एनआईसी एसिया ब्यालेन्सड् फण्ड इकाईको सार्वजनिक निष्कासन बन्द हुने

काठमाडौं – एनआईसी एसिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन भएको दोस्रो बन्दमुखी योजना एनआईसी एशिया ब्यालेन्सड् फण्ड इकाईको सार्वजनिक निष्कासन बन्द हुने भएको छ ।
गत महिना साउन ८ गते खुलेको निष्कासन भदौ ५ गते बन्द हुने बैंकले जनाएको छ ।

‘प्रतिइकाई मूल्य १० रुपैयाँका १२ करोड ५० लाख इकाईमध्ये बीज पूँजीवापत न्यूनतम १५ प्रतिशत इकाई कोष प्रवद्र्धक एनआईसी एसिया बैंक लिमिटेड तथा योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटल लिमिटेडलाई सुरक्षित राखी बाँकी न्यूनतम १० करोड ६२ लाख ५० हजार इकाईको निष्काशन तथा बिक्री खुला मिति २०७६/०४/०८ गतेदेखि मिति २०७६/०५/०५ गतेसम्म गरिएको व्यहोरा सहर्ष जानकारी गराउँदछौं,’ बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


Advertisement

एनआईसी एशिया ब्यालेन्सड् फण्डको इकाई खरिद गर्न ईच्छुक व्यक्ति तथा संघसंस्थाले भदौ ५ गते बैंकिङ समयभित्र आफ्नो सी–आस्बा खाता रहेको बैंक तथा वित्तीय संस्था वा मेरो शेयर लगइन गरी अनलाइनमार्फत आवेदन गर्न सकिने बैंकले जनाएको छ ।

ब्यालेन्सड् फण्डको इकाई खरिद गर्नको लागि प्रचलित सामूहिक कोष नियमावली एवं निर्देशिकाको अधिनमा रही नेपाली नागरिक, गैरआवासीय नेपालीको प्रमाणपत्र (परिचय पत्र) जारी भएका व्यक्ति, प्रचलित कानून बमोजिम दर्ता भएका नेपाली फर्म, संघसंस्था, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, कुनै पनि वर्ग वा समूहले खडा गरेको कोषजस्तै सञ्चय कोष, कल्याणकारी कोष, गुठी, अक्षय कोष आदिले आवेदन दिन सक्ने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्