हिन्दूराष्ट्र कि धार्मिक स्वतन्त्रता ?

मदन भण्डारी
मदन भण्डारी

वामपन्थी विचारक भण्डारी पोखरामा रहेर समसामयिक विषयमा लेख्छन् ।

सन् १९४७ को स्वतन्त्रता प्राप्तिदेखि नै भारतमा हिन्दूवादीहरू बलिया थिएनन् । महात्मा गान्धीको हत्या भयो । बाइबलको चर्को प्रभाव फैलिसकेको थियो । मुसलमानहरू मोहम्मदका वरिपरि एकताबद्ध थिए । हिन्दूहरू अनेक सम्प्रदायमा बाँडिएका थिए । ‘हिन्दू जातिका उत्थान और और पतन’ को भूमिकामै रजनीकान्त शास्त्री लेख्छन्, ‘भारत निवासी अनेक जातीयों तथा तथा उपजातीयों मे विभक्त थे जो अपने डेड चावल कि खिचडी अलग–अलग पकाया करती थी जिससे उनमे राष्ट्रिय भावना अंकुरित होने नहीं पाई और जो अन्त मे जाते–जाते उनके वर्तमान अधःपतनका कारण बना ।’

छिमेकी त्यो ठूलो देशको प्रभाव हाम्रो नेपालमा स्वतः पर्दै गयो । सानो देशमा जातीय विभेदका अनेक पर्खालहरू खडा भए । जनजातिका घरमा पाउना बस्न पुग्ने २/३ थरि ब्राह्मणलाई अलग–अलग चुलो बनाइदिनु पथ्र्यो । उनीहरूलाई दालचामल, तरकारी मात्रै दिएर पुग्दैनथ्यो, ती चोखेन खोज्थे । धोतीपाटा फेर्थे । उनीहरूको धर्मकर्म मानवताविरोधी थियो । अहिले पण्डितहरू हिन्दू संस्कृति विज्ञानसम्मत् रहेको बलशाली तर्क दिन्छन् तर ‘किताबको माछा खान हुँदैन, खोलाको माछा खान हुन्छ’ भन्न छाड्दैनन् । दधिचिको त्यागको कथा हजारपटक दोहोर्‍याउँछन् तर आप्mनो थुक अरूलाई दिनुपर्दा मुख सुकाउँछन् । 


Advertisement

भारतमा धर्मनिरपेक्षता कमजोर हुँदैजाँदा हिन्दूवादी बलिया हुँदै आए । इन्दिरा गान्धीको हत्यापछि शिखविरोधी दंगा भड्कियो । त्यही बेला राजीव गान्धी ठूलो भ्रष्टाचारको मुद्दामा फसे । यही कारणले १९८९ को चुनावमा कांग्रेस पराजित भयो । चार दशकदेखिको एकछत्र शासन गुम्यो ।

कांग्रेसको तीव्र क्षयीकरण शुरू भयो । १९९२ मा बाबरी मस्जिद भत्काइएछिको काटाकाट र मारामारले साम्प्रदायिकता र राजनीतिको भेद छुट्टिन छाड्यो । दिनदिनै हुने हुलदंगामा ‘राष्ट्रिय स्वयं सेवक संघ’ अगाडि आयो । २००२ को गुजरातको ठूलो संख्याको नरसंहार त्यहाँका मुख्यमन्त्री नरेन्द्र मोदीका लागि शोभनीय थिएन तर यसैमा भारतीय जनता पार्टीलाई राजनीतिक लाभ भयो । यही मुद्दामा अमेरिकाले नरेन्द्र मोदीलाई अमेरिका भ्रमणमा रोक लगायो तर मोदी गुजरातको मुख्य मन्त्रीबाट भारतकै प्रधानमन्त्रीका रूपमा बलशाली ढङ्गले उदाए । अमेरिकाले मोदीलाई सम्मानको निम्तो दियो । मोदी हिन्दूइज्म फैलाउँदैछन् । नेपालका हिन्दूवादी गमक्क परिरहेका छन् ।


Advertisement

अहिले हामीले गौर काण्ड वा टीकापुर काण्डबाट पटक्कै सिक्न चाहेका छैनौं । हिन्दूत्वको वकालतमा ‘नेपालका लागि नेपाली’ भन्नेहरू झ्वास्स हेर्दा निकै आकर्षक रूपमा अगाडि बढेका छन् । मरेको गाई खाने गरीबलाई राज्यले निर्मम कारवाही गरेको छ । भारतमा २०१५ मा यूपी दार्दराका मोहम्मद अखलाकलाई हिन्दूहरूले कुटीकुटी मारे । त्यस्तै कसूरमा २०१८ मा जुबेद खान त्यसरी नै मारिए । नेपालमा त्यस्तो शोषण, दमन र उत्पीडन आ–आप्mनै पार्टीमा समेत बढाइएको छ । विकासमा काखा र पाखा गर्दै सामान्य स्वाभिमानी मान्छेको घरआंगनमा भल लगाइदिन जननिर्वाचित प्रतिनिधिहरू किञ्चित मान्दैनन् । भ्रष्टाचारले व्यापकता पाएको छ । चौपट नेपाली कांग्रेसको कुरै नगरौं; सत्तासीन नेकपाकै रामकुमारी झाँक्री, अष्टलक्ष्मी शाक्य, भीम रावल र घनश्याम भुसाल जस्ता चर्चित नेतागणको कुनै कदर देखिँदैन ।

हाम्रो धर्मनिरपेक्षता भर्सेस हिन्दूराष्ट्रको खेललाई नियाल्दै चीनतिर फर्किँदा देखिन्छ, त्यहाँ कन्फ्रुसियसलाई सम्मान गरेर मानव जीवनलाई सुखी तुल्याइएको छ । हामी बुद्धलाई बिर्सेर बुद्धु बन्नमै तँछाडमछाड गरिरहेका छौं ।

भारतमा धर्मनिरपेक्षता कमजोर हुँदैजाँदाको स्थितिबारे सामान्य छलफल गरियो । निष्कर्षतः के भन्न सकिन्छ भने नेपालको धर्मनिरपेक्षतालाई झनै गाइजात्रे बनाइएको छ । संविधानको धारा ४ ले भन्छ, ‘नेपाल ‘धर्मनिरपेक्ष’ राज्य हो ।’ तुरुन्तै स्पष्टीकरण दिइन्छ, ‘धर्मनिरपेक्ष’ भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झिनुपर्छ ।’ सनातनदेखि चलिआएको नेपालको मूल धर्म हिन्दू नै हो । पूर्व राजा ज्ञानेन्द्र अहिले हिन्दू धर्मकै अनुष्ठानमा एकोहोरिएका छन् । उनको धार्मिक भेटघाट ह्वात्तै बढेको छ । हाम्रो अन्धेर नगरीमा सामाजिक सञ्जाल हेरिँदा हिन्दूराष्ट्र कायम भई नै सकेको आभास पाइन्छ । 

वास्तविकता त्यस्तो अलि छैन । पुराना सत्ताका ठालूहरूको चलखेलले हिन्दूत्वको प्रभाव सतहमा देखिएको सत्य हो तर दुईतिहाइ बहुमतको नेकपा सरकार पनि उत्तिकै सत्य हो । कम्युनिस्टले धर्मलाई अफिम मान्छ । मार्क्सलाई उद्धृत गर्दै जेलबाटै सुदर्शन वली लेख्छन्, ‘धर्म अफिमै हो । जनतासँग सफलताको एउटा तत्व छ, त्यो हो– सङ्ख्या । वस्तु सङ्ख्या तब निर्णायक हुन्छ जब जनता संगठनमा आबद्ध हुन्छन् ।’ कम्युनिस्टले संगठन लथालिङ्ग बनाउँदाको खाली स्पेसमा हिन्दूवादीहरू भजनकीर्तन गाउँदै संगठनमा आवद्ध छन् । 

हाम्रो संविधानको धर्मनिरपेक्षताको व्यवस्था व्यवहारमा लाटीको धोतीको अवस्थामा छ । राज्य कतै क्रिश्चियनको धर्मप्रचारमा खुलेर लाग्छ, कतै हिन्दू धर्मको पूजामा सम्मानीय राष्ट्रपति राजालाई उछिन्छिन् । भन्न परोइन, भारतमा धर्मनिरपेक्षता कमजोर हुँदा मोदी उदाए । यहाँ नेपाललाई हिन्दूराष्ट्र बनाउन चाहनेहरू चम्किएका छन् । नेकपाले सुख र समृृद्धि भनेजस्तै हिन्दूवादीहरू रामराज्यको ललिपप बाँडिरहेका छन् । धर्मनिरपेक्षताको देनको एउटा सानो सामाजिक उदाहरण हेरौँ, ‘समाजमा डिभोर्सको भोक जागको छ’ मातृका पौडेल (०७६/१/८) । दाबुटी शेर्पा इजलास अनुभव सुनाउँछिन्, ‘धेरै पुरुषहरू पत्नीपीडित रहेछन्,’ उपमेयर सुशीला पाख्रिन पनि यसै भन्छिन् ।

अब हिन्दू धर्मको प्रभावको अर्को उदाहरण हेरौं, ‘धनुषाका मुकेशकुमारले निर्मलालाई तानेर कोठामा पुर्‍याए, कुटपीट गरे । दराजका कपडाहरू झिकेर छरपस्ट पारे । निर्मलाको शरीरमा पेट्रोल छर्के । सलाई कोरेर आगो लगाएर ढोका थुनेर भागे । शरीर बलिरह्यो, निर्मला यादव चिच्याइरहिन् (ऐ. अनलाइन खबर)।’ मेखराज परियार नागरिकमा लेख्छन्, ‘किरियामा बसेका टोपबहादुर रायमाझीको जनै देखेर उनका कार्यकर्ताहरूमा जनै लगाउने होडबाजी चलेको छ (०७५/१०/२३)।’

हाम्रो धर्मनिरपेक्षता भर्सेस हिन्दूराष्ट्रको खेललाई नियाल्दै चीनतिर फर्किँदा देखिन्छ, त्यहाँ कन्फ्रुसियसलाई सम्मान गरेर मानव जीवनलाई सुखी तुल्याइएको छ । हामी बुद्धलाई बिर्सेर बुद्धु बन्नमै तँछाडमछाड गरिरहेका छौं । अब हिन्दूराष्ट्र फर्काइँदा बुद्धमार्गी र मुन्धुममार्गीहरू पक्कै खुसी हुने छैनन् । पश्चिमाहरूले झनै खेल्ने मैदान पाउनेछन् । माथि वर्णित गुजरातको इतिहास यहाँ दोहोरिन सक्छ । यसैले चिच्याएर भन्न सकिन्छ, नो धर्मनिरपेक्षता; नो हिन्दूराष्ट्र ! बरु, धार्मिक रूपले स्वतन्त्र नेपाल राष्ट्र, अर्थात् धार्मिक स्वतन्त्रता ।

मदन भण्डारी
मदन भण्डारी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्