×

NMB BANK
NIC ASIA

मुख्य समाचार

ओलीसँग रुष्ट मावध नेपाललाई फकाउँदै प्रचण्ड, नेपाल प्रहरीमा भर्ना खुल्यो

भदौ ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–प्रदेश नं २ को नामकरण र स्थायी राजधानीबारे राजनीतिक दलले प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका छन् । प्रस्ताव दर्ताका लागि सचिवालयले तोकेको अवधिको अन्तिम दिन बिहीबार दलहरूले प्रदेशको नाम र राजधानीबारे प्रस्ताव दर्ता गरेपछि यहाँ राजनीतिक माहोल ह्वात्तै तातेको छ । 

Muktinath Bank

    सत्ता साझेदार समाजवादी पार्टी र राजपा नेपालले नाम र राजधानीबारे संयुक्त प्रस्ताव दर्ता गरेका छन् । प्रदेशको नाउँ ‘मधेश’ र राजधानी बृहत् जनकपुर क्षेत्र समेटिएको जनकपुरधाम प्रस्ताव गरिएको छ । यद्यपि सत्ता साझेदार दल (समाजवादी पार्टी र राजपा नेपाल)का सात प्रदेशसभा सदस्यले राजधानीको हकमा वीरगञ्ज हुनुपर्ने फरक प्रस्ताव पेस गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    त्यसैगरी नेपाली काङ्ग्रेसले नाउँ ‘मिथिला–भोजपुरा’ र राजधानी अहिलेको जनकपुरधाम उपमहानगरपालिका क्षेत्र हुनपर्ने प्रस्ताव दर्ता गराएको छ । काङ्ग्रेसका पनि चार प्रदेशसभा सदस्यले भने प्रदेशको नाउँ ‘मध्यमधेश’ र राजधानी वीरगञ्ज हुनपर्ने फरक प्रस्ताव दर्ता गराएका छन् । 


Advertisment
Nabil box
Kumari

    यता प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेशको नाउँ ‘जानकी’ र राजधानी समग्र धनुषा जिल्ला समेटिने गरी जनकपुरधाम हुनुपर्ने प्रताव दर्ता गराएको छ । नेकपाका प्रदेशसभा सदस्यले फरक प्रस्ताव भने दर्ता गराएका छैनन् । 

Vianet communication
Laxmi Bank

    दलहरूले दर्ता गराएका प्रस्तावमा राजधानीको नाममा भने सहमति नजिक देखिएको छ । तर, प्रदेश नामकरणको विषयमा दलहरूको प्रस्तावले सकसपूर्ण बनेको यहाँका बुद्धिजीवीले औँल्याएका छन् । प्रदेशको नाम र राजधानी तोक्न प्रदेशसभाको दुई तिहाइ बहुमतले पारित गर्नुपर्ने संवैधानिक व्यवस्थाले यो काम तत्कालै टुङ्गिने छाँट देखिएको छैन । 
    प्रदेश २ मा सरकार गठन भएको एक वर्ष पाँच महिनापछि बल्ल नामकरण र स्थायी राजधानीबारे प्रदेशसभामा प्रक्रिया अघि बढेको छ । अब सचिवालयमा दर्ता भएका प्रस्तावलाई प्रक्रियाबाट छलफलमा लगिने प्रदेशसभाका सभामुख सरोजकुमार यादवको तयारी छ । 
    ओलीसँग असन्तुष्ट नेपाललाई फकाउँदै दाहाल

 प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट वरिष्ठ नेता माधवकुमार नेपाललाई अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मनाउने प्रयास थालेका छन् । अध्यक्ष दाहाल र नेता नेपालबीच शुक्रबार यसै विषयमा छलफल भएको छ । दाहाल निवास खुमलटारमा भएको छलफलमा नेपाललाई फकाउँदै दाहालले पार्टी एकताको बाँकी काम टुंगो लगाउन पहल गरेका छन् ।
प्रधानमन्त्री ओलीको पार्टी एवं सरकार सञ्चालन शैलीप्रति असन्तुष्टि व्यक्त गर्दै नेता नेपालले सात बुँदे असहमतिपत्र पार्टीमा बुझाएका छन् । बिहीबार बसेको सचिवालय बैठकमा समेत ओली र नेपालबीच चर्काचर्की भएपछि सम्बन्ध चिसिएको छ ।
ओली र नेपालबीच सम्बन्ध चिसिएसँगै दुईबीचको सम्बन्ध सुमधुर बनाउन दाहाल सक्रिय भएका हुन् । दाहाल सचिवालयका अनुसार खुमलटारमा भएको छलफलमा पार्टी एकताको बाँकी काम टुंग्याउन नेपाल सकारात्मक भए पनि आफ्नो अडान भने छाडेका छैनन् ।

पार्टीमा एक व्यक्ति, एक पद हुनुपर्ने र सचिवालय कमिटीमा तत्कालीन एमालेका उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाललाई ल्याउनुपर्ने अडानमा नेपाल रहेका छन् । तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकीकरणपश्चात् नेताहरूको जिम्मेवारी बाँडफाँडमा समेत असन्तुष्ट नेता नेपालले आफ्नो वरीयता हेरफेर गरेकोमा समेत चित बुझाएका छैनन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली उपचारका लागि सिंगापुर गएपछि एकताको बाँकी काम टुंगो लगाउने जिम्मेवारी अर्का अध्यक्ष दाहालले पाएका छन् । दाहालले सो जिम्मेवारी पाएसँगै वरिष्ठ नेतासँग सोही विषयमा छलफल गरेको उनको सचिवालयले जनाएको छ । पार्टी एकता घोषणा भएको १५ महिना बित्दासमेत एकताको केही काम टुंगो लगाउन अझै बाँकी नै छ । बाँकी काम टुंगो लगाउन दाहालले नेपाललाई सहमतिमा ल्याएर अगाडि बढ्न खोजेका हुन् ।
सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी, प्रदेश कमिटी, जनवर्गीय संगठनको नेतृत्व, जिम्मेवारी बाँडफाँडलगायतका काम नेकपाले टुंगो लगाइसकेको छ । अब बस्ने सचिवालय बैठकले पोलिटब्युरो कमिटीका साथै आयोग, मञ्च, प्रवास कमिटी, अन्य केन्द्रीय सदस्यहरूको कार्यविभाजन टुंगो लगाउनेछ । यसैगरी, स्थायी कमिटी, केन्द्रीय कमिटीको बैठकसमेत बोलाउने विषयमा छलफल भएको छ । तर, अध्यक्ष ओली स्वदेश फर्किपछि मात्रै स्थायी कमिटी, केन्द्रीय कमिटीको बैठक बस्ने स्रोतले जनाएको छ । एकताको बाँकी काम टुंगो लगाउँदै नेकपाले देशैभरि जागरण अभियानसमेत गर्ने तयारी गरेको छ ।राजधानी दैनिकमा खबर छ । 

    गल्ती दोहोरिन नदिन आग्रह

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा अनुशासन र एकता नै नेपालको पहिचान भएको बताएका छन् । 
    
    प्रोग्रेसिभ इञ्जिनीयरीङ एशोसिएशन नेपाल (पिन)ले ललितपुरको जाउलाखेलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा अध्यक्ष दाहालले नेपालको निरङ्कुश राजतन्त्र र सामन्ती व्यवस्थाको अन्त्यका लागि कुनै एउटा पार्टीले मात्र गरेको आन्दोलनले नभई सम्पूर्ण नेपालीको बलिदानीबाट भएको बताए । उनले राजतन्त्र तथा सामन्तवादको अन्त्यका लागि नेपालमा कम्युनिष्टहरूको आन्दोलन नै महत्वपूर्ण रहेको र  कम्यनिष्टको नेतृत्वले नै बुर्जुवा, सामन्त तथा राजतन्त्रको अन्त्य गर्न सफल भएको बताए । 

    पहिलो तथा दोस्रो विश्वयुद्धसँगै समाजवादको यात्रा शुरु भएको उल्लेख गर्दै अध्यक्ष दाहालले विश्व तथा नेपालमा रहेको वर्ग सङ्घर्षलाई सार्थकतामा पु¥याउने जिम्मा नेकपाको काँधमा रहेको बताए । उनले  भारतीय कम्युनिष्ट पार्टीको जस्तो गल्तीलाई दोहोरिन नदिएर नै नेपालमा कम्युनिष्ट पार्टी दक्षिण एशियाकै सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको बताए । 

अवकाश पाएका नासुलाई पुनः नियुक्ति
    
बाँकेको नरैनापुर गाउँपालिकाले अवकाश प्राप्त कर्मचारीलाई पुनः कर्मचारीमा नियुक्त गरेको रहस्य बाहिर आएको छ । साविकको नरैनापुर गाविसमै सचिव रहेका नायब सुब्बा मोहम्मद इस्माइल खाँलाई अवकाशपछि पनि गाउँपालिकाले पुनः नियुक्त गरेको रहस्य बाहिर आएको हो । 

    निजामती सेवा ऐन, २०४९ को दफा ३३ बमोजिम व्यक्तिगत विवरण (सिटरोल) मा उल्लेखित जन्ममिति अनुसार २०७५ मङ्सिर ३ गते ५८ वर्ष पूरा भएपछि उनले अनिवार्य अवकाश पाएका थिए ।  अनिवार्य अवकाशपछि पनि उनी हालसम्म नरैनापुर गाउँपालिकामै कार्यरत रहेको पुष्टि भएको छ । 

    कर्मचारी सङ्केत नं. १२२३३६ रहेका खाँ अनिवार्य अवकाश भएको भन्दै मिति २०७५ वैशाख ७ गते नै जिल्ला समन्वय समितिलाई जानकारी पत्र पठाइसकिएको छ । उक्त पत्र मिति २०७५ वैशाख २६ गते जिल्ला समन्वय समितिमा दर्ता भएको देखिन्छ । तर उहाँ हालसम्म पनि नरैनापुर गाउँपालिकामै कार्यरत छन् । 

    नेपाल प्रहरीको सहप्रवक्तामा जोशी

प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमेशराज जोशीलाई केन्द्रीय प्रहरीको सहप्रवक्ता तोकेको छ । 

    प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ र तथ्यगतरूपमा जानकारी दिने उद्देश्यले जोशीलाई सहप्रवक्ता तोकिएको प्रहरी प्रधान कार्यालयले शुक्रबार जनाएको छ । 

    यसैबीच प्रहरीले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न तीन हजार ८३१ का लागि नयाँ भर्ना दर्खास्त आह्वान गरेको छ । प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदका लागि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, महानगरीय प्रहरी परिसर काठमाडौँ, भक्तपुर र ललितपुर, सातवटै प्रदेश प्रहरी तालीम केन्द्र तथा ७४ वटै जिल्ला प्रहरी कार्यालयमा दर्खास्त बुझाउन सकिने प्रहरीले जनाएको छ । 

राप्रपा (संयुक्त)को केन्द्रीय समिति बैठक भदौ १९ मा

    राप्रपा (संयुक्त) को केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय कार्यसमितिको संयुक्त बैठक भदौ १९ र २० गते काठमाडौँमा बस्ने भएको छ । पार्टी प्रवक्ता सगुनसुन्दर लावतीले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार पशुपति शम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनी अध्यक्षद्वयको नेतृत्वमा रहेको राप्रपा (संयुक्त) को दुई दिन चल्ने उक्त बैठकले जनकपुर–वाल्मीकि आश्रम–लुम्बिनी यात्रालाई दिशानिर्देश गर्नेछ ।

    बैठकले समसामयिक घटनाक्रम मध्यनजर गर्दै पार्टीको भावी नीति, कार्यक्रमबारे छलफल र महत्वपूर्ण निर्णय लिने तथा आगामी उपनिर्वाचनका विषयमा पनि नीतिगत निर्णय गर्ने बताइएको छ । 

‘पार्टीमा कुनै विवाद छैन’

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरूले पार्टीभित्र कुनै विवाद नभएको बताएकाछन् । 
 रिपोटर््र्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कारमा नेताहरूले पार्टीभित्र हुने बहस, विवाद र फरक मत राखेको विषयलाई विवाद बनाउन नहुने बताए । 

    स्थायी समिति सदस्य देवेन्द्र पौडेलले पार्टीभित्र भएका विचार तथा बहस आन्तरिक रूपमा हल गर्न सकिने बताए । 

    यस्तै स्थायी समिति सदस्य आनन्द पोखरेलले कम्युनिष्ट आन्दोलनमा सानातिना बहस र छलफल हुनु स्वभाविक र सामान्य विषय भएकाले अहिले पनि पार्टीभित्रको बहस तथा छलफल यति धेरै चर्चा पाउनुपर्ने विषय नभएको बताए । 


 श्रीकृष्ण जन्माष्टमी

    वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व शुक्रबार देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धाभक्तिपूर्वक मनाएका छन् ।
    
    भक्तजनको बिहानैदेखि ललितपुरको पाटनस्थित कृष्ण मन्दिर, यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लागेको थियो । उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड थियो ।
    
    ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले शुक्रबारको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्छन् ।
    
    अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले शुक्रबारीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए । 
    
    कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा सङ्लग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’  पवित्रग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।
        
मुद्दा दायर

    अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय सुनसरी इनरुवाका सर्वेक्षक मागैन महतो र लेखापढी व्यवसायी रामनारायण पोदारविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

    जग्गा नाप गरी सुधार गरिदिने प्रयोजनाका लागि सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको इटहरी कार्यालयबाट गएको टोलीले उनीहरूलाई केही दिन पहिले पक्राउ गरेको थियो । निमयानुसार गर्नुपर्ने काममा आलटाल गरी सेवाग्राहीलाई अप्ठ्यारोमा पारेर ११ हजार घुस माग गरेको उनीहरू माथि आरोप लागेको छ । 

    यस्तै आयोगले प्रहरीचौकी पाँचलाख काभ्रेका प्रहरी हबल्दार भक्तबहादुर हायु र प्रहरी जवान ज्ञानबहादुर लामगादेविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

एनआरएनएको महाधिवेशन काठमाडौँमा

    ‘म, मेरो एनआरएनए, र मेरो नेपाल’ भन्ने नाराका साथ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपाली सङ्घको अन्तर्राष्ट्रिय महाधिवेशन आगामी असोज २८ देखि ३० गतेसम्म काठमाडौँमा हुने भएको छ । 

    सङ्घको बिहीबार बसेको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठकले नेपाल सरकार परराष्ट्र मन्त्रालय समेतको सल्लाहमा उक्त मिति तय गरेको हो । उक्त  विश्व सम्मेलन पनि विगतमा झैँ नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासङ्घ र गैरआवासीय नेपाली सङ्घको संयुक्त आयोजनामा हुने छ । 

    सम्मेलनका लागि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा एक उच्चस्तरीय आयोजक समिति गठन हुने कार्यअन्तिम चरणमा पुगेको छ । आयोजक समितिमा सरकारका प्रतिनिधि र सरोकारवाला सङ्घ संस्थाका अध्यक्ष रहने व्यवस्था छ । 

    यसैगरी सङ्घको आन्तरिक आयोजक समिति सङ्घका अध्यक्ष भवन भट्टको अध्यक्षतामा गठन गरिएको छ । यही विश्व सम्मेलनकै समयमा सङ्घको अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न हुने छ । महाधिवेशनमा नै नयाँ कार्यकालको लागि सङ्घका अध्यक्षलगायत अन्य पदाधिकारीको निर्वाचन हुने छ । 

आईभी सेट खरिदमा कर छली 

    भाइटल हेल्थ केयर प्रालिले आइभी सेट (सलाइन चढाउन प्रयोग गरिने पाइपसहितको सेट) खरिदमा रु एक करोड बढीको राजश्व छली गरेको राजश्व अनुसन्धान विभागले जनाएको छ । वीरगञ्ज भन्सार कार्यालमया न्यून मूल्य घोषणा गरी छ हजार १०० थान आइभी सेट खरिदमा रु एक करोड १९ लाख राजश्व छली गरेको अनुसन्धानमा खुलेको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए । 

    भाइटल हेल्थ केयरका सञ्चालक राजेशकुमार अग्रवाल र सरोज गोयलले भन्सार ऐजेन्टका प्रतिनिधि तथा ट्रक धनी कुमार खरेल र चालक रञ्जन अधिकारीको सहयोगमा भारतबाट ना७ख ६२५९ नम्बरको ट्रकमा पैठारी गर्दा उक्त सेट खरिदमा राजश्व छलेको पाइएको हो । 

सर्वोच्च अदालतले सोध्यो संविधानविपरीत सुविधा लिनाको कारण

    सर्वोच्च अदालतले संविधानविपरीत प्रदेशसभाले स्थानीय तहका पदाधिकारी तथा सदस्यले मासिक पारिश्रमिक, ज्याला, तलबसहितको सुविधा लिने कानून बनाउनुको कारण सोधेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले उक्त सुविधा लिने गरी कानून बनाउनुको कारण देखाउ आदेश जारी गरेको हो ।

    अधिवक्ता लोकेन्द्र ओलीले  यही भदौ १ गते दायर गरेको रिट निवेदनमा संविधानको धारा २२०(८) र धारा २२७ मा स्थानीय तहका जनप्रतिनिधिले सुविधा मात्र लिने व्यवस्था रहेको उल्लेख छ । सो व्यवस्थाको गलत व्याख्या गरी प्रदेश नं २ र ३, गण्डकी, प्रदेश नम्बर ५, कर्णाली र सुदूरपश्चिम प्रदेशसभाले मासिक रुपमा तलब, ज्याला, पारिश्रमिकसहित सुविधा लिन पाउने ऐन जारी गरेर लागू गरेको निवेदनमा जिकिर गरिएको छ ।
 
    निवेदनमा प्रदेशसभाले संविधानको गम्भीर उल्लङ्घन गरी लागू गरेका ऐन तत्काल बदर खारेजीको माग गरिएको थियो । निवेदनमा छ वटै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई विपक्षी बनाइएको छ । संवैधानिक इजलासमा दर्ता भएको रिट निवेदनमाथि शुक्रबार प्रारम्भिक सुनुवाई भएको हो । दुवै पक्षका लागि छलफल पुनः अदालतले बोलाउने छ । प्रदेश नं १ को प्रदेशसभाले भने सुविधा मात्रै लिने कानुन बनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x