×

NMB BANK
NIC ASIA

'रेशम चौधरीलाई रिहा गरियोस्, हैन भने प्रचण्ड-बाबुराम पनि जेल जानुपर्छ'

थारु समुदायको माग संविधानमा समेट्न सशक्त आन्दोलन अपरिहार्य : डा भट्टराई

भदौ ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

टीकापुर । टीकापुर घटनाको ४ वर्ष पुगेकाे दिन (भदाै ७) पारेर थरुहट÷थारुवान संयुक्त संघर्ष समितिले टीकापुरमै थरुहट÷थारुवान राष्ट्रिय सम्मेलन सुुरु गरेको छ । सम्मेलनमा देशभरका थारु, जनजाति अगुवा, पहिचान पक्षधर नेताहरुको बाक्लो उपस्थिति छ ।

Sagarmatha Cement
Muktinath Bank

३ दिनसम्म चल्ने कार्यक्रममा थरुहट÷थारुवान आन्दोलनको आगामी कार्यदिशा, संविधान संशोधनको लागि दवाव सिर्जनावारे रणनीति र टीकापुर राजबन्दीवारे बृहत छलफल हुने बताइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रमको उद्घाटन सत्रमा सहभागी नेताहरुले थरुहट आन्दोलन उत्पीडनको उपज भएको अर्थ्याए । जसको निकासको लागि सशक्त भएर राज्यलाई दवाव सिर्जना गनुपर्ने र त्यतिले समेत नभए सशक्त आन्दाेलन गरेर भएपनि अधिकार हासिल गर्नुपर्नेमा जोड दिए ।


Advertisment
Nabil box
Kumari

कार्यक्रमको प्रमुख वक्ता समेत रहेका संघीय समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले अहिलेको संविधान पूर्ण नभएको बताए । आफैले बनाएको संविधान भएपनि संविधान आधा पानी भरिएको गिलास जस्तै भएको उनले टिप्पणी गरे । 

Vianet communication
Laxmi Bank

सदियौंदेखि उत्पीडित थारु मधेशी, महिलालगायत उत्पीडित समुदायको माग अझै संविधानमा नसमेटिएकोले सशक्त आन्दोलन अपरिहार्य रहेको उनको भनाई थियो ।

त्यस्तै, उनले उत्पीडित समुदायलाई दमन गरेर सद्भाव कायम नहुने बताउँदै भदौ ७ थारु समुदायको विद्रोह दिवस रहेको पनि उल्लेख गरे ।

नेकपा माओवादी क्रान्तिकारीका महासचिव मोहन वैद्य किरणले राज्यले तत्काल प्रतिनिधीसभा सदस्य रेशमलाल चौधरीलाई जेलमुक्त गनुपर्ने माग गरे । 

थरुहट आन्दोलन कुनै जाति विरुद्धको आन्दोलन नरहेको बताउँदै उनले पहिचानसहितको संघीयताको लागि थरुहट आन्दोलन रहेको र आफूहरुको पहिलैदेखि एक्येवद्धता रहेको नेता किरणको भनाई छ ।
यसैबीच थारु अगुवा सुरेन्द्र चौधरीले थारु बाहुल क्षेत्रको सीमांकन नगरिएसम्म वास्तविक सद्भाव कायम नहुुने ठोकुवा गरे । 

नेकपा नेता लेखराज भट्ट, भीम रावल, काँग्रेस सभापति शेरबहादुुर देउवा थरुहटका खलनायक रहेको आरोप लगाउँदै उनले अधिकारको लागि गरिएको भनिएको १० वर्षे जनआन्दोलनमा १७ हजार जनता मार्ने आन्दोलनका अगुुवा प्रचण्ड र बाबुराम भट्टराई पनि जेल जानुुपर्ने बताए । हैन भने आन्दोलन गरेकै भरमा अजीवन जेल जीवन बिताइरहेको रेशमलाल चौधरीलाई अबिलम्ब रिहाई गर्नुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा राजपाका अध्यक्षमण्डलका सदस्य लक्ष्मणलाल कर्ण, पूर्व राजदूत विजय कर्ण, वरिष्ठ पत्रकार किशोर नेपाल, लेखक खगेन्द्र संग्रौला, काँग्रेस नेता सुरेन्द्र चौधरी, थरुहट नेता लक्ष्मण थारु, अधिवक्ता शंकर लिम्बु, समाजशास्त्री डा. ओम गुरुङलगायतले सम्बोधन गरेका थिए ।

सम्मेलनको दोस्रो दिन भदौ ८ गते बन्दसत्र चल्ने छ  भने तेस्रो तथा अन्तिम दिन भदौ ९ गते टीकापुर घोषणापत्र जारी गर्दै सम्मेलन सम्पन्न हुनेछ ।

भदौ ७ गते आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप हुँदा वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक बालक टेकबहादुुर साउदको ज्यान गएको थियो । त्यसको भोलिपल्ट कफ्र्यु जारीको भएकै अवस्थामा भदौ ८ गते थारु समुदायको घर, पसल, एफएम गरी ८८ वटा भौतिक संरचनामा आगजनी भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x