रविन्द्र मिश्रको टिप्पणी- नेताहरुको अभिव्यक्ति ‘नाच्न नजान्ने आगन टेढो’

प्रकाश आचार्य
प्रकाश आचार्य

प्रकाश आचार्य लोकान्तरका लागि ५ नम्बर प्रदेशका प्रतिनिधि हुन् ।

बुटवल–साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले मुलुक परिवर्तन पुराना राजनीतिक दलहरूबाट सम्भव नभएको बताएका छन् । उनले पुराना राजनीतिक दलको अपहरणबाट मुक्त नहुँदासम्म मुलुकको विकास नहुने जिकीर गरे । 
आइतबार बिहान बुटवलमा पत्रकारहरुसँग कुराकानी गर्दै संयोजक मिश्रले भने, ‘पुराना राजीतिक दलको छाता नत्यागेसम्म मुलुक बन्दैन । त्यसैले अब पुराना गाँजेर राखेको राजनीतिक दल त्याग्नुको विकास सम्भव छैन । पुराना दलको अपहरणबाट मुक्त हुनुहोस् । साझा पार्टीसँग मुलुकको समृद्धिको स्पष्ट खाका छ । ’

गणतन्त्रमाथि खतरा आयो भन्ने दलका नेताहरुको अभिव्यक्ति आफ्ना कमी/कमजोरी ढाकछोप गर्ने प्रयासको भएको संयोजक मिश्रले बताए ।  उनले गणतन्त्रमाथि अरु कसैबाट खतरा नभएर दलका नेताहरुको असक्षमताका कारण खतरा उत्पन्न हुन सक्ने बिचार व्यक्त गरे । मिश्रले गणतन्त्रमाथि खतरा आयो भन्ने दलका नेताहरुको अभिव्यक्तिलाई ‘नाच्न नजान्ने आगन टेढो’ को संज्ञा दिए । 


Advertisement

राजा र राजतन्त्रवादीहरुको गलत क्रियाकलापका कारण राजतन्त्र अन्त्य भएको भन्दै उनले वर्तमान सरकार र केही गणतन्त्रवादी नेताहरुका गल्ती/कमजोरी कारण गणतन्त्र खतरामा पर्न सक्ने बताए । पुराना राजनीतिक दलहरुले जनतालाई राजनीतिक मायाजालमा पारेर राखेको भन्दै संयोजक मिश्रले जनता पुराना दलको राजनीतिक माया जालबाट बाहिर ननिस्किएसम्म मुलुकको समृद्धि/सम्भव नभएको दाबी गरे ।

दुई तिहाई बहुमतको सरकार बनेपछि जनता मुलुक स्थायित्व र समृद्धिको बाटोमा अगाडि बढ्छ भन्ने बिश्वासमा रहे पनि मुलुक स्थायित्व र समृद्धितर्फ एक कदम पनि अगाडी बढ्न नसकेको भन्दै उनले अब जनताले आफ्नो मन र मत बदल्नुपर्ने बेला आएको जिकिर गरे ।

देशको परिस्थिति गम्भीर  भए पनि जनता देशको परिस्थितप्रति गम्भीर नभएको भन्दै मिश्रले सचेत युवाहरुले देशको परिस्थितिबारे गम्भिर भएर सोच्ने बेला आएको बताए ।

कमेन्ट गर्नुहोस्