×

NMB BANK
NIC ASIA

सुर्खेत- कर्णाली प्रदेश सरकारले सुर्खेत आउने कर्मचारीहरूलाई पनि जुम्लामा पाइने बराबरको प्रोत्साहन रकम दिने तयारी गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

कर्णालीको राजधानीमा आउन कर्मचारीहरूले नमानेका कारण सरकारले यस्तो प्रोत्साहन रकम दिने तयारी गरेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री एवम् सरकारका प्रवक्ता विमला केसीले जानकारी दिइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको नेतृत्वमा प्रोत्साहन रकम सम्बन्धी एक समिति बनाएका छौं,’ मन्त्री केसीले भनिन्, ‘उक्त समितिले कर्णालीमा आउने प्राविधिक कर्मचारीहरूलाई के कस्तो सेवा सुविधा दिन सकिन्छ भन्ने बारे अध्ययन गरी प्रतिवेदन ल्याउने छ ।’ स्वास्थ्य क्षेत्रमा विशेषज्ञको अभाव हुने गरेको बताउँदै जुम्लामा कार्यरत डाक्टर सरहकै सेवा सुधिा दिएर भएपनि कर्णालीमा विशेषज्ञ डाक्टर ल्याइने उनको भनाइ थियो ।


Advertisment
Nabil box
Kumari

कर्णाली प्रदेश सरकारले आफ्नो संगठन र व्यवस्थापनमा हे फेर समेत गरेको छ । यही भाद्र ६ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषदको बैठकले कर्णाली प्रदेश अन्तर्गत जम्मा १ सय ५९ वटा इकाइ रहने गरी संगठन र व्यवस्थापनको निर्णय गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा कर्णाली प्रदेश अन्तर्गत मन्त्रालय, सचिवालय, आयोग, कार्यालय गरी १ सय ५९ वटा ईकाइ रहने गरी प्रस्ताव स्वीकृत गरेको प्रदेश सरकारकी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले जानकारी दिइन् ।

Vianet communication
Laxmi Bank

मन्त्री केसीका अनुसार नयाँ ओएनएम गरेर प्रदेश सरकारले नयाँ संगठन र व्यवस्थापनका लागि जम्मा २ हजार ५ सय ५५ दरबन्दी पनि स्वीकृत गरेको छ । मन्त्री केसीले नयाँ संरचना अनुसार सबै मन्त्रालयमा ब्रिफिङ समेत गरिसकेको जानकारी दिइन् । अबको एक हप्ताभित्रै सबै जिल्लामा चार वटा मन्त्रालय सामाजिक विकास मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका दुई-दुई वटा कार्यालय स्थापित भइ काम शुरू हुने उनको भनाइ थियो ।

‘संघीय सरकारले दिएको नाम भन्दा हामीले भिन्नै नाम तोकेर कार्यालय स्थापना गर्ने भएका छौं,’ मन्त्री केसीले भनिन्, ‘कृषि ज्ञान केन्द्रको स्थानमा कृषि विकास कार्यालय र पशु विज्ञ केन्द्रको ठाउँमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयको नाउमा कार्यालय खोलिनेछन् ।’ यस अघि संघले तोके अनुसारका कार्यालय स्थापना गर्दा डोल्पाका जनताले चौरजहारी आउने पर्ने वा अन्य जिल्लाका जनताले सेवा लिन अर्को जिल्लामा जानुपर्ने बाध्यता हटेको मन्त्री केसीको भनाइ छ ।

मन्त्रिपरिषद्को बैठकले दैलेख जिल्लाको गुँरास गाँउपलिकाको प्रशासनिक केन्दै साविक बराह गाँउ विकास समिति वडा नम्बर ४ रतिखोलाबाट हालको गुराँस गाँउपालिका वडा नम्बर ५ को रानीमत्तामा सार्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । यस्तै जम्ला जिल्लाको कणका सुन्दरी गाँउपालिकाको नाम परिवर्तन गरी खस हाँटसिजा नामाकरण गर्न नेपाल सरकारलाई सिफारिस गरेको छ । बैठकले प्रदेश स्वास्थ्य सेवा प्रवाह सम्बन्धमा व्यवस्थागर्न बनेको विधेयक लाई केही परिमार्जनसहित प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x