×

NMB BANK
NIC ASIA

बुटवल –नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पश्चिम नवलपरासीका नेता प्रेम ढकाल (पृथ्वी)लाई प्रहरीले पक्राउ गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

नवलपरासी प्रहरीले बिहीवार राति उनलाई उनको घर सुनवल नगरपालिका–१३ बडेराबाट पक्राउ गरेको हो । ७१ वर्षीय ढकाललाई प्रहरीले आगो लगाएको मुद्दामा कारवाही प्रक्रिया अघि बढाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी विप्लव समूहका जिल्ला सदस्य समेत हुन् । विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएपछि उनी तनहुँ, लमजुङ र रूपन्देहीका विभिन्न स्थानमा लुकेर संगठनका लागि काम गर्दै आएका थिए ।


Advertisment
Nabil box
Kumari

घर परिवारसँग भेट गर्न पुगेको बखत पक्राउ परेका ढकाललाई सार्वजनिक यातायातमा आगो लगाएको अभियोगमा मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायब उपरीक्षक विरेन्द्र थापाले बताए ।

Vianet communication
Laxmi Bank

प्रहरीले यस अघि ८ जनालाई पक्राउ गरिसकेको छ ।  

जसमध्ये ६ जना पार्टी गतिविधिमा संलग्न नहुने विज्ञप्ति निकालेर धरौटीमा छुटेका छन् । 

जिल्ला सेक्रेटरी सुमन ज्ञवाली र विद्यार्थी संगठनकी जिल्ला अध्यक्ष शारदा भण्डारीसहित ३ जना थुनामा छन् ।

भूमिगत बनेका जिल्ला इञ्चार्जसहित ६ भन्दा बढी नेता/कार्यकर्तालाई प्रहरीले निगरानीसँगै खोजी गरिरहेको छ । 

उनीहरू सबैमाथि सार्वजनिक यातायातमा आगो लगाएको आरोप छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x