कात्तिक १७, २०८०
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
इलाम– भारत हुँदै तेस्रो मुलुक जाने वस्तुको नेपालमै स्वच्छता र गुणस्तरमापन हुने भएपछि वस्तुको लागत कम हुने अनुमान गरिएको छ । यसभन्दा अघि कृषिजन्य पदार्थ र अन्य सामान निर्यात गर्दा भारतकै कोलकतामा मात्र स्वच्छता र गुणस्तरमापन हुने गरेकामा केही समयअघि भारत–नेपालबीच भएको समझदारीमा नेपालमै गुणस्तरमापन गरेर भारत निर्यात गर्ने सहमति भएको थियो ।
यो सहमतिपछि भारत निकासी गर्दा बहोर्नुपर्ने अनावश्यक झन्झटका साथै लागत पनि कम हुने देखिएको छ । यसभन्दा अघि विभिन्न बहानामा भारतीय नाकामै गुणस्तर मापनको नाममा मालबहाक ट्रक थन्किने गरेका थिए ।
वस्तुको गुणस्तर मापन गराएर नेपाल ल्याउञ्जेल नाकामै मालबहाक ट्रक थन्काउनुपर्ने समस्या समाधान हुने व्यवसायीहरूको अनुमान छ ।परीक्षणका लागि कोलकता लैजान र विभिन्न बहाना बनाएर तीन महीनासम्म भन्सार शुल्क तिरेर मालबहाक ट्रक थन्काउन व्यवसायी बाध्य थिए । अव नेपालमै यस्तो मापन हुने भएपछि अनावश्यक झन्झट हटने नेपाल अलैँची व्यवसायी महासङ्घका सचिव मातृका घिमिरेले बताए। ‘हामीले क्वारेन्टाइनको नाममा धेरै समस्या भोग्नुपरेको र यसका नाममा दुई/तीन महीनासम्म सामान रोकिदिने गरेकामा अब यो समस्या समाधान हुनेमा आफूृहरू आशावादी भएको उनले बताए।
सचिव घिमिरेले भने, ‘‘राज्यले व्यवस्थित तरिकाले क्वारेन्टाइन राख्न सके किसान तथा व्यवसायीलाई धेरै सहज हुन्छ । नेपालको मापनयन्त्रलाई भारतले कसरी हेर्छ र कति समयमा यो निर्माण हुन्छ भन्ने पनि समस्या छ ।’’ विशेषगरी पूर्वी नाका हुँदै जाने अलैँची, अदुवा र चियाको मूल्यसमेत नेपालमै मापन हुने भएपछि व्यापार बढ्ने देखिएको छ । वस्तुको लागत कम हुने भएपछि मूल्य पनि बढ्ने व्यवसायीहरूको भनाइ छ ।
हालसम्म कृषिजन्य वस्तु नेपाल भित्र्याउनु अघि भारतको पटनामा गुणस्तरमापन हुन्थ्यो भने यता नेपाल भित्रने वस्तु कोलकत्तामा मापन हुने गथ्र्यो । नेपालबाट निर्यात हुने वस्तुको नेपालमै मापन हुने भएपछि कम समयमै परीक्षण गरेर सामन निकासी गर्न सहज हुने देखिएको छ । भारतमा मापन गर्न लैजानका लागि पनि लामो समय कुर्नुपर्ने र त्यसको प्रतिवेदन आएपछि मात्र वस्तु निकासी गर्नुपर्ने बाध्यता हटने नेपाल अलैँची व्यवसायी महासङ्घका पूर्व वरिष्ठ उपाध्यक्ष दीपक नेपालले बताए।
करीब एक महीनाअघि मात्र काठमाडौँमा भारतीय राजदूतको उपस्थितिमा यो सहमति भएको थियो । दुबै देशको वस्तुको गुणस्तरलाई एक अर्काले पालना गर्ने गरी यसको सहमति भएको हो तर नेपालमै गुणस्तरमापन कहिलेदेखि हुन्छ भन्ने हालसम्म एकिन भएको छैन ।
दुई देशको अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशालाको परीक्षण प्रतिवेदनलाई एक–अर्काले मान्यता दिने गरी यो सहमति भएको हो । खाद्य अनुसन्धान विभागका वरिष्ठ अधिकृत मोहनकृष्ण महर्जनले भने,“दुई देशबीच सहमति भएको हो ।
काठमाडौँमा भने यो मापन केही समयदेखि नै गर्न सकिन्छ तर अन्य क्षेत्रमा केही वर्ष लाग्छ ।” उनले जोड दिए, “नेपालको विराटनगर नाकामा भने यसका लागि हाम्रो भवन भएकाले केही समयमै गर्न सकिन्छ तर अन्य भारतीय नाकामा भने दुईदेखि तीन वर्ष समय लाग्न सक्छ ।”
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...
तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...