई सुझाव दिए । सिँचाइ, खानेपानी, माछापालन र पर्यटनलाई जरुरी परियोजनाको अभिन्न अंगको रुपमा लिएको खण्डमा विकासको प्रतिफल सोझै जनताको हातमा पर्ने उनको तर्क छ ।

सुर्खेत–जुम्ला सडक स्तरोन्नति गर्ने, कोहलपुर–सुर्खेत ४ लेन सडक बनाउने, सुर्खेत–सिमिकोट–हिल्सा सडक योजना बनाएको खण्डमा धेरैले वाह कर्णाली भन्ने दिन चाँडै आउने उनले बताए । उनले विकास निर्माणमा जनताको प्रत्यक्ष सहभागिता जुटाएको खण्डमा कर्णालीको विकास सम्भव रहेको बताए ।

प्रदेशसभा बैठकमा सभामुख राजबहादुर शाहीले मुख्यमन्त्री कार्यालयबाट भौतिक पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्रीलाई पदमुक्त गरी मुख्यमन्त्रीले नै मन्त्रालय सम्हालेको प्राप्त पत्र पढेर प्रदेश सभालाई जानकारी गराएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x