×

NMB BANK
NIC ASIA

निगरानी सरकारी सम्पत्तिमाथि : भाग – ४५

चढिरहेको प्राडो र पजेरो ‘कबाड’मा थन्क्याएर नयाँ गाडी किन्दै प्रदेश सरकार !

एक आर्थिक वर्षमा गाडी खरिदका लागि साढे ३५ करोड खर्च

भदौ २२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम – प्रदेश नम्बर २ सरकारले एकातर्फ महंगा नयाँ गाडी किनिरहेको छ भने अर्कोतर्फ पुराना गाडीलाई थन्क्याएर कबाड बनाउँदैछ । प्रदेश सरकारको प्रशासनिक अड्डा ‘मधेश भवन’ परिसरमा थन्क्याएर राखिएका गाडी कबाडमा परिणत हुँदैछन् । 

Sagarmatha Cement
Muktinath Bank

त्यहाँ भेटिने गाडीहरूको भीडमा केही महिना अघिसम्म मुख्यमन्त्रीदेखि मन्त्रीसम्मले चढ्ने गरेको गाडी पनि थन्किएको देख्न सकिन्छ । नयाँ गाडी किनेपछि पुराना गाडीको उचित संरक्षण हुन सकिरहेको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बा १ झ ७०९३ नम्बरको प्राडो मुख्यमन्त्री राउतले शुरू–शरूमा चढ्ने गरेका थिए । मुख्यमन्त्री बनेर शपथ ग्रहण गरेलगत्तै उनका लागि नेपाल सरकारले पुरानो प्राडो गाडी उपलब्ध गराएको थियो ।


Advertisment
Nabil box
Kumari

मुख्यमन्त्री राउतले उक्त गाडी केही महिना चढे पनि, तर नयाँ गाडी किनेपछि सो गाडीलाई महिनौंदेखि भौतिक पूर्वाधार मन्त्रालय परिसरमा थन्क्याएर राखिएको छ ।

Vianet communication
Laxmi Bank

उक्त गाडी के कति कारणले त्यहाँ थन्क्याएर राखिएको भन्नेबारे मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका जिम्मेवार अधिकारीहरूसँग पनि जवाफ छैन ।

मर्मत गरेर चल्ने अवस्थामा भए चलाउनुपर्ने हुन्छ, अन्यथा लिलाम गरी राजस्वमा आम्दानी दाखिला गर्नुपर्ने हुन्छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका निमित्त प्रमुख सचिव कोमलबहादुर खत्री उक्त गाडी किन थन्क्याइएको हो भन्नेबारे अनविज्ञता प्रकट गर्छन् ।

‘यदि मुख्यमन्त्रीज्यूले चढ्नुभएको गाडी हो भने त्यसको खोज गरेर उक्त गाडी कुन अवस्थामा छ, लिलाम गर्नुपरे लिलाम गर्ने वा मर्मतसम्भार गरेर सञ्चालनमा ल्याउन सकिने अवस्थाको भए सञ्चालनमा ल्याउँछौं,’ सचिव खत्रीले भने ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मात्र नभएर अन्य विभिन्न मन्त्रालयका गाडी यसैगरी थन्किएका छन् ।

सामजिक विकास मन्त्रालय, वन पर्यटन तथा उद्योग मन्त्रालय समेतका गाडीहरू कबाड बन्ने गरी थन्क्याएर राखिएका छन् ।

बा१झ ४३५३ र बा१झ २५४९ नम्बरको मित्सुबिसी पजेरो, को१झ ४४४ नम्बरको निसान तथा को १ झ २४५ र बा १ झ ७१६९ नम्बरको गाडी थन्किएका छन् ।

ती गाडी प्रयोगमा ल्याउन सकिने अवस्थामा भए प्रयोगमा ल्याउनुपर्ने सचिव खत्री बताउँछन् ।

‘प्रदेश सरकारलाई गाडीको त्यसै अभाव छ, यदि त्यसरी विभिन्न मन्त्रालयले गाडी थन्क्याएर राखेका छन् भने त्यसको छानबिन नै गर्नुपर्ने हुन्छ,’ निमित्त प्रमुख सचिव खत्रीले लोकान्तरसँग भने, ‘कतिपय गाडीको निश्चित अवधि पुगेपछि लिलाम नै गर्नु्पर्ने हुन्छ ।’ 

केही गाडी लिलाम गर्न अवधि नपुग्ने र मर्मत गर्दा लाखौं खर्च हुने भएकाले पनि थन्किएको हुनसक्ने उनको अनुमान छ ।

सबै मन्त्रालयले किने नयाँ गाडी 

आर्थिक वर्ष २०७५/०७६ मा मुख्यमन्त्री कार्यालयदेखि विभिन्न मन्त्रालयले नयाँ गाडी किन्नमा करोडौं रकम खर्च गरेका छन् ।

प्रदेश लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी महेन्द्र मण्डलले दिएको विवरण अनुसार गत आर्थिक वर्षमा धनुषामा मात्रै ३५ करोड ४४ लाख ६५ हजार ४ सय ७७ रुपैयाँको नयाँ गाडी खरिद गरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले ४ करोड ५२ लाख ३० हजार ५७, आर्थिक मामिला तथा योजना मन्त्रालयले ३ करोड ८५ लाख ४४ हजार ९ सय ९८ रुपैयाँ गाडी खरिदमा खर्च गरेका छन् ।

त्यसैगरी आन्तरिक मामिला तथा कानून मन्त्रालयले २ करोड ८४ लाख ४० हजार ७ सय ६२, उद्योग पर्यटन मन्त्रालयले २ करोड ४० लाख ७५ हजार २ सय ४९, कृषि मन्त्रालयले २ करोड ५२ लाख २३ हजार १ सय ६३, भौतिक पूर्वाधार मन्त्रालयले २ करोड ४४ लाख ९२ हजार २ सय ५०, सामाजिक विकास मन्त्रालयले २ करोड १७ लाख ६४ हजार ३ सय ३९ रुपैयाँको गाडी किनेका छन् ।

त्यसैगरी प्रदेश सभाले ९ करोड ७७ लाख ७७ हजार ७ सय ८, प्रदेश नीति आयोगले २ करोड ७१ लाख ४८ हजार २ सय ७, मुख्य न्यायाधिवक्ताको कार्यालयले १ करोड ४ लाख ८२ हजार, प्रदेश प्रहरी कार्यालयले ४२ लाख ७५ हजार, वन अनुसन्धान केन्द्रले २ लाख ९८ हजार ९ सय र पशुपन्छी निर्देशनालयले २ लाख ५० हजार रुपैयाँ सवारी साधन खदिमा खर्चिएको तथ्याङ्क प्रदेश लेखा नियन्त्रकको कार्यालयसँग छ ।

हेर्नुहोस्, कबाड बन्दै गरेका थप पुराना गाडीहरू :

हेर्नुहोस्, यसअघिका भागहरू :

भाग– ४४ : सरकारी गाडीमा कर्मचारीका छोराछोरी सरर ...

भाग– ४३ : संसद्‍मा गाडी किन्दा अनियमितता : नक्कली स्पीकरले यसरी खोल्यो पोल !

भाग– ४२ : शिक्षा मन्त्रालयको एउटै गाडी दिनमा दुई पटकसम्म मर्मत, बिल पनि डेढ लाख र साढे २ लाखका !

भाग– ४१ : विदेश भ्रमणमा बेथिति : प्राविधिक जानुपर्ने तालिममा हाकिमहरूको 'घुमघाम' !

भाग– ४० : एकै मन्त्रालयबाट १० महिनामा ३६ लाखभन्दा बढीको सवारी मर्मत, ऐन-नियम उपेक्षा गरी जथाभावी खर्च !

भाग– ३९ : कृषकका नाममा आफैं विदेश उड्छन् कर्मचारी, एकै मन्त्रालयबाट २ वर्षमा ७३८ जना भ्रमणमा

भाग– ३८ : ल्यापटप, मोबाइलदेखि ब्रिफकेससम्म सरकारी, सरुवा भएर जानेले समेत गर्दैनन् फिर्ता !

भाग– ३७ : ‘सौखिन’ सचिव दिनैपिच्छे फेर्छन् गाडी, ४ पांग्रे सवारीमा मन्त्रीका सल्लाहकारको रजाइँ

भाग– ३६ : मन्त्रीका पत्नी र छोराछोरीलाई सरकारी गाडी ! इन्धनमा चरम दुरुपयोग

भाग– ३५ : सरकारी गाडी मर्मतमा चालकदेखि वर्कशपसम्म ‘सेटिङ’, एकै गाडी महिनामा ३ पटकसम्म मर्मत !

भाग– ३४ : सरकारलाई कर्मचारीभन्दा गाडी पाल्न महंगो ! [लोकान्तर खोज]

लोकान्तर समाचार प्रभाव : ऊर्जा मन्त्रालयबाट फिर्ता भए विद्युत् प्राधिकरणका गाडी

भाग- ३३ : १ रुपैयाँमा गिलास र मार्कर, १२ रुपैयाँमा पेनड्राइभ किन्छ मन्त्रालय !

भाग- ३२ : पूर्व पदाधिकारीका नाममा शरणार्थी नेतालाई गृहको गाडी, सल्लाहकारलाई २ सय ४० लिटर इन्धन

भाग- ३१ : राजधानीमा पानी बाँड्न नसक्ने केयूकेएलमा गाडी नै गाडी, कर्मचारीलाई मासिक १६० लिटर इन्धन !

भाग- ३० : निरन्तर घाटामा गएको निगमका १३ हाकिमलाई असीमित इन्धन सुविधा, एउटै नम्बरका २ गाडी !

भाग- २९ : सुदूर प्रदेशका मन्त्रीको ध्यान मोजमस्तीमा : धमाधम गाडी खरिद, विकासलाई बेवास्ता !

भाग- २८ : मुख्यमन्त्री कार्यालयमा ब्रह्मलुट : एक हातमा करार नियुक्ति, अर्को हातमा सवारी साधनको 'चाबी' !

भाग- २७ : विद्युत् प्राधिकरणका गाडीमा गडबडी, पुलका गाडी पनि रातो प्लेटमा !

भाग- २६ : सवारी सुविधामा बेमेल : महानिर्देशकलाई २१ लाखको गाडी, मातहत कर्मचारीलाई ७५ लाखको !

भाग- २५ : इन्धनमा आयल निगमका कर्मचारीको हालीमुहाली, निगमकै गाडीमा मन्त्रीको रजाइँ !

भाग- २४ : राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मलाई परराष्ट्रका ‘बुलेटप्रूफ’ गाडी, बिग्रेको गाडी प्रदेश सरकारलाई !

भाग- २३ : सर्वाेच्च न्यायमूर्तिको ‘गैरकानूनी परम्परा’ : नयाँ गाडी किन्दै, घर लैजाँदै !

भाग- २२ : सेवासुविधा निर्देशिका नै मान्दैनन् सिंहदरबारका कर्मचारी, सवारीसाधन प्रयोगमा छाडा

भाग- २१ : महानगरमा महाबेथिति : सरकारी गाडीलाई रातो प्लेटमा निजीझैं चरम दुरुपयोग

भाग- २० : संसद सचिवालयले बाँड्छ ३१ पदाधिकारीलाई इन्धन, देउवादेखि नेम्वाङसम्मले लिन्छन् सुविधा

भाग- १९ : उद्योगमन्त्री यादवलाई तीनवटा गाडी, मन्त्रालयको गाडीमा शाखा अधिकृतसम्मको रजाइँ !

भाग- १८ : योजना आयोगमा उपाध्यक्षलाई दुई गाडी, सदस्य समेतलाई मासिक १८० लिटर इन्धन

भाग- १७ : मन्त्रीका स्वकीय सचिवसम्मलाई विभागको गाडी, सचिवलाई दिइएको जगेडा गाडी नै झण्डै एक करोडको !

भाग- १६ :‘आदर्शवादी’ अर्थमन्त्रीको निजी सचिवालय : तीन कर्मचारीलाई महंगा-महंगा पाँच गाडी !

भाग- १५ : सिँचाइ नपाएर लाखौं हेक्टर खेतीयोग्य जमिन बाँझै, करोडका गाडी किनेर बाँड्छ सिँचाइ विभाग

भाग- १४ : कृषि मन्त्रालयमा लूट : मन्त्री र राज्यमन्त्रीकै प्रयोजनमा ११ गाडी, ४ मोटरसाइकल !

भाग- १३ : सिंहदरबारभित्रै चरम बेथिति, उपसचिवले पनि लिन्छन् मन्त्रीसरह इन्धन !

भाग- १२ : सरकारी सम्पत्तिमा खिया : वन विभागका ६० प्रतिशतभन्दा बढी गाडी कुहिएर उम्रियो झार !

भाग- ११ : प्रधानमन्त्रीकै वरिपरि अपारदर्शी कर्मचारी, २२ दिन कुराएर सूचना दिन कन्जुस्याइँ

भाग- १० : विद्युत् प्राधिकरणको गाडीमा मन्त्रीको रजाइँ, सचिवालयका २ सहित ४ गाडी मन्त्रीको प्रयोजनमा

भाग- ९ : सरकारी गाडीमा मन्त्रीका सल्लाहकारको रजाइँ- कसैलाई प्राडो, कसैलाई पजेरो !

भाग- ८ : उपराष्ट्रपतिकै प्रयोजनमा १० गाडी, फरक ब्राण्ड र समयमा किनिएका गाडीको मूल्य उही !​

भाग- ७ : मानव अधिकार आयोगमा गाडीको लश्कर, अध्यक्षभन्दा सदस्य चढ्छन् महंगो र नयाँ गाडी

भाग- ६ : सञ्चार मन्त्रालयका पाँच गाडी ‘पूल’मा, क–कसले लिन्छन् सवारी सुविधा ?

भाग- ५ : भूमि व्यवस्था मन्त्रीको सचिवालयलाई नै दुई गाडी, पाँचवटा बिग्रिएर प्रयोगविहीन !

भाग- ४ : यातायात मन्त्रालयका सचिवलाई सेतो र रातो प्लेटका दुई गाडी, एउटैको मूल्य करोडभन्दा बढी !

भाग- ३ : शहरी विकासमा मन्त्रीका आसेपासेको रजगज, सचिवलाई दिउँसो र बेलुका बेग्लाबेग्लै गाडी !

भाग- २ : महिला मन्त्रीलाई काठमाडौंभित्र र बाहिरलाई छुट्टाछुट्टै गाडी, उपसचिवलाई मन्त्रीसरह इन्धन !

भाग- १ : खेलकुद मन्त्रालयका सचिवलाई दुई विलासी गाडी, कार्यालय सहयोगीसम्मलाई सवारी सुविधा [विवरणसहित]

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x