×

NMB BANK
NIC ASIA

काठमाडौं- सन् १९५५ अगस्त १ मा नेपाल-चीन दौत्य सम्बन्ध कायम भएपछि चीनका तर्फबाट जम्मा दुईजना राष्ट्रपतिले नेपाल भ्रमण गरेका छन् । १९८४ को मार्चमा ली सियाननियान र १९९६ को डिसेम्बरमा जियाङ जमिनले नेपाल भ्रमण गरेका थिए । 

Sagarmatha Cement
Muktinath Bank

हालका चिनियाँ राष्ट्रपति शी चिनफिंगको सम्भावित नेपाल भ्रमणको चर्चा चलिरहेको बेलामा चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी तीन दिने भ्रमणका लागि नेपाल आउने भएका छन् । आइतवार दिउँसो करीब ४ बजे इस्लामाबादबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनी ओर्लने कार्यक्रम रहेको बताइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतवार नेपाल ओर्लेपछि वाङको कुनै भेटघाट कार्यक्रम रहेको छैन । सोमवार दिउँसो होटेल याक एण्ड यतिमा नेपाल-चीन वार्ता हुने र साँझ साढे ५ बजे प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गर्ने कार्यतालिका सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार सोमवारै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ समकक्षी वाङबीच द्विपक्षीय औपचारिक वार्ता हुने कार्यक्रम रहेको छ । 


Advertisment
Nabil box
Kumari

उक्त औपचारिक वार्तामा नेपाल र चीनबीच बृहत् पक्षहरूमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल र चीनबीच भएका सहमति र सम्झौता कार्यान्वयनका बारेमा छलफल हुने र चिनियाँ राष्ट्रपति शी चिनफिङको नेपाल भ्रमण छिटो गराउने विषयमा नेपाली टोलीले जोडतोडका साथ कुरा उठाउनेछ । 

Vianet communication
Laxmi Bank

अझै निश्चित छैन शी चिनफिङको नेपाल भ्रमण 

चिनियाँ विदेशमन्त्री वाङ यी को तीनदिने नेपाल भ्रमणलाई राष्ट्रपति शीको नेपाल भ्रमणको पूर्वतयारीका रूपमा हेरिएको छ । तर शी नेपाल आउने अझै पक्का नभएको चीन अध्ययन केन्द्रका कार्यवाहक अध्यक्ष सुन्दरनाथ भट्टराई बताउँछन् । 

'चिनियाँ राष्ट्रपतिको भ्रमण अझै यकीन नभएको भन्ने मैले बुझेको छु,' आइतवार लोकान्तरसँग कुरा गर्दै भट्टराईले भने, 'यद्यपि आजबाट शुरू हुने विदेशमन्त्री वाङको नेपाल भ्रमण त्यसैको तयारीका लागि भएको भन्ने मेरो बुझाइ छ । सुरक्षा र अन्य कारणहरूले गर्दा राष्ट्रपति शीको नेपाल भ्रमणका सन्दर्भमा कतिपय कुराहरू पहिल्यै बाहिर आएका हुँदैनन् ।' 

उसो त अहिलेको नेपालको राजनीतिक अवस्था शीको भ्रमणका लागि उपयुक्त रहेको तर्क भट्टराईको छ । 'कम्युनिस्ट पार्टीको बहुमतको स्थायी सरकार छ,' भट्टराईले भने, 'चीनसँग विभिन्न चरणमा दीर्घकालीन महत्त्वका विभिन्न सम्झौताहरू भएका छन् । नेपाली जनताका बीचमा चीनप्रतिको विश्वास र भरोसा बढिरहेको छ । उहाँ यस्तो बेला नआएर कहिले आउने ?'

भट्टराई चीनजस्तो विश्वकै अग्रणी र शक्तिशाली देशको छिमेकी हुनुका नाताले नेपालीले गर्व गर्नुपर्ने बताउँछन् ।  

गणतन्त्र नेपालका दुई राष्ट्रपति (डा. रामवरण यादव र विद्यादेवी भण्डारी)ले चीनको भ्रमण गरिसकेका छन् । वैशाख ११ देखि १८ सम्म राष्ट्रपति भण्डारीबाट भएको चीन भ्रमणका क्रममा पनि नेपाली नेतृत्वले चिनियाँ राष्ट्रपति शी चिनफिङलाई भ्रमणका लागि निम्तो दियो । 

नेपालको निम्तो स्वीकार्दै राष्ट्रपति शीले उपयुक्त समयमा नेपाल भ्रमणमा आउने आश्वासन दिएका छन् । नेपालले भ्रमणको निम्तो दिएको र चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमणको आश्वासन दिएको यो पहिलोपटक भने होइन । 

नेपालका हरेक प्रधानमन्त्री र राष्ट्रपतिको भ्रमणको समयमा चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमणको आश्वासन दिँदै आएका छन् । २०७५ असार ६ गते प्रधानमन्त्री ओलीसँग भएको भेटवार्तामा चिनियाँ राष्ट्रपति शीले नेपाल भ्रमणमा आउने आश्वासन दिएका थिए ।

‘प्रधानमन्त्रीज्यूले शीलाई नेपाल भ्रमणको निम्तो दोहोर्‍याउँदै नेपाली जनता स्वागतका लागि आतुर छन् भन्नुभयो,’ शीसँगको भेटपछि असार ६ गते बेइजिङमा पत्रकारहरूसँग कुरा गर्दै भ्रमण दलका सदस्य परराष्ट्रन्त्री प्रदीप ज्ञवालीले भनेका थिए, ‘उहाँले नेपाल भ्रमणमा अवश्य आउनेछु, कूटनीतिक माध्यमबाट दुवै पक्षलाई अनुकूल हुने मिति तोकिनेछ भन्नुभएको छ ।’

भारतीय सञ्चारमाध्यम इन्डिया टुडेले उच्च सरकारी अधिकारीलाई उद्धृत गर्दै चिनियाँ राष्ट्रपति शीको यही अक्टोबरमा दक्षिण भारतको मामालापुरममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यक्रम रहेको बताएको छ । इन्डिया टुडेको दाबीलाई सत्य मान्ने हो भने राष्ट्रपति शी त्यतैबाट नेपाल आउने सम्भावना कायम रहेको नेपालका परराष्ट्र अधिकारीहरू बताउँछन् । 

विदेशमन्त्री वाङको नेपाल भ्रमणले राष्ट्रपति शीको भ्रमण तय गर्ने परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए । 'हामीहरू भ्रमणको तयारीमा जुटिरहेका छौं,' नाम उल्लेख नगर्ने शर्तमा उनले भने, 'छिटै भ्रमण हुन्छ भन्ने छ ।' सुरक्षाका अन्य कारण सरकारले अहिल्यै मिति र कार्यतालिका सार्वजनिक गर्न नसक्ने उनले बताए । 

भ्रमण हुनेमा ढुक्क छु - टंक कार्की (चीनका लागि नेपालका पूर्वराजदूत)

चीनका लागि नेपालका पूर्वराजदूत टंक कार्कीले नेपाल भ्रमण गर्न राष्ट्रपति शीले आनाकानी गर्ने कुनै कारण नरहेको बताउँछन् । कार्की भ्रमण हुनेमा ढुक्क देखिन्छन् । 

'भ्रमण चाहिँ हुन्छ, त्यही भ्रमणको तयारीकै सिलसिलामा विदेशमन्त्री वाङको नेपाल भ्रमण भइरहेको हो भन्ने म ठान्छु,' लोकान्तरसँग कुरा गर्दै कार्कीले भने, 'त्यसभन्दा अरू प्रयोजनका लागि विदेशमन्त्रीको नेपाल भ्रमण भएको हो जस्तो मलाई लाग्दैन । राष्ट्रपति शीको नेपाल भ्रमणका लागि ग्राउण्ड तयार गर्ने विषयलाई केन्द्रमा राखेर नै विदेशमन्त्री वाङको नेपाल भ्रमण तय गरिएको हो ।'

वाङको भ्रमणले नेपाल चीनसम्बन्धमा केही नीतिहरू तय गर्ने कार्कीले बताए । 'त्यस सँगसँगै उनीहरूको भ्रमणसँग सम्बन्धित सुरक्षा व्यवस्थापनका बारेमा जायजा लिनका लागि वाङको भ्रमण भएको हो,' उनले भने, 'त्यस तहको भ्रमण भनेको ठूलो सुरक्षा चिन्ता हो जस्तो लाग्छ । कुनै टुरिस्ट आएर जाने त होइन । राष्ट्रपतिको भ्रमणका क्रममा एजेण्डा पहिचान गर्नका लागि पनि विदेशमन्त्रीले अहिले नेपाल भ्रमण गरेका हुन् । गृहकार्य पनि गर्नुपर्‍यो । भ्रमण हुन्छ नै जस्तो लाग्छ ।' 

कुन मितिमा हुन्छ, कहिले हुन्छ भनेर ठोकुवा गर्न नसकिएपनि राष्ट्रपति शीको भ्रमण छिटै हुने कार्कीको अनुमान छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x