मंसिर १४, २०८०
हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...
बुटवल – गीत संगीत यस्तो क्षेत्र हो, जसले सुखी, दुःखी दुवै मनलाई जोडेको हुन्छ । यत्ति मात्रै होइन, गीत संगीत क्षेत्रले समाज सुधार र रुपान्तरणमा महत्त्वपूर्ण माध्यमको काम पनि गरेको हुन्छ ।
खासगरी समाज सुधार र रुपान्तरणका लागि सन्देश छर्ने र हरेक पुस्ताका मनलाई टपक्कै तान्ने खालका गीतसंगीत वास्तवमै धेरैको गुनगुनमा पर्छन् ।
यस्तै गीत सिर्जना गर्न र गाउन सफल लोकदोहोरी गायक बैकुण्ठ महत युवा पुस्ताका बजिला गायकका रुपमा स्थापित भएका छन् ।
‘बिस्तारै परिपक्वता थपिँदो रहेछ र जिम्मेवारीबोध पनि बढ्दो रहेछ,’ उनले भने, ‘हरेकले देशप्रेम र समाजलाई आत्मामा राख्यो भने शब्द सिर्जना पनि सोही अनुरुपमा फुर्ने रहेछ ।’
झण्डै १८ वर्षदेखि अनवरत रुपमा लोकदोहोरी क्षेत्रमा आफूलाई समर्पित गरेका युवा गायक महतले लोकदोहोरी गायकको समूहमा आफूलाई शीर्ष समूहमा उभ्याएका छन् । त्यति मात्रै होइन, उनले समाजका अनेकौं पाटालाई पनि गीतसंगीतमा उनेर खास अर्थ दिन भ्याउँछन् । हरेक गीतले कुनै न कुनै अर्थ अवश्य बताउँछ तर गायक महतका गीतले समाजको सवलीकरण र सामाजिक एकतालाई नै प्राथमिकता दिने कुरामा दुईमत छैन ।
सामाजिक सञ्जालको बढ्दो दुरुपयोग भइरहेको गुनासो आइरहेका बेलामा उनले तीजमा सार्वजनिक गरेको ‘भाइरल–दाइरल’ गीतले खास सन्देश बोकेको छ । समृद्धिका सपनालाई गीतमा उनेर होस् कि भइरहेका देश विकासका कामको संगालोलाई गीतमार्फत प्रस्तुत गरेर होस् उनी प्रायः सकारात्मक सन्देश दिने ध्याउन्नमा लागेका हुन्छन् । राजनीतिक आस्था जेसुकै भएपनि उनका गीतमा सार्वजनिक चासोलाई विशेष ख्याल गरेको र सबैलाई समेटेको पाइन्छ ।
गुल्मीको साविक अमरपुर गाविस वडा नम्बर ६, (हाल इस्मा गाउँपालिका–६ अमरपुर) मध्यम वर्गीय परिवारमा जन्मिएका उनी एसएलसी उत्तीर्ण गरेपछि विक्रम संवत् २०५७ सालमा उच्च शिक्षा अध्ययन गर्ने भन्दै बुटवल झरेका थिए ।
परिवारमा जेठो छोरा उनका २ भाइ र ३ जना बहिनी छन् । उनका पिता टोपबहादुर भारतीय सेनाबाट अवकाशप्राप्त हुन् । हाल गाउँमै कृषिकर्म र सामाजिक काममा सक्रिय छन् उनी । आमा पेवा महत गृहिणी र अगुवा महिला हुन् ।
टोपबहादुरले जेठो छोरा बैकुण्ठलाई पनि प्रहरी वा सेना बनाउने चाहेका थिए । बैकुण्ठलाई पनि शुरूशुरूमा त्यसमै रुचि थियो । जब उनी बुटवल झरे, तब उनको रुचि बिस्तारै बदलियो । शुरूमा मिडिया हाउसमा छिरेका उनले त्यहाँ सांगीतिक कार्यक्रम चलाउन थाले । अरुका गीत स्रोताको फर्माइसअनुसार बजाइदिन्थे । बीचबीचमा आफैंले केही टुक्का गीत गाउँथे ।
रेडियोका स्रोतले उनका टुक्के गीत मन पराउँथे र बिस्तारै अरुका गीत फमाईस गर्नुभन्दा बैकुण्ठलाई नै गाइदिनुस् भन्थे । गुनगुन गर्दै गीतका टुक्का गाउँदा गाउँदै उनी लोकदोहोरी गीतका प्रतियोगितामै हाम फाल्ने भए । प्रतियोगितामा उनी बिस्तारै अब्बल बन्दै गए, एल्बम निकाल्ने, अरुका गीतमा मोडलिङ गर्ने हुँदै सांगीतिक यात्रालाई निरन्तरता दिए ।
विक्रम संवत् २०६० सालमा लोकदोहोरीको सागरमा औपचारिक रुपमा प्रवेश गरे र उनले पहिलो एल्बम स्वरुप ‘सशक्त मनाही छ’ (२०६१) एल्बम सार्वजनिक गरे । यसबीचमा उनले गरेर कष्टदायी मेहनतका लामै शृंखला छन् । हाल उनी सफल र ओजिला युवा कलाकारका रुपमा स्थापित भएका छन् ।
विक्रम संवत् २०६२ सालमा अर्को एल्बम ‘दोस्ती पुरानो’ बोलको एल्बम सार्वजनिक गरे । विक्रम संवत् २०६४ सालमा ‘मागेजति वरदान पाको भा’ नामक एल्बम सार्वजनिक गरे । एकातर्फ मागेजति वरदान पाको भए ... बोलको मार्मिक गीत र अर्कोतर्फ ‘जाउँ है माया बटौली ...’ बोलका रमाइला गीतले उनलाई स्थापित कलाकारका रुपमा उभ्यादियो । गायन, कलाकारितासँगै अध्ययनलाई पनि निरन्तरता दिँदै आएका बहुआयामिक व्यक्तित्व महतले विक्रम संवत् २०६५ सालमा स्नातकोत्तर उत्तीर्ण गरे ।
गायन मात्र होइन, शब्द संकलन र लयमा पनि दखल राख्ने यी युवा कलाकारमा विलक्षण प्रतिभा रहेको उनकै सहकर्मी र अग्रज बताउँछन् । अर्का वरिष्ठ लोकदोहोरी गायक तथा लोकदोहोरी गीत प्रतिष्ठान ५ नम्बर प्रदेशका संयोजक युवा गायक लक्ष्मण खड्का भन्छन्, ‘बैकुण्ठमा अनेकौं खुबी छन् । खुबीलाई चिन्ने र सोहीअनुरुप प्रयोग गर्ने क्षमता पनि उनमा छ र सोही कारण सफलताको निरन्तर यात्रामा छन् ।’
उनले आधा दर्जनभन्दा बढी गीतमा अभिनय पनि गरिसकेका छन् । करीब २ दर्जन एल्बम, झण्डै ४ दर्जन गीतमा स्वर, १ सय ६५ जति गीतका रचना उनी आफैंले गरेका छन्, लोकदोहोरी क्षेत्रमा स्थापित दरिला खम्बा हुन् ।
मान्छेको जिन्दगानी ..., लोक देउडा ..., लैजाऊ रुमाल बैना ..., आँखैमा घुमेकी ..., पञ्चेबाजा ... विरहले छुने बेलामा ..., औंठी स्वयंवरको ..., नपढेरै हो ..., सुपारी चुइँगम, मादल, काफलु जस्तै, हाम्रो नेपाल हामी नेपाली, आर्थिक समृद्धि, पानीजहाज ..., पानीजहाज भाग–२, २ कुराले ठग्यो ..., जस्ता मार्मिक, सन्देशमूलक, सचेतनामूलक र राष्ट्रिय भक्तिका दर्जनौं गीतमा स्वर दिएका छन् ।
उनका अधिकांश गीत यथार्थपरक र नेपालीपनसँगै लोकगीतका पारखीको मन जित्ने खालका छन् । संख्याभन्दा पनि गुणस्तर र जनचाहनालाई मध्यनजर गरेर गीतसंगीत रचना गर्नुपर्ने उनको भनाइ छ ।
विषयवस्तुमा ज्ञान राख्ने, अध्ययन गर्ने बानी भएका उनी जे पायो त्यहीँ विषयवस्तुलाई लोकगीतमा उन्दैनन् । जेजति शब्द रचना गर्छन्, तिनले सकारात्मक ऊर्जा सहितको सन्देश दिने गर्छ ।
पछिल्ला वर्षदेखि मोफसल, राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिस्तरका विभिन्न सांस्कृतिक कार्यक्रममा, जनमघटमा उनको सक्रियता बढेको छ । अत्यधिक सहभागिता जनाउँदै आएका चर्चित लोकदोहोरी गायक महतले नेपालका ६१ जिल्लामा आफ्नो प्रस्तुति दिइसकेका छन् ।
भारत, बेलायत (यूके), जापान, यूयई, कतार, साउदी अरब, बहराइन लगायतका देशमा पुगेर त्यहाँका महत्त्वपूर्ण सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिइसकेका छन् । दिनानुदिन आफ्नो माग बढ्दै जाँदा कतिपय स्थानमा सहभागिता जनाउन नससकेकोप्रति उनको गुनासो छ । लोक सांगीतिक क्षेत्रमा रहेर योगदान दिने उद्देश्यका साथ यहाँसम्म आएका उनी प्राप्त सफलताबाट सन्तुष्टि छन् तर यस क्षेत्रमा आफूले चाहेअनुसार गर्न भने बाँकी रहेको बताउँछन् ।
प्रबल जनसेवाश्री चतुर्थ–२०७५, नेपाल सरकार, बक्स अफिस म्यूजिक अवार्ड–२०७५, एपिक नेपाल म्यूजिक अवार्ड–२०७५, राष्ट्रिय संगीतकर्मी अवार्ड–२०७५ प्राप्त गरिसकेका छन् । दर्जनभन्दा बढी राष्ट्रिय तथा अञ्चल र जिल्ला स्तरीय लोकदोहोरी प्रतियोगितामा निर्णायक बनेका उनी हाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला रुपन्देही अध्यक्ष, लुम्बिनी अञ्चलको महासचिव हुँदै केन्द्रीय सञ्चार विभाग प्रमुख, प्रस्तोता समाज नेपाल कार्यक्रम संयोजक र गुल्मी कलाकार समाजका संस्थापक सदस्यसमेत हुन् ।
लाखौं दर्शक, स्रोता, शुभेच्छुकको साथ माया सम्मानका साथै विभिन्न अवार्ड प्राप्त गरेका उनी आर्थिक रुपमा पनि सबल कलाकारका रुपमा स्थापित भएका छन् । बरदान डिजिटल प्रालि सञ्चालन गर्दै आएका उनले स्वदेशमा हुने सांस्कृतिक कार्यक्रममा ३० देखि ४० हजार रुपैयाँसम्म र विदेशमा सोभन्दा बढी पारिश्रमिक लिने गरेको बताए ।
हरेक कुरालाई पैसामै जोड्ने, त्यसमै निर्भर हुने र आडम्बर बन्ने काम खराब हो भन्ने कुरा उनले राम्रोसँग बुझेका छन् । आफू कहिल्यै बढी महत्त्वकांक्षी नभएको तर संघर्ष, लगाव र निरन्तरताका कारण आफ्ना इच्छा पूरा गर्दै अगाडि बढेको उनको भनाइ छ ।
कानून विषयमा एलएलबी उत्तीर्ण गरेर लाइसेन्स समेत प्राप्त गरेका उनी वकालत पेशामा पनि अभ्यास गरिरहेका छन् । गीतलाई मनोरञ्जनका लागि मात्रभन्दा पनि सन्देशमूलक, समाज परिवर्तन, राष्ट्रियता, सामाजिक एकता, प्रेरणा र प्रोत्साहनमा जोड्ने गरेकै कारण महत समकालीनमा ओजिला कलाकार बनेका हुन् ।
प्रेमसँगै उनले रोजगार र विकासका आवाजलाई पनि गीतमार्फत बुलन्द रुपमा प्रस्तुत गर्दै आएका छन् । कलाकारिता क्षेत्रमा त्यसमा पनि लोक दोहोरीमा जमेका उनी नेपाली जनजीवनलाई बुझ्न पाउनु नै कलाकारिताले आर्जेको अनुपम उपहार मान्छन् ।
हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...
लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् । उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...
गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ । तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । बा...
लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ । बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...
ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् । विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...
कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे । पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...