×

NMB BANK
NIC ASIA

कर्णालीका कलाकारको ‘मनकारी कम्पनी’ : पैसा नभए निःशुल्क गीत रेकर्डिङ

भदौ ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत – २०४४ सालमा रुकुमको मुरुमा जन्मिएर २०४६ सालमा सुर्खेतको भेरीगंगा नगरपालिका–५ कालिदमारमा हुर्केका नन्दराम परियार हाल काठमाडौंमा बस्छन् ।

Sagarmatha Cement
Muktinath Bank

गीतकार र संगीतकारको रुपमा आफूलाई स्थापित गरेका परियारको औपचारिक अध्ययन शिक्षा संकायमा स्नातक हो । उनले काठमाडौंको अनामनगरमा २०६७ सालदेखि हिमसम्झौता डिजिटल म्युजिक प्रालि सञ्चालन गरिरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०६६ सालमा कुलेन्द्र विक र विष्णु माझीसँग ‘नशा नशामा, रगत रगतमा’ गाएर उनी कलाकारिता क्षेत्रमा प्रवेश गरेका हुन् । उनी शब्द सर्जक पनि हुन् । उनले कमेडी गीत समेत सिर्जना गर्छन् ।


Advertisment
Nabil box
Kumari

धड्कन म्युजिक प्रालि, गलेश्वर म्युजिक प्रालि, बज्र क्रियसन प्रालिको प्रबन्धक भएर अनुभवका साथमा २०६७ आफ्नै लगानीमा उनले कम्पनी खोले । मौलिक कला साहित्यको जगेर्ना गर्ने उनको उद्देश्य छ ।

Vianet communication
Laxmi Bank

नेपाली कला साहित्यको जगेर्ना गर्न कम्पनी खोलेको उनी बताउँछन् । उनको म्युजिक कम्पनीबाट मध्यपश्चिम क्षेत्रमा रहेका ख्याती प्राप्त कलाकारले सेवा लिइसकेका छन् । स्वदेशदेखि विदेशसम्म छरिएका कलाकारको प्रमुख आकर्षण बन्न सफल भइसकेका नन्दराम इमान्दारिता नै मुख्य सूत्र भएको बताउँछन् ।

‘राजु परियारलाई फेरि कलामा ल्याउन पहल गरेको थिएँ,’ उनी भन्छन्, ‘अहिले उहाँ नियमित रुपमा कला क्षेत्रमा लागिरहनुभएको छ ।’ उनको कम्पनीमा हाल चर्चित गायिका अन्जु पन्त पनि जोडिएकी छिन् ।

राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानबाट राष्ट्रिय लोक अवार्ड २०७२ प्राप्त गर्न सफल नन्दराम सुर्खेतमा हुँदा भेरी एफएमका कार्यक्रममा सहभागी हुने र रेडियो भेरी एफएमबाट ‘ल तपाईं गाउनुस्’ भन्ने कार्यक्रमबाट धेरै पटक विजेता बनेका थिए ।

नेपालका करीब ४५ जिल्लाको भ्रमण गरिसकेको बताउने परियारको कम्पनीले १२ जनालाई रोजगारी दिएको छ । सामान्यतया नन्दरामको मासिक आम्दानी ४ लाख रुपैयाँजति हुन्छ । कोठा भाडा सबै तिरेर उनको मासिक न्यूनतम ६० हजार रुपैयाँ नाफा हुन्छ तर सिजनमा भने २ लाखजति नाफा हुन्छ ।

उनलाई कलाकारले मनकारी व्यवसायी भनेर चिन्ने गरेका छन् । उनले राजु परियार, किरण बाबु पुन, पूर्णिमा लामा, समीक्षा अधिकारी लगायतलाई निःशुल्क रुपमा गीत गाउनेदेखि छायांकनसम्म सहयोग गरेका छन् । अशक्त र अपाङ्ग तथा गरीब कलाकारलाई निःशुल्क सेवा प्रदान गर्दै आइरहेका छन् उनी । 

दृष्टिविहीन सञ्जीव चौधरीको ‘जाउ प्रिया तिमी’ बोलको गीत निःशुल्क रेकर्डिङ, भिडियो छायांकन, बजार व्यवस्थापनदेखि प्रचारप्रसार निःशुल्क गरिएको उनले बताए । ध्रुव हिमाली, करिस्मा ढकाललगायत दर्जनौं मोडललाई अवसर दिइएको समेत उनले बताए ।

गायक गोपाल नेपाल जिएम, सुनिता बिसी, पूर्णिमा लामा उनकै कम्पनीबाट उदाएका हुन् । उनी नयाँ प्रतिभालाई प्राथमिकता दिने गरेको बताउँछन् । ‘नेपालका नयाँ प्रतिभालाई हामीले प्राथमिकता दिइरहेका छौं,’ उनी भन्छन्, ‘हामी उहाँहरूलाई सहयोग पनि गर्दै आइरहेका छौं ।’ कम्पनीले हालसम्म ८ हजारभन्दा बढी गीत बजारमा ल्याइसकेको उनले बताए ।

आफू संगीत क्षेत्रमा प्रवेश गर्नुमा गुरु वसन्त थापा, प्रह्लाद सुवेदीको प्रेरणा, श्रोता संगीत प्रालिको श्रेय नै मुख्य रहेको उनी बताउँछन् । शब्द संगीत, नृत्य, रेकर्डिङ सबै काम कम्पनीले गर्दै आइरहेको उनको दाबी छ । ‘कला साहित्य क्षेत्रमा थप केही गर्ने अठोट छ । नेपाली लोक गीत संस्कृतिमा मौलिकता जगेर्ना गर्ने मेरो उद्देश्य हो,’ उनी भन्छन्, ‘शुभचिन्तक एवं मेरा प्रेरणाका स्रोत दाजु अमर विश्वकर्मा हुन् । उहाँले मलाई अभिभावकत्व प्रदान गरिरहनुभएको छ ।’

चर्चित गीत गोरखा मनकामना, मनकामनालाई फुलैको डोली, नशा नशा रगत रगतमा, पिरतीको बन्धनमा परिएको छ, तिम्रो एउटा झूटले गर्दा, सुर्खेत बजार, आकर्षण लगायत गीत उनकै कम्पनीमा रेकर्ड भएका हुन् । तक्दिर, पहिलो माया आफ्नो भएन, भेट भो रोधी घरमा उनकै कम्पनीमा रेकर्ड भएका हुन् ।

उनले नेपाल टेलिभिजन लगायतका अन्य टीभीमा संगीत सर्मपण नामक कार्यक्रम चलाउने गरेका थिए । ‘१० वर्ष विभिन्न टीभीमा समय किनेर कार्यक्रम चलाए,’ उनी भन्छन्, ‘त्यही आधारमा पछि मैले यो हिमसम्झौता प्रालि खोले र कला साहित्यको क्षेत्रमा केही योगदान दिने प्रयास गरे ।’ 

उनले कसैले पैसा नभएको आधारमा गीत निकाल्न नसकेको भए आफूसँग सम्पर्क राख्न अनुरोध समेत गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ ।  तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । ​ बा...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x