×

NMB BANK
NIC ASIA

विद्युतीय सवारीसहित यी हुन् नाडा अटोशोमा प्रदर्शन गरिने मुख्य ब्राण्ड

भदौ ८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– नेपाल अटो मोबाइल्स एसोसियसन (नाडा)ले आयोजना गर्न लागेको नाडा अटो शो मंगलवार देखि शुरू हुँदै छ ।

Sagarmatha Cement
Muktinath Bank

सवारी साधनको कुम्भ मेलाका रूपमा मानिने अटो शोमा यस वर्ष ४२ ब्राण्डका सवारी साधन प्रदर्शन गर्ने यसअघि नै जानकारी गराइसकेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सवारी साधनसँगै सम्बन्धित अन्य वस्तुहरू जस्तै लुब्रिकेन्ट्स, सवारी पार्टपूर्जा गरी ८२ ब्राण्ड प्रदर्शनमा रहने आयोजकले जानकारी दिएको छ । विभिन्न ब्राण्डका लुब्रिकेन्ट्स, टायर लगायत ८२ ब्राण्ड प्रदर्शनमा राखिने नाडाले जानकारी दिएको छ ।


Advertisment
Nabil box
Kumari

नाडाका अनुसार प्रदर्शनीमा २३ ब्राण्डका चार पाङ्ग्रे, १९ ब्राण्डका दुईपाङ्ग्रे, १२ ब्राण्डका लुब्रिकेन्ट, ९ ब्राण्डका टायर, ५ ब्राण्डका ब्याट्री र १४ ब्राण्डका पार्टपूर्जा एवम् ग्यारेज उपकरण गरी ८२ ब्राण्डका वस्तु प्रदर्शनमा राखिने भएका हुन् ।

Vianet communication
Laxmi Bank

कुन-कुन हुन् चार पाङ्ग्रेका ब्राण्ड ?

मंगलवारदेखि सञ्चालनमा हुन लागेको अटो शोमा चार पाङ्ग्रे ब्राण्डतर्फ इसुजु देखि फोर्ड्स ब्राण्डम्मका २३ ब्राण्डका सवारी साधन प्रदर्शन गरिने छन् । नाडाका अनुसार इसुजु, हुन्डाई, फक्सवागेन, रेनो, ड्याटसन, सुजुकी, होन्डा, एमजी, फियात, जीप, साङयोङ, टोयोटा, महिन्द्रा, प्यूजो, फोटोन, टाटा, माज्दा, मित्सुविसी, निसान, बीवाईडी, किया, दाय र फोर्ड ब्राण्ड प्रदर्शनमा राखिने छन् ।

फाइल फोटो

कुन-कुन हुन् दुई पाङ्ग्रे ब्राण्ड ?

नाडा अटोशोमा १९ ब्राण्डका दुई पाङ्ग्रे सवारी साधन प्रदर्शन गरिँदै छन् । नाडाका अनुसार यामाहादेखि बीएमडब्ल्यूसम्मका १९ ब्राण्डका गाडी प्रदर्शन हुने भएको छ ।

यामाहा, सीएफमोटो, बेनेली, भेस्पा, अप्रिलिया, रोयल इन्फिल्ड, होन्डा, केटीएम, सुजुकी, हिरो, बजाज, रनर, एमभी अगस्टा, टीभीएस, मियामा, एनआइयु, सुपरसो, जीपीएक्स र बीएमडब्ल्यु ब्रान्डको प्रदशर्न गरिने आयोजकले जानकारी दिएको छ ।

यसैबीच आयोजक नाडाले यस वर्षको नाडा अटो शोको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । नाडाका प्रवक्ता अनुप बरालले प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको बताए । ‘तयारी लगभग अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘म अहिले पनि यही भृकुटीमण्डप मै छु, ।’ नाडा अटो शो प्रत्येक वर्ष भृकुटीमण्डपमा नै हुने गरेको छ ।'

यस वर्षको नाडा अटो शोमा सबै ब्राण्डका स्टलसहित १३ वटा बैंक तथा वित्तीय संस्थाका स्टल गरी ९५ वटा स्टल राखिने नाडाको भनाइ छ ।

फाइल फोटो

विद्युतीय सवारी प्राथमिकतामा

यसवर्षको नाडा अटो शोमा विद्युतीय सवारी साधन पनि मुख्य प्राथमिकता राखिने भएका छन् ।

सरकारले विद्युतीय सवारी साधनमा भन्सार छुट एवं बैंकहरूले पनि विद्युतीय सवारी साधन खरीदमा ८० प्रतिशतसम्म ऋण दिने भएकाले विद्युतीय सवारी साधन नाडाको प्राथमिकतामा परेको नाडाका पदाधिकारीहरू बताउँछन् ।

सरकारले विद्यतुीय सवारी साधनमा भन्सार छुटको घोषणा गरेसँगै ग्राहकहरूको ध्यान समेत विद्युतीय सवारीमा गएको भन्दै नाडाले करीब एक दर्जन मोडेलका विद्युतीय सवारी प्रदर्शनमा राख्ने भएको हो ।

नाडाका अनुसार महिन्द्राको ईटुओ तथा इभेरिटो लगायतका विभिन्न मोडेलका विद्युतीय सवारी प्रदर्शनमा राखिने भएका हुन् । त्यस्तै सिप्रदी ट्रेडिङले टाटाको विद्युतीय सवारी पनि अटोशोमै सार्वजनिक गर्ने बताइएको छ ।

फाइल फोटो

चिनियाँ कम्पनी बीवाइडी लगायतका कम्पनीहरूले नयाँ विद्युतीय सवारी नाडा अटोशोमा सार्वजनिक गर्ने तयारी भइरहेको बताइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x