कात्तिक २२, २०८०
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
काठमाडौं – समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि दलित समुदायले एकीकृतरूपमा संघर्ष गर्नुपर्नेमा जोड दिएका छन् ।
संघीय समाजवादी शिल्पी महासंघ र दलित शक्ति नेपालबीच समायोजन भई निर्मित समाजवादी दलित मुक्त महासंघको घोषणा सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले संविधानमा दलित समुदायको हक सुनिश्चित गरिए पनि अधिकार गुम्ने खतरा बढ्दै गएकाले त्यसको रक्षा गर्दै थप अधिकारका लागि एकीकृत रूपमा संघर्ष गर्नुपर्नेमा जोड दिए ।
'सदियौँदेखि आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा पछाडि पारिएको दलित सुमदायले भोग्दै आएको जातीय भेदभाव तथा छुवाछूतको समस्यालाई शिक्षा र चेतनामार्फत अन्त्य गर्नुपर्छ', उनले भने, 'समावेशी र समानुपातिक सिद्धान्तलाई व्यावहारिकरूपमै कार्यान्वयन गर्न राज्यले नै पहल गर्नुपर्छ ।'
पार्टीका केन्द्रीय कार्य समिति अध्यक्ष तथा उपप्रधान मन्त्री उपेन्द्र यादवले दलित समुदायको मुख्य समस्या गरीबी भएकाले त्यसका लागि राज्यका तर्फबाट एकपटक ती समुदायलाई भूमि उपलब्ध गराउन पहल गरिने प्रतिबद्धता व्यक्त गरे ।
उक्त घोषणासभाले खिमबहादुर विश्वकर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ सो समितिको उपाध्यक्षमा मीनबहादुर परियार, चमेलीदेवी दास, सुनिता मरिक, सोमबहादुर नेपाली र लाल विश्वकर्मा रहेका छन् ।
महासचिवमा रणबहादुर रम्तेल, उपमहासचिवमा शान्त घतानी (प्रदीप) र भद्रमान मोतेलाई चयन भएका छन् भने सचिवमा सुनिल विश्वकर्मा, डिवी नेपाली, चन्द्र विश्वकर्मा, अर्जुनराम, होमबहादुर नेपाली, इन्दिरा खाती छानिएका छन् ।
यसैगरी कोषाध्यक्षमा चन्चला पराजुली र सहकोध्यक्षमा भक्तबहादुर दर्नाललाई चयन गरिएको छ । नवनिर्वाचित अध्यक्ष विश्वकर्माले आफ्नो सङ्गठन सधैँभरि दलित समुदायको अधिकारको लागि संघर्षरत रहने प्रतिबद्धता व्यक्त गरे ।
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...