×
Bajaj Top
Khukuri
FONEPAY

जनकपुरधाम बाहिर पहिलो पटक प्रदेश २ मन्त्रिपरिषद् बैठक, के–के भए निर्णय ?

काठमाडाैं | भदौ ६, २०७६

NTC
TVS INSIDE

धनुषा–सागरनाथ वन विकास परियोजनामा प्रदेश नं २ को मन्त्रिपरिषद् बैठक आज सम्पन्न भएको छ । मन्त्रिपरिषद् बैठकले चार बुँदे निर्णय गरेको छ ।

Sanima Bank
morang Auto yamaha

    बैठकले सागरनाथ वन विकास परियोजनासहित प्रदेशभित्रका राष्ट्रिय वनको संरक्षण र सम्बद्र्धन प्रदेश सरकारले गर्ने, चुरे क्षेत्रको संरक्षणका लागि गैरकानूनी बस्ती नियन्त्रण गर्ने, नदी तथा खोलाबाट भइरहेको बालुवा गिट्टी अवैधरुपमा उत्खनन् तत्काल रोक्ने, प्रदेशस्तरीय निकायका निजामती कर्मचारीलाई प्रोत्साहनस्वरुप आन्तरिक पर्यटन कार्यक्रम सञ्चालन निर्देशिका, २०७६ तथा कर र गैर राजश्व लगाउने तथा उठाउने सम्बन्धमा बनेको विधेयक छलफलका लागि विधायन समितिमा पठाउने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवम आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिनुभयो । साथै चुरेको संरक्षण प्रदेश सरकारको प्राथमिकतामा रहेको सन्देश दिने उद्देश्यले सागरनाथ वन विकास परियोजनाको कार्यालयमा मन्त्रिपरिषद् बैठक आयोजना गरिएको मन्त्री यादवले बताउनुभयो । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

    सागरनाथलगायत वनको संरक्षण गर्ने तथा प्रदेश नं २ मा रहेको ४।३ प्रतिशत वन विस्तार गर्ने अभियानमा प्रदेश सरकार लागीपरेको उहाँले बताउनुभयो । सङ्घीय सरकारको स्वामित्वमा रहेको सागरनाथ वन आफ्नो मातहत हुनुपर्ने प्रदेश नं २ सरकारले सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि विवादित रहेको बेला प्रदेशको मन्त्रिपरिषद बैठक उक्त वनमा बसेको हो । प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरधाम बाहिर पहिलो पटक मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक बसेको हो । बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिलामन्त्री यादव, सामाजिक विकासमन्त्री नवलकिशोर साह, उद्योग, वन तथा पर्यटनमन्त्री रामनरेश राय, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, उद्योग, वन तथा पर्यटन राज्यमन्त्री सुरेश मण्डललगायत सहभागी थिए । मन्त्रिपरिषद्को बैठकले प्रदेशको आठवटै जिल्लामा वृक्षरोपण गर्ने, सागरनाथलगायत प्रदेशभित्रका वनको जनकपुरधाम बाहिर पहिलो पटकसंरक्षण सम्बद्र्धन गर्नेलयागत निर्णय गरेको छ ।
 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १३, २०७८

गौर हत्याकाण्ड दोहोर्‍याउने अभिव्यक्तिले हिंसालाई प्रश्रय दिएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवविरुद्ध प्रहरीमा जाहेरी परेको छ । नेपाली कांग्रेसका नेता रञ्जित कर्णले हुलाकमार्फत जिल्ला प्रह...

माघ १४, २०७८

तेह्रथुमको म्याङलुङ नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष रामबहादुर खड्का नेपाल सरकारका पेन्सन होल्डर हुन् । उनले नेपाल प्रहरीमा २७ वर्ष जागिर खाए  । गत स्थानीय तहको चुनावमा टिकट पाउने भएपछि हतारहतार राजी...

माघ १३, २०७८

मोरङमा उखुबारीमा गाडेको अवस्थामा पुरुषको शव फेला परेको छ । धनपालथान गाउँपालिका–७ कमलपुरमा उखुबारीभित्र एक पुरुषको शव फेला परेको हो । उखु काट्न गएका किसानले बारीमा खाल्डो देखेपछि प्रहरीलाई खब...

माघ १३, २०७८

विगत २४ घण्टामा बुधबार दुई लाख ५६ हजार ४१६ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै कोरोना भाइरसविरुद्धको बुस्टर डोज दुई लाख ६४ हजार ८९१ मात्रा लगाइएको छ । यससँगै कोरोनाविरुद्धको ख...

माघ १३, २०७८

सर्वोच्च अदालतको आदेशमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विघटन भएर एमाले र माओवादी केन्द्र ब्युतिँएपछि सबैभन्दा धेरै राजनीतिक रुपमा कसैलाई घाटा भएको छ भने त्यो घाटा एमालेलाई नै भएको छ । पार्टी अध्यक्ष के...

माघ १४, २०७८

नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेट खेलाडीहरूको वर्गीकरण गरेको छ । क्यानको बिहीबार सम्पन्न बैठकले राष्ट्रिय टोलीमा रहेका महिला र पुरुषतर्फका १० खेलाडीलाई ‘ग्रेड ए’ समेटेको हो । पुरुषतर्फ सन्दीप लाम...

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

माघ १३, २०७८

हामीले चाहेर वा नचाहेर विश्व अर्थ व्यवस्थामा मन्दीको चर्चा शुरू भइसकेको छ । केही मुलुकहरूले त्यसलाई हजार कोशिशका बावजूद लुकाउन सकेका छैनन् । अधिकांशले मन्दीलाई गुपचुप राखेर संकट टार्ने कोशिश जारी राखेका छन् ।...

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

माघ १२, २०७८

हालै मात्र निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका राजनीतिक संगठनलाई उनीहरूको विधानमा रहेका केही विशुद्ध सैद्धान्तिक विषयमा असहमति जनाउँदै पत्राचार गरेको छ । निर्वाचन आयोगले राजनीतिक दलहरू...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...