मंसिर १०, २०८०
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
भदौ ६, २०७६
काठमाडौं – बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको व्यक्तिगत घोचपेचले पार्टीभित्रको विवाद सतहमा ल्याइदिएको छ ।
२ नेताबीचको ‘निम्नस्तर’को भनाभनले पार्टीभित्र नेताबीच असन्तुष्टि बढ्दै गइरहेको पुष्टि गरेको छ । एकीकरण प्रक्रिया टुंगोमा पुग्ने आशा गरेर बसेका पार्टीका कार्यकर्ता थप निराश बनेका छन् ।
बिहान ८ बजे बोलाइएको बैठक ९ बजेबाट मात्र शुरू भयो र बैठक शुरू हुने बित्तिकै अध्यक्ष ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एकीकरणको बाँकी काम टुंग्याउन बैठक डाकेर निर्णय गर्न आग्रह गरे तर निर्णय प्रक्रिया सर्वसम्मत हुनुपर्ने ओलीको भनाइ लगत्तै नेता नेपाल ताते ।
‘तपाईं सहमति–सहमति भनेर मिठा कुरा गर्ने तर केही दिनयताका बैठकहरूमा आफैं पेलेर जान खोज्नुभएको होइन ?’ नेपालको भनाइ उदृत गर्दै स्रोतले लोकान्तरसँग भन्यो, ‘पार्टी निर्णय विधि विधान अनुसार हुनुपर्छ ।’
त्यसपछि ओलीले निर्णय प्रक्रियामा आफू अध्यक्ष भएकाले आफ्नो सहमति चाहिने बताए । नेता नेपाल थप कड्किए, ‘यहाँ सबैको हैसियत बराबर हो ।’
त्यसपछि अन्य सदस्यहरूले यस विषयमा थप वादविवाद गर्न नपर्ने र बैठकले ‘अध्यक्ष ओलीको स्वास्थ्य लाभको कामना गरौं’ भनी प्रस्ताव गरे । त्यसपछि ओलीले नेपालतर्फ औंला ठड्याएर भने, ‘मलाई तपाईंको स्वास्थ्यलाभको कामना जरुरी छैन । मेरो स्वास्थ्यबारेमा अफवाह फैलाउँदै हिँड्नेले किन कामना गर्नु ?’
चर्काचर्की थप लम्बियो । नेता नेपालले भने, ‘यदि मैले त्यसो गरेको रहेछु भने कारवाही भोग्न तयार छु । यस्तो आपराधिक मानसिकता हटाउनुस् ।’
चर्काचर्कीमा प्रचण्डलगायत अन्य सदस्यले हस्तक्षेप गरेपछि नेपाल र ओली दुवै चुप त देखिए त्यसपछि मुखामुख पनि गरेनन् । प्रचण्डलाई पार्टीको कार्यकारी अधिकार दिनेमा सबै सहमत जस्तो देखिएपनि नेपालले हुन्छ र हुन्न दुवै नभनेको स्रोतले बतायो ।
नेता नेपालले ओलीको स्वास्थ्य रिपोर्ट बारम्बार हेरिरहन्थे !
बिहीवारको बैठकमा भएको चर्काचर्कीबारे टिप्पणी गर्दै ओलीनिकट एक नेताले लोकान्तरलाई भने, ‘खासमा आपराधिक मानसिकता माधव कमरेडकै हो । उहाँले आफ्ना नजिकका नेताहरूलाई ओलीलाई तलमाथि केही भइहाल्यो भने मेरो पालो आउँछ भनेर बारम्बार भन्नुभएको मेरो जानकारीमा छ ।’
उनका अनुसार केपी ओलीको स्वास्थ्यमा नेपालले अरूले भन्दा बढी नै चासो देखाउने गर्दथे । ‘उहाँले बारम्बार केपी कमरेडको स्वास्थ्य रिपोर्ट माग गरिरहनुहुन्थ्यो,’ उनले खुलासा गरे, ‘मृगौला फेरेको कति वर्षमा मान्छेको आयू सकिएला भनेर माधव कमरेडले सोधिरहनुहुन्थ्यो ।’ उनले प्रधानमन्त्री केपी ओलीले आफूलाई शुभकामना दिनुस् भन्दा ‘मिठा कुरा गर्ने ?’ भन्दै नेपाल चर्केको दाबी गरे ।
‘शुभकामना दिनुस्, अब प्रचण्ड कमरेडको अध्यक्षतामा बैठक बसेर बाँकी काम टुंग्याउनुस् भन्दा माधव कमरेडले कल्पनै नगरेको व्यवहार देखाउनुभयो,’ उनले भने, ‘अनि बाहिर आएपछि आफैंले प्रचारबाजी शुरू गर्न थाल्नुभयो । बाहिर उहाँले मेरो शुभकामना लिनुभएन भन्ने प्रचार गर्नुभो तर भित्री कुरा त्यस्तो होइन रहेछ ।’
नेता नेपालको हैसियत ओलीसँग बराबर रहेको स्वीकार्न नसकिने उनको दाबी छ । ‘वर्षौंसम्म एमालेमा शासन गरेको व्यक्ति उहाँ, पहिलो एमालेलाई तेस्रोमा पुर्याएर नेतृत्व छोड्नुभएको उहाँले, पार्टीभित्र गुट उपगुट सिर्जना गर्न कुनै कसर बाँकी छोड्नुभएन,’ नाम प्रकाशित नगर्ने शर्तमा उनले भने, ‘अहिले जनताले माधव कमरेडलाई जिताएको हो ? उहाँले कसरी बराबरी हैसियतको दाबी गर्न सक्नुहुन्छ ।’
पहिला पनि यस्ता मनमुटाव भइरहन्थे : सीपी मैनाली
झापा आन्दोलनदेखि लामो समयसम्म दुवै नेता सँगसँगै काम गरेका नेकपा मालेका महासचिव सीपी मैनाली दुवै नेताहरू पहिला पनि यसै गरेर पटक–पटक बाझ्ने गरेको बताउँछन् । शुक्रवार लोकान्तरसँग कुरा गर्दै मैनालीले भने, ‘यो उनीहरूको पुरानै रोग हो । मलाई कारवाही गरेर महासचिवबाट निकाल्न यिनीहरू एकजुट भएका थिए तर त्यसपछि कहिल्यै एकजुट हुन नसक्ने रोग लागेको छ उनीहरूलाई ।’
पछिल्लो विवाद सैद्धान्तिक राजनीतिक नभई व्यक्तिगत स्वार्थका कारण निर्देशित रहेको मैनालीले दाबी गरे । ‘ओलीमा जबजप्रतिको समर्पण देखिन्छ,’ उनले भने, ‘जबज छोडेर जनताको जनवाद लिएर जाने सिफारिस गर्नेमा माधवकुमार नेपाल अगाडि थिए । यो कुरा शुरूदेखि नै ओलीलाई मन परिरहेको थिएन ।’
व्यक्तिगत स्वार्थ र हितको लडाइँ भएको मैनालीको भनाइ छ । ‘उनीहरूको आफ्नो–आफ्नो स्वार्थ र हितको लडाइँ पनि हो,’ उनले भने, ‘झलनाथ खनाल एमालेकै विधान अनुसार पनि अध्यक्षपछिको पहिलो वरिष्ठ नेता हुनुपर्थ्यो, शुरूमा उनलाई दिइएन,’ मैनालीले भने, ‘त्यतिबेला खनाल ह्युमिलियट भए, अहिले फेरि माधव नेपाललाई खुस्काए । नयाँ मापदण्ड बनेको हो भने त्यो खै ? लहडमा चलिरहेको जस्तो देखिन्छ नेकपा ।’
यसरी विवाद हुनुमा मैनालीले तेस्रो कारणका रूपमा ओलीको कार्यशैली ठीक नभएको व्याख्या गरे । ‘तेस्रो कुरा केपीको कार्यशैलीभित्र हिजोको एमाले अहिलेको डबल नेकपाका नेताहरू बीचमै असन्तुष्टि छ,’ उनले भने, ‘आफू नभएको बेलामा सहमति खोज्ने, आफू हुँदा मनपरी गर्ने । माधव नेपालले अध्यक्ष वा प्रधानमन्त्री ताकेको हुनुपर्छ, अहिले नयाँ समीकरण बनेको छ, त्यसले माधव नेपाललाई साइड लगाएको देखिन्छ ।’
नेता नेपालले आफ्नो राजनीतिक भविष्य नदेखेपछि र अध्यक्ष ओलीले व्यक्तिगत हितका लागि नेपाललाई साइड लगाउने नीति लिएपछि २ नेताको विवाद यसरी उत्कर्षमा पुगेको मैनालीको टिप्पणी छ ।
जनकपुर महाधिवेशनको प्रतिशोध !
सीपी मैनालीले प्रधानमन्त्री केपी ओली गोमन सर्प जस्तै प्रतिशोधी भावना रहेको बारम्बार बताउने गरेका छन् । उनले लोकान्तरसँग कुरा गर्दै त्यही प्रतिशोधी चरित्रका कारण अहिले पार्टीभित्र मनमुटाव बढेको हुनसक्ने प्रतिक्रिया दिए ।
२०५९ सालको माघ १८ देखि २२ गतेसम्म जनकपुरमा सम्पन्न भएको तत्कालीन नेकपा तत्कालीन नेकपा एमालेको सातौं राष्ट्रिय महाधिवेशनमा ओली र नेपालबीच भयंकर शक्तिसंघर्ष भएको थियो । त्यतिबेला महासचिव रहेका नेता नेपालले ओलीले प्रस्तुत गरेको फरक मतको प्रतिवेदनसमेत गायब पारिदिएको आरोप लाग्ने गर्छ ।
मनमुटाव यहाँसम्म थियो कि ओलीपक्षका नेताहरू बसेको होटेलसमेत खाली गर्न लगाइएको थियो । त्यतिबेलाको घटनाक्रम स्मरण गर्दै जनकपुरका एक स्थानीय नेता भन्छन्, ‘अघिल्लो दिनसम्म रघुवीर महासेठ ओलीपक्षमा थिए । जनकपुरको भानुचोकमा रहेको एक गेस्ट हाउस उनले नै बुक गरेका थिए । त्यो गेस्ट हाउसलाई ओलीले आफ्नो सम्पर्क कार्यालयका रूपमा राखेका थिए र त्यहाँ ओलीपक्षका नेताहरू बसेका थिए ।’
तर रातारात महासेठले क्याम्प परिवर्तन गरेर तत्कालीन महासचिव नेपाल पक्षमा गए । ‘उनी नेपाल पक्षमा गएपछि गेस्ट हाउस खाली गर्न लगाए,’ उनी भन्छन्, ‘गेस्ट हाउसको साहुलाई महासेठले पैसा नदिने धम्की दिएपछि साहुले पनि खाली गर्न सहयोग गरे ।’ त्यसपछि ओली पक्षलाई अन्त पनि होटेल खोज्न कठिनाइ भएको थियो ।
त्यतिबेला ओलीको फरक मतको प्रतिवेदन जनकपुरमा नछापिएको स्थानीय नेताले लोकान्तरसँग खुलासा गरे । ‘काठमाडौंमै छापिएर आएको केपी ओलीको फरक मतको प्रतिवेदन महासेठले राखेका थिए,’ उनी स्मरण गर्छन्, ‘महासेठले रातारात क्याम्प परिवर्तन गरेपछि ती प्रतिवेदनहरू पनि गायब पारिए ।’
उनका अनुसार त्यतिबेला ‘जनकपुर एक्सप्रेस’ भन्ने पत्रिका महासेठले सञ्चालन गर्ने गरेका थिए । फरक मतको प्रतिवेदनका सबै कपीहरू उनले आफ्नै गोदाममा लगेर राखेका थिए । उनकै निर्देशनमा त्यहाँको पत्रिकाको स्टोरबाट धेरै प्रति प्रतिवेदन गायब पारिए । महाधिवेशन सम्पन्न भएको धेरै दिनपछि कवाडीमा ती प्रतिवेदनहरू फेला परेका थिए ।
तत्कालीन महासचिव नेपालको निर्देशनमा यो सबै भएको ओलीको बुझाई थियो ।
बदलाको नतिजा
नेता नेपालनिकट एक नेताका अनुसार ओलीले अहिले त्यतिबेलाको बदला लिएका हुन् । लोकान्तरसँग कुरा गर्दै उनले भने, ‘माधव कमरेडलाई सचिवालय बैठकमा ७ बुँदे फरक मत पनि प्रस्तुत गर्न दिइएन । केही दिनयता बसेका निरन्तरका सचिवालय बैठकमा उहाँले ल्याएका कुनै प्रस्तावमाथि छलफल गर्न दिइएन ।’
गत आइतवार बसेको सचिवालय बैठकमा नेता नेपालले केही विभाग र जनवर्गीय संगठनको नेतृत्वमा आफ्नो असहमति रहेको भन्दै सच्याउन माग गरे । उनको माग सुनुवाइ भएन । फरक मत सचिवालय बैठकमा राख्न नपाएपछि नेता नेपालले त्यसको भोलिपल्ट सञ्चारमाध्यमलाई बाँडेका थिए ।
उनले अर्को माग राखे – तत्कालीन एमालेमा ३ उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावललाई सचिवालय सदस्यमा बढुवा गर्नुपर्ने । त्यसमा पनि ओलीले छलफल गर्न चाहेनन् ।
नेपाल वरीयतामा १ तह घटुवामा परे । त्यसपछि चुलिँदै आएको विवाद बिहीवारको सचिवालय बैठकमा छताछुल्ल भयो । ‘हरेक हिसाबले माधव कमरेडलाई साइड लगाउन खोजिएको छ,’ नेपाल निकट ती नेताले भने, ‘उहाँले सधैं विधि विधानको कुरा गर्नुभयो तर उहाँमाथि प्रतिशोध साँधियो ।’
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...