मंसिर ५, २०८०
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
भदौ ५, २०७६
काठमाडौं – जम्मु–कश्मीरको विशेषाधिकार अन्त्य गर्ने भारत सरकारको निर्णयविरुद्ध पाकिस्तानले अन्तर्राष्ट्रिय न्याय अदालत जाने निर्णय लिएको छ । पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री आशिक अवानले पाकिस्तान अन्तर्राष्ट्रिय न्याय अदालतसमक्ष कश्मीरमा मानवअधिकार हननलाई आधार लिँदै कुरा उठाउन तयार रहेको बताए ।
तर पाकिस्तानभित्रै कश्मीर मुद्दामा अन्तर्राष्ट्रिय अदालत जाने कदमका विषयमा मतभेद छ । पाकिस्तानको न्याय मन्त्रालयका एक वरिष्ठ अधिकारीले धारा ३७० र ३५क लाई रद्द गरिने विषयको कानूनी परिणामका विषयमा आईसीजेसँग सल्लाह लिने विचार गरिएको बताए । अन्तर्राष्ट्रिय कानूनी मामिलाका विज्ञ तैमुर मलिकले यस्तो किसिमको सल्लाह बाध्यकारी नहुने तर यसले मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न सहायता गर्ने बताए ।
पाकिस्तानी पत्रिका एक्सप्रेस ट्रिब्युनले आफ्नो रिपोर्टमा आईसीजेका प्रावधानको जिकिर गर्दै कश्मीर मामिलामा भारतलाई कठघरामा उभ्याउन पाकिस्तानका लागि लगभग असम्भव रहेको लेख्यो ।
अन्तर्राष्ट्रिय न्याय अदालतको स्थापना सन् १९४५ मा भएको थियो र यो संयुक्त राष्ट्रसंघको प्रमुख न्यायिक इकाइ हो । अन्तर्राष्ट्रिय अदालतमा देशहरूले मात्र आफ्नो मुद्दा लैजान पाउँछन् । कुनै व्यक्ति, गैरसरकारी संस्था वा निजी संगठन अदालतमा जान पाउँदैन । अदालतमा ११ न्यायाधीश हुन्छन् र उनीहरूको कार्यकाल नौ वर्षको हुन्छ । उनीहरूलाई संयुक्त राष्ट्रसंघको महासभा र सुरक्षा परिषद्ले नियुक्त गर्छन् ।
आईसीजेले न्यायिक क्षेत्रमा दुई किसिमका काम गर्छ । पहिलो, देशहरूले प्रस्तुत गरेको कानूनी विवादमा उसले निर्णय सुनाउँछ । दोस्रो, राष्ट्रसंघको कुनै निकायको अपीलमा उसले कुनै कानूनी विवादमा परामर्श जारी गर्न सक्छ ।
भारत र पाकिस्तान दुवैले आईसीजेको क्षेत्राधिकार स्वीकार गरेका छन् । क्षेत्राधिकार स्वीकार गर्ने देशहरूले एकअर्का विरुद्ध अदालतसमक्ष कुनै विवाद लैजान सक्छन् ।
तर आईसीजेको क्षेत्राधिकारमा जम्मु–कश्मीर विवाद आउँछ कि आउँदैन भन्ने प्रश्न छ । भारतले लगातार यो आफ्नो आन्तरिक विषय भएको बताउँदै आएको छ । अदालतको क्षेत्राधिकारका विषयमा विवाद भएमा त्यसको निर्णय धारा ३६ को प्रावधान अनुसार आईसीजे आफैंले लिन्छ ।
पाकिस्तानले आईसीजेमा कश्मीर विषय उठाएमा जम्मु–कश्मीरलाई आईसीजेको क्षेत्राधिकारमा ल्याउने कानूनी आधार बताउनुपर्ने हुन्छ । यसबाहेक आफ्नो दाबीसँग सम्बन्धित तथ्य र आधार पनि पेश गर्नुपर्ने हुन्छ ।
तर विपक्षी बनाइएको देशले मुद्दालाई आईसीजेको क्षेत्राधिकार बनाउने विषयमा सहमति नदिएसम्म अदालतको सुनुवाइ हुँदैन । आरम्भिक चरणमा क्षेत्राधिकार तय गर्नका लागि आईसीजेले सबै पक्षसँग कानून र तथ्यका सवालमा बहस गर्न र प्रमाण प्रस्तुत गर्न अनुरोध गरेको छ ।
एजेन्सी
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...