भारत–पाक तनावमा नेपालले खेल्न सक्छ मध्यस्थकर्ताको भूमिका

कमल रिजाल
कमल रिजाल

लोकान्तरका नियमित स्तम्भकार कमल रिजाल धार्मिक संस्कार र समसामयिक विषयमा कलम चलाउँछन् ।

भारत–पाक सम्बन्ध झन्झन् बिग्रदै गएको छ । यी मुलुकबीच कुनै पनि बेला युद्ध भड्किन सक्ने सम्भावना छ । पाकिस्तानी प्रधानमन्त्री इमराना खानले कश्मीर मामिलामा भारतले राष्ट्रसङ्घीय सुरक्षा प्रस्ताव र सिमला सम्झौता उल्लङ्घन गरेको आरोप लगाउँदै विश्वसमुदायको ध्यानाकर्षण गराउने प्रयास गरेका छन् । उनका अनुसार भारतले कश्मीरमा कफ्र्यु लगाएर जनआवाज दमन गरेको मात्र छैन विरोधीहरूलाई मार्ने, धम्काउने, गोली हान्नेसम्मको काम गर्दै आएको छ । त्यस्तै पाकिस्तानी सैन्य प्रवक्ता मेजर जनरल आसिफ गफुरले भारतको मानवता विरोधी कार्यप्रति नचाहदा नचाहदै पनि युद्ध गर्न वाध्याता हुनुपर्ने अवस्था आएको प्रष्ट पारेका छन् । उनी भन्छन्– ‘कश्मीरका लागि हामी अन्तिम गोली, अन्तिम सुरक्षा कर्मी, अन्तिम सास रहुन्जेलसम्म लड्नेछौ, बल भारत र अन्तर्राष्ट्रिय समुदायको कोर्टमा छ ।’ 

तर भारतले भने शुरुदेखि नै कश्मीर मुद्धा आन्तरिक मामिला भन्दै आएको मात्र छैन विश्वसमुदायलाई आफूतर्फ आकृष्ट गराउने प्रयास समेत गर्दै आएको छ । हालसम्म पन्छिदै आएको नेपाल पनि अन्ततः मुख खोल्न वाध्य भएको छ । हालै इण्डियन ओसन कनफरेन्समा भाग लिन मादिब्स पुगेका परराष्टमन्त्री प्रदीप ज्ञवालीले भारतीय समाचार एजेन्सीसँग कुरा गर्दै भनेका छन्– ‘कश्मीर समस्या भारतको आन्तरिक मामिला हो ।’ यद्यपि उनले कुरो घुमाउरो तरिकाले तरिकाले गरेका छन् तर कुरोको चुरो भने त्यही थियो । यस अघि मध्यस्थता गर्ने ईच्छा जाहेर गर्दै आएको अमेरिको आशय पनि अन्ततः यसैतर्पm परिलक्षित छ । बाँकी विश्व पर्ख र हेरको स्ँिथतिमा देखिन्छ । 


Advertisement

संयुक्त राष्ट्रसङ्घीय सुरक्षापरिषदमा छलफलसम्म भयो, निर्णय भएन । यस मुद्धामा हालसम्म चीनमात्र खुलेर पाकिस्तानको पक्षमा उभिएको छ । त्यसैले हुनुपर्छ पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कडा शब्दमा विश्व समुदायको ध्यानाकर्षण गराउने प्रयास गरेका छन् । उनले हालै एक आलेख मार्फत् भनेका छन्– ‘भारतले कश्मीरमा जुन किसिमको अवैधानिक कार्य गर्दै आएको छ यसतर्फ विश्व समुदायको ध्यान जानुपर्छ । अन्यथा आणविक अस्त्र सम्पन्न दुई राष्ट्र कुनै पनि बेला सैन्य मुठभेडको थप नजिक आउने छन्, जसको परिणाम सम्पूर्ण विश्वले भोग्नु पर्नेछ ।’ यसलाई उनको आक्रोश मात्र मान्नु भुल हुनेछ । आक्रोशभन्दा बढी चुनौतीको भाषा प्रयोग भएका छन् यसमा ।   

कश्मिर मामिलामा पाकिस्तान ज्यान छाडेर लाग्नुको पछाडि विभिन्न कारण छन् । सतहमा आएको मानवता विरोधी कार्यमा मात्र सीमित छैन यो । एउटा कारण त यही हो जुन बाहिर देखिएको छ तर यसको अन्तर्य भने अर्कै छ । अन्तराष्ट्रिय पर्यवेक्षकहरूका अनुसार आफू अधिनस्थ कश्मीरी भूभागसित पाकिस्तानको जीवन मरणको सम्बन्ध जोडिएको छ । पाकिस्तान अधिनस्थ कश्मीरी भूभागमा पर्ने गिल्गिट र वाल्टिस्तानको उत्तरवर्ती हिमालय क्षेत्रबाट बग्ने इन्डर, झेलम, चेनाव, रावी, सतलज, किसेन गङ्गा आदि नदीलाई पाकिस्तानले लाइभलाइनको रूपमा लिएको छ । उसको सिचाई तथा पिउने पानीको मूल स्रोत भनेका यिनै नदीहरू हुन् ।  यसको सुरक्षार्थ ऊ मर्र्ते दमतक लड्न तत्पर देखिन्छ तर भारतीय कुटनीति भने बढी कुटिल नीतिले प्रभावित छ । 

भारतीय मकसद आफू अधिनस्थ कश्मिरमा पकट जमाई सकेपछि पाक अधिनस्त कश्मिरमाथि आँखा लगाउने रहेको पाकिस्तानी बुझाइ देखिन्छ । यसै पनि सम्पूर्ण कश्मीरप्रति भारतीय दावा यस अघि पनि बेला बेला प्रस्फुटित भएकै हुन् । चीनले शुरुदेखि नै भारतीय कदमको विरोध गर्दै आउनुको आशय पनि यही नै हुन सक्छ । तर, भारतीय दावालाई वर्तमान धरातलीय यथार्थले भने पुष्टि गर्दैन । यसको छिनोफानो सन् १९४८ र १९६४ मै भइसकेको छ । जतिबेला क्रमशः भारत र पाक तथा चीन र भारतबीच युद्ध भएको थियो । सम्पूर्ण कश्मीर हाल भारत, पाकिस्तान तथा चीनबीच बटवारा भइसकेको छ । भारत अधिनस्थ कश्मीरको उत्तर पश्चिममा पाकिस्तान अधिनस्थ कश्मीर पर्छ, उत्तर पूर्वमा अक्साइ चीन रहेको छ । 

अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू भन्छन्– ‘भारतले पनि चीन र पाकिस्तानले जस्तै अफगानिस्तान हुँदै मध्य एशिया, रुस, युरोप, पुग्न उत्तर दक्षिण यातायात करिडोर योजना अघि सारेको छ तर उसका लागि यो त्यति सहज भने छैन । उसलाई अफगानिस्तान पुग्नकै लागि जलमार्गबाट इरानको चाभार बन्दरगाह हुँदै स्थलमार्गबाट अघि बढ्नुपर्ने हुन्छ, जुन निकै घुमारो पनि छ, खर्चिलो पनि छ ।’ यसका लागि उसलाई पाकिस्तान अधिनस्थ कश्मीरी भूभागको प्रयोग अत्यावश्यक देखिन्छ, जहाँबाट सडक मार्गबाटै अफगानिस्थान पुग्न सकिन्छ तर हालको परिप्रेक्षमा भारतका लागि यस क्षेत्रको दरबाजा पूर्णतः बन्द छ । यसका निम्ति उसले कि पाकिस्तानसित सो भाग खोस्न सक्नुपर्छ कि त भने मित्रताको हात बढाउनु पर्ने हुन्छ । उसले युद्ध गरेर यसमा कब्जा जमाउन सक्दैन । यो सपनामा पनि सोच्न नसकिने कुरा हो । कदाचित त्यस्तो भयो भने यो भारतका लागि आत्मघाती त हुन्छ नै विश्वकै निम्ति पनि दुर्भाग्य हुनेछ । यसैका कारण तेस्रो विश्वयुद्धको आगो फुकियो भने पनि आश्चर्य नमान्दा हुन्छ । कदाचित तेस्रो विश्वयुद्ध भयो भने पानीकै कारण हुन सक्ने भविष्यवाणी यस अघि नै भइसकेको कुरा हो ।    

त्यसैले यतिबेला वार्ता, छलफल र सहमतिको कुनै विकल्प छैन । यो पाकिस्तानको भन्दा पनि भारतकै हितमा देखिन्छ । किनभने यसैबाट उसलाई उल्लिखित उत्तर दक्षिण करिडोर यातायात सम्बन्धी महत्वाकाङ्क्षी योजना सम्पन्न सजिलो पर्छ । भारतले मित्रताको हात बढायो भने पाकिस्तान पनि सोच्न बाध्य हुन्छ । शान्ति र मित्रताको क्षेत्रमा भारतले एक पाइलो सार्‍यो भने आफूहरू दुई पाइलो सार्न तत्पर भएको कुरा पाकिस्तानी प्रधानमन्त्रीले यस अघि नै प्रष्ट पारिसकेका छन् । यसमा उनले पनि तलमाथि गर्न पाउने छैनन् । मध्यस्थ कर्ताका लागि तेस्रो पक्षले पनि उत्तिकै चासो दिनुपर्छ । यसमा नेपालको भूमिका बढी देखिन्छ । 

नेपाल दुवै मुलुकको मित्र राष्ट्र मात्र होइन वर्तमान सार्काध्यक्ष पनि हो । यसबाट नेपाललाई दोहोरो फाइदा देखिन्छ । एउटा त उसले अध्यक्ष राष्ट्रको हैसियतले दायित्व निर्वाह गरेको जस पाउनेछ । दोस्रो अन्तराष्ट्रिय जगतमा नेपालको छवि एकस्टेप माथि उठ्नेछ । सत्रौं सार्कका बेला दुवै देशका प्रधानमन्त्रीलाई हात मिलाउनेसम्मको वातावरण तयार पार्दा पनि तत्कालीन प्रधामन्त्री सुशील कोइरालाको के कस्तो प्रशंसा भएको थियो सबैलाई थाहा भएकै कुरो हो । हामी चाहन्छौ नेपालले वार्ताको वातावरण पनि बनाओस् र त्यसको नेतृत्व पनि आफैले गरोस् ताकि दक्षिण एशियामा मडारिन लागेको युद्धको बादल हटाउन सकियोस् । 
 

कमेन्ट गर्नुहोस्