२६ जेठ २०८३, मंगलबार

यसकारण अन्योलमा वीर अस्पताल विस्तार

भदौ १८, २०७६
यसकारण अन्योलमा वीर अस्पताल विस्तार

भक्तपुर। काठमाडौँको महाबौद्धमा रहेको वीर अस्पताल विस्तार गरी एक हजार पाँच सय शैयाको अस्पताल बनाउने सरकारको निर्णय अन्योलमा परेको छ । 
चार वर्षअघि सरकारले वीर अस्पताललाई भक्तपुरको चाँगुनारायणस्थित दुवाकोटमा ५७० रोपनी जग्गा उपलब्ध गराएर एक हजार पाँच सय शैयाको अन्तर्राष्ट्रिय स्तरको ठूलो अस्पताल बनाउने निर्णय गरेको थियो । 
अस्पताल बनाउन चीन सरकारले सहयोग गर्ने घोषणा गरेको थियो । कुल ५० अर्ब रुपियाँ लगानीमा चीन सरकारले बनाइदिने उक्त अस्पताल चिनियाँ प्राविधिक समूहले विस्तृत परीक्षण गरेपछि दुवाकोट अस्पताल बनाउन माटो अनुपयुक्त रहेको निष्कर्ष निकाल्यो । 
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले तत्काललाई दुवाकोटमा वीर अस्पताल विस्तार गर्ने सरकारी योजना नरहेको बताए । चिनियाँ प्राविधिक टोलीले त्यहाँको माटो ठूलो भवन बनाउन उपयुक्त नभएकाले वीर अस्पताल नबन्ने निश्चित भएको बताए । गाेरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्