×

NMB BANK
NIC ASIA

अग्रलेख

द्विपक्षीय र क्षेत्रीय चासोको यात्रा

भदौ २२, २०७६

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

चीनका परराष्ट्रमन्त्री वाङ् ई नेपालको संक्षिप्त भ्रमणमा छन् । उनी पाकिस्तानको बाटो काठमाडौं ओर्लेका छन् । केही दिनअघि भारतका परराष्ट्रमन्त्री एस्. जयशंकर बंगलादेशको बाटो हाम्रो राजधानी आइपुगेका थिए । नेपाल आउनुअघि  तिनले ती देशमा गरेका  कूटनीतिक वार्ताको प्रासङ्गिकता यहाँका संवादमा पर्ने अनुमान सहजै गर्न सकिन्छ । कूटनीतिमा माध्यम पनि सन्देश हुने गर्दछ ।

Sagarmatha Cement
Muktinath Bank

यतिखेर भारत कश्मीरको कारणले विश्व-समुदायबीच चर्चित छ भने चीन हङ्कङ् घटनाको सन्दर्भमा अन्तर्राष्ट्रिय प्रेसको शीर्षक भइरहेको अवस्था छ । मानव अधिकारको आवाज उठाउने (विशेषगरेर पश्चिमा)हरूले अहिले यी दुबै देशलाई अप्ठ्यारोमा पार्ने जमर्को गरिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

छिमेकी देशका परराष्ट्रमन्त्रीहरूको आगमन हुँदा शीर्ष तहमा शिष्टाचार भेटवार्ताको एउटा सिलसिला चलेको हुन्छ भने समकक्षीहरूको नेतृत्वमा हुने औपचारिक वार्ताको छुट्टै र विशिष्ट महत्व हुनेगर्छ । पदाधिकारीहरू फेरिंदै जाँदा पनि मुलुक-मुलुक बीचको सम्बन्धको आधार खल्बलिन पाउँदैन; दिइँदैन । त्यसैले चरण-चरणमा हुने वार्ताको संस्थागत अभिलेख रहे-नरहेका कुरा सार्वजनिक समय-समयमा चासोका विषय हुने गरेका छन् ।


Advertisment
Nabil box
Kumari

वाङ् ई को वर्तमान यात्रालाई राष्ट्रपति सी चिनफिङ्को सम्भाव्य नेपाल-भ्रमणको परिप्रेक्ष्यमा मात्र हेर्नु पर्याप्त हुँदैन यद्यपि चीनको सर्वोच्च तहबाट प्रकट हुने सद्‌भाव नै पनि नेपालको लागि उल्लेख्य उपलब्धि हुनेछ । वाह्य सम्बन्धका आयामलाई सन्तुलित राख्न सघाउ पुग्नेछ । किनभने अस्थिर राजनीतिक परिवेशमा अल्झिएको अवस्थाको नेपालले दीर्घकालीन आर्थिक उन्नतिका लागि सहायक हुने योजना, परियोजनाका विश्वसनीय पृष्ठभूमि तयार पार्न सक्ने स्थिति छैन । बीआरआई सम्बन्धी चीनको पहलप्रतिको सरकारको सतही अभिरुचिलाई यस कोणबाट पनि हेर्न सकिन्छ ।

Vianet communication
Laxmi Bank

दक्षिण एसियामा व्याप्त तनाउ घटाउने सन्दर्भमा पनि चीनका परराष्ट्रमन्त्रीले नेपाली समकक्षीसँग कुराकानी गर्ने अनुमान गर्न सकिन्छ । पाकिस्तान र भारत बीचको खिचातानीले सार्कक्षेत्र प्रभावित छ । हाल नेपाल सार्कको अध्यक्ष रहेको हुँदा पर्यवेक्षक-देश चीनले यसबारे विचार-विमर्श गर्नु अनौठो कुरा होइन । अर्को, सार्ककै सदस्य-राष्ट्र अफगानिस्तानमा विदेशी (अमेरिकी र अन्य पश्चिमा देश) सैनिकहरू तैनाथ छन् । तिनको उपस्थितिबाट एसियाको यस भूखण्डमा शान्ति र स्थायित्वको लागि सघाउ पुगेको देखिँदैन ।

अमेरिकी राष्ट्रपति ट्रम्पले अफगानिस्तानबारे लिएको नवीनतम् अडानले स्थितिलाई थप जटिल बनाएको तथ्य निर्विवाद छ । यस्तो बेला अमेरिका जस्तै सुरक्षा परिषद्को स्थायी सदस्य भएको चीनका परराष्ट्रमन्त्रीले यसबारे नेपालको धारणा जान्न इच्छुक हुनु पनि स्वाभाविक हुन आउँछ । स्मरणीय छ, राष्ट्रसंघको वार्षिक अधिवेशन आगामी साता न्यूयोर्कमा आरम्भ पनि हुँदैछ जहाँ विश्वका जल्दाबल्दा चुनौतीबारे सदस्य-राष्ट्रका दृष्टिकोण प्रस्तुत हुनेछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...

जेठ ३, २०८०

प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्‍मा ठूला भनिएका दलका शीर्ष न...

बैशाख २४, २०८०

लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) स्थापनाको सात वर्ष पूरा गरेर आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सबैभन्दा पहिला हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्...

माघ १, २०८०

काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...

पुस ११, २०८०

कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...

भदौ २४, २०८०

संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x