×

NMB BANK
NIC ASIA

दमक उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ

भदौ २२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

दमक– यहाँस्थित दमक उद्योग वाणिज्य सङ्घको निर्वाचनमा संयुक्त लोकतान्त्रिक समूहले प्रगतिशील व्यवसायीलाई हराउँदै जित हासिल गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

आज बिहान मतगणनाको अन्तिम नतिजाअनुसार अध्यक्षसहित विभिन्न ११ पदमा लोकतान्त्रिक विजय हासिल गरेको छ भने प्रगतिशील समूहले एक पदाधिकारी, एक लेखा संयोजक गरी १० पद जितेको छ । अध्यक्ष, लेखा संयोजकसहित विभिन्न २१ पदमा दुई स्वतन्त्र गरी ४४ उम्मेदवार निर्वाचनमा प्रतिस्पर्धी थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अध्यक्षमा प्रगतिशील समूहका विमल खतिवडालाई पराजित गर्दै लोकतान्त्रिकका उम्मेदवार गोकुल श्रेष्ठ विजयी बने। उनले एक हजार ४११ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिद्वन्द्वी खतिवडाले ९१६ मत प्राप्त गर्नुभयो । अध्यक्षमा ४९५ मतान्तर रह्यो ।


Advertisment
Nabil box
Kumari

पदाधिकारीमा वरिष्ठ उपाध्यक्षबाहेक सबै पदहरुमा लोकतान्त्रिक व्यवसायी समूहका व्यवसायी निर्वाचित भएका छन्  । वरिष्ठ उपाध्यक्षमा एक हजार २७६ मत ल्याएर प्रगतिशीलका गोपाल गुरागाईं विजयी बने। उनका प्रतिद्वन्द्वी लोकतान्त्रिकका सुरज आचार्यले एक हजार २१ मत प्राप्त गरे। त्यसैगरी प्रथम उपाध्यक्ष लोकतान्त्रिककै राजु खड्काले एक हजार २०९ मत प्राप्त गरी विजयी बने। उनका प्रतिद्वन्द्वी प्रगतिशीलका युवराज घिमिरेले एक हजार ७३ मत प्राप्त गरेका थिए । यस्तै द्वितीय उपाध्यक्षमा लोकतान्त्रिककै राजकुमार योङयाले एक हजार १२ मत ल्याई विजयी बने भने उनका प्रतिद्वन्द्वी प्रगतिशीलका घनश्याम खनालले ९०६ र स्वतन्त्र उम्मेदवार टीकाराम प्रसाईंले ३५५ मत प्राप्त गरेका थिए ।

Vianet communication
Laxmi Bank

यस्तै, तृतीय उपाध्यक्षमा लोकतान्त्रिककै रमा लिम्बु (१२०२) विजयी बने। उनले प्रगतिशीलका ज्ञाननाथ पौडेललाई पराजित गरेका हुन् । पौडेलले एक हजार ६१ मत प्राप्त गरेका थिए । खुला दुई महिला सदस्यमा लोकतान्त्रिककी सुष्मा निरौला र प्रगतिशीलकी लक्की सिटौला विजयी बनेका छन् ।
     
वस्तुगततर्फ लोकतान्त्रिक समूहबाट दुई र प्रगतिशीलबाट तीन विजयी भएका छन् । लोकतान्त्रिकबाट मोहन ढकाल र रुबल अधिकारी विजयी बनेका हुन् भने प्रगतिशीलका गायत्री पौडेल, राजेश अधिकारी र दिनेश सुवेदी विजयी बने।
 
यसैगरी ६ खुला सदस्यतर्फ चन्द्र खत्री, तुलसीराम तिम्सिना, नवीन अग्रवाल, असिम राई, भरतकुमार चम्लागाईं, राजकुमार थापा विजयी बनेका छन् ।

यसैगरी, पाँच सदस्यीय वस्तुगतमा मोहन ढकाल, रुबल अधिकारी, गायत्री पौडेल (सन्तोष), दिनेश सुवेदी, राजेश अधिकारी तोया निर्वाचित भएका छन् । तीन सदस्यीय लेखातर्फ संयोजकमा खोमप्रसाद बगाले, सदस्यमा कृष्णराज दाहाल र मोहन मागर मिन विजयी बन्नुभएको निर्वाचन समितिका सदस्य कृष्ण कार्कीले जानकारी दिए ।
 
सङ्घको तीन वर्षे कार्यकालको गत शुक्रबार भएको निर्वाचनमा दुई हजार ६८० मध्ये दुई हजार ३३० मत खसेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x