कात्तिक ३०, २०८०
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
भदौ २१, २०७६
जनकपुरधाम – नेपालको लोकतान्त्रिक आन्दोलनमा ठूलो योगदान पुर्याएका प्रजातान्त्रिक योद्धा गणेश तिवारी नेपालीको गत भदौ १३ गते निधन भयो ।
पञ्चायती शासन व्यवस्थाविरुद्ध, राजा ज्ञानेन्द्रको शाही शासनकालको निरंकुशताविरुद्ध अग्रपंक्तिमा रहेर आन्दोलनको नेतृत्व गरेका महोत्तरीको जलेश्वर नगरपालिका—५ चौरियाका नेपालीको ७७ वर्षको उमेरमा निधन भएको छ । क्यान्सरबाट उनको मृत्यु भएको हो ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रीय सदस्य रहेका नेपाली पहिलो संविधान सभाको निर्वाचनमा तराई मधेश लोकतान्त्रिक पार्टीबाट प्रत्यक्ष निर्वाचन जितेर युवा तथा खेलकुद मन्त्री समेत बनेका थिए ।
नेपालीले २०२४ सालतिर भारतमा शिक्षा प्राप्त गरे । केही समय उनले भारतमै काम समेत गरेर गाउँ फर्किए । त्यसपछि उनले आफ्नो गाउँ चौरियामा रात्रीकालीन पाठशाला सञ्चालन गरेर गाउँलेलाई शिक्षित पार्ने उद्देश्यले साक्षरताको कक्षा सञ्चालन गर्न थाले । निरक्षर रहेका प्रौढदेखि आइमाई लगायतलाई उनले अक्षरको ज्ञान सिकाएर हस्ताक्षर समेत गर्न सिकाएका थिए ।
नेपालीका छोरा बजरंग नेपाली भन्छन्, ‘अझै पनि गाउँका कतिपय बुजुर्ग व्यक्तिहरू भन्ने गर्छन् कि हस्ताक्षर कसरी गर्ने भन्ने कुरा नेपालीजीले नै सिकाउनुभयो ।’ तर दुर्भाग्य ! उनले सञ्चालन गरेको रात्रीकालीन पाठशाला बन्द गराएर तत्कालीन पञ्चायती शासकले उनलाई २०२८ सालमा गिरफ्तार गरे । शान्ति सुरक्षामा खलल पुर्याएको मुद्दा अन्तर्गत पक्राउ गरेर उनलाई सिन्धुली कारागार लगियो । ६ महिनापछि मात्र उनलाई रिहा गरिएको थिए ।
जेलबाट निस्केपछि उनको सम्पर्क तत्कालीन तरुण पत्रिकाका सम्पादक रहेका शैलेजा आचार्यसँग भयो । एकातर्फ उनले तरुण पत्रिकाका लागि संवाददाता भएर काम गर्न थाले भने अर्कोतर्फ भारतको बनारसमा रहेका बीपी कोइराला र गोरखपुरमा रहेका गणेशमान सिंहसँग पनि भेट गर्ने अवसर जुट्न थाल्यो ।
सोही क्रममा २०२९ सालमा तत्कालीन शिक्षा नीतिविरुद्ध धनुषाको यदुकुहामा विद्यार्थीले आन्दोलन गरेका थिए । आन्दोलनमा प्रहरीको गोली लागेर कामेश्वर र कुशेश्वर गरी २ जना विद्यार्थीको मृत्यु भएको थियो । त्यो आन्दोलनमा समेत उनी सहभागी थिए । फेरि २०३० सालमा भारतको मधुबनीमा नेपाली कांग्रेसका नेता सरोज कोइरालाको समेत हत्या गरिएको थियो ।
दमन र हत्याका २ वटा घटनाका कारण नेपालीमा पञ्चायती शासकविरुद्ध झन्झन् आक्रोश बढ्दै गएको थियो । तरुण पत्रिकाको संवाददाताको आवरणमा उनले महोत्तरी जिल्लामा विद्रोही युवा दस्ता तयार गर्न थाले । उनको भेद प्रशासनले थाहा पाएपछि उनीविरुद्ध राजद्रोहको मुद्दा चलाएर ‘शूट वारेन्ट’ नै जारी गरेको थियो । त्यसकारण नेपाली भारतको बिहार प्रदेशको सीतामढी क्याम्पमा प्रवासित जीवन बिताउन थालेका थिए । क्याम्पको नेतृत्व नेपाली कांग्रेसका बासुशरण कोइरालाले गरेका थिए । त्यहीँबाट उनले राजनीतिक गतिविधिमा समेत प्रत्यक्ष संलग्न भई काम गर्न थालेका थिए ।
प्रहरी प्रशासन र सेना समेत नेपालीको घरमा पुगेर उनकी पत्नी, २ छोरा बजरंग र ओमप्रकाशलाई समेत हैरान गर्न थालेका थिए । प्रहरीले नियमित रुपमा घर परिवारका सदस्यलाई हैरान गर्न थालेपछि नेपालीको निर्देशन अनुसार सबै जना भारतको सीतामढी क्याम्प पुगेका थिए ।
२०३० सालमा पञ्चायती व्यवस्था विरुद्धको नेपाली कांग्रेसको सशस्त्र आन्दोलनको रणनीति अनुसार नेपालीले महोत्तरी जिल्लाको भिठामोड भन्सारमा बम प्रहार गरेका थिए ।
भारत प्रवासमा रहेका बेला भारतमा इन्दिरा गान्धीको सरकार थियो । नेपाली कांग्रेसको सशस्त्र आन्दोलनप्रति गान्धीको नकारात्मक दृष्टिकोण भएकाले भारतमा प्रवासी जीवन बिताइरहेका नेपालीका नाबालक छोरा बजरंग नेपालीलाई हतियारसहित पक्राउ गरेको थियो । उनी पक्राउ परेपछि नेपालीसँगै बलराम शर्मा, भारतीय नागरिक रामचन्द्र ठाकुर, महेन्द्र पाण्डेलाई समातेर भारतको बिहार राज्यको सीतामढीको डुमरा तथा मुजफ्फरपुरको सेन्ट्रल जेलमा चलान गरिएको थियो । ११ महिनापछि जनही ५०/५० हजार भारतीय रुपैयाँ धरौटी राखेर उनीहरू रिहा गरिएको थियो ।
नेपालका तत्कालीन युवराज विरेन्द्रको राज्याभिषेकका क्रममा भारत सरकारले नेपाली कांग्रेसका सम्पर्क कार्यालयहरू नेपाल– भारतको सीमाबाट ५० माइलभित्रै बस्नुपर्ने भन्ने निर्देशन जारी गरेको थियो । सोही क्रममा नेपालीसँगै बासुदेवशरण कोइराला, महन्थ ठाकुर, सूर्यनारायण पाण्डे लगायतका नेतालाई भारतमै पक्राउ गरेर ३ महिनासम्म मुजफ्फरपुर कारगारमा राखिएको थियो ।
२०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर बीपी कोइरालाले नेपाल प्रवेश गरेपनि भारतमा नेपाली लगायत दर्जनौं व्यक्तिविरुद्ध मुद्दा दर्ता रहेकाले उनीहरूले कोइरालासँगै नेपाल प्रवेश गर्ने मौका पाएनन् । लुकीछिपी नेपाल आउने र भारत फर्किने क्रम चलिरहन्थ्यो ।
नेपाल आएका बेला उनलाई २०३६ असार ४ गते नेपाल प्रहरीले गिरफ्तार गरेर फेरि जलेश्वर, मलंगवा हुँदै काठमाडौंको नख्खु जेलसम्म पुर्याएको थियो । ८ महिनापछि उनलाई रिहा गरिएको थियो । रिहा भएपछि उनी र उनका साथी रामजीवन संघलाई स्वागत गर्न हजारौं सर्वसाधारण जलेश्वर पुगेका थिए ।
२०३७ सालमा जनमत संग्रह हुँदा कांग्रेसको तर्फबाट नेपालीलाई बुथ इन्चार्ज बनाइएको थियो । निर्वाचनपश्चात् मतगणना स्थलबाट नेपालीलाई शान्ति सुरक्षा अन्तर्गत फेरि पक्राउ गरेर २०३७ वैशाख ३१ गतेदेखि कात्तिक १३ गतेसम्म कारागारमा राखिएको थियो । त्यसपछि फेरि पनि उनलाई २०४६ सालसम्म पटक–पटक गिरफ्तार गरेर विभिन्न मुद्दामा जेलमा राखिएको थियो ।
२०४६ सालमा उनी महोत्तरी कांग्रेसको सभापति पदमा निर्वाचित भएका थिए । महोत्तरीमा त्यतिबेला १ सय ५५ जना मात्र क्रियाशील सदस्य थिए । राष्ट्रिय जनआन्दोलनको नेतृत्व गरेका कारण उनीसँगै उनकी पत्नी दानाबती देवीलाई समेत गिरफ्तार गरिएको थियो ।
पञ्चायती व्यवस्थाको पोल खोल्नका लागि उनले आफ्नै प्रकाशन तथा हरिहर बिरहीको सम्पादनमा ‘लल्कार’ र बलराम शर्मा प्रकाशक तथा नेपाली आफैं सम्पादक रहेर ‘हुँकार’ बुलेटिन समेत प्रकाशन गर्न थालेका थिए । आफ्नी पत्नीको सबै गहना बेचेर उनले पत्रिका प्रकाशन गरेर पञ्चायती व्यवस्थाविरुद्ध समाचार प्रकाशन गर्ने गरेका थिए ।
२०४६ सालको आन्दोलनपछि भएको आमनिर्वाचनमा कांग्रेसले नेपालीलाई टिकट नै दिएन । सभापति हुँदा उनले सिफारिस गरेका नेतालाई पनि टिकट दिइएन र उनले पनि टिकट पाउन सकेनन् । त्यसकारण आक्रोशित हुँदै उनले विद्रोह गरे । उनी लगायत विभिन्न नेताले कांग्रेस परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गरेका थिए ।
२०६२/०६३ सालको जनआन्दोलनपछि उनी महन्थ ठाकुरको अगुवाइमा गठन भएको तराई मधेश लोकतान्त्रिक पार्टीमा आवद्ध भएका थिए ।
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...