पुस २, २०८०
कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...
काठमाडौं – पसलमा १ रुपैयाँ लिएर गयो भने के–के किन्न सकिन्छ ? बालबालिकाका लागि अलि राम्रो चकलेट र खेल्ने बेलुनजस्ता वस्तु समेत १ रुपैयाँमा आउँदैनन् ।
बजारमा दैनिक उपभोग्य वस्तु नून, चिनी, तेल, दाल चामल, कापी, कलमजस्ता कुनै पनि सामान १ रुपैयाँमा पाइँदैन ।
नेपालका विशिष्ट पदाधिकारी (भीभीआईपी) को कार्यालयमा १ रुपैयाँमा सोफासेट, तन्नादेखि विद्युतीय सामग्री समेत आपूर्ति हुने गरेका छन् । सहजै पत्याउन गाह्रो लाग्ने भएपनि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभा सभामुख र राष्ट्रिय सभाका अध्यक्षको कार्यालय र निवासमा १ रुपैयाँमा ठूल्ठूला सामान आपूर्ति हुने गरेको छ । नक्कली सामान होइन, सक्कली नै ।
भीभीआईपी कार्यालय र निवासमा सोफासेट, प्रिन्टर, टोनर, म्याट्रेस, कम्प्यूटर माउस, विद्युतीय बल्ब लगायत वस्तु १ रुपैयाँमा आपूर्ति हुने गरेको पाइएको छ । कार्यालय र निवासमा लाग्ने एसी ५० रुपैयाँमा जडान गरिन्छ । डेल१७ ल्यापटप ६ हजार ४ सय रुपैयाँमा पाइन्छ । यति सस्तोमा सर्वसाधारणले भने वस्तु खरिद गर्न पाउँदैनन् तर भीभीआईपीलाई सस्तोमै वस्तु बिक्री भएको छ ।
गत वर्ष भीभीआईपी कार्यालयमा प्रयोग हुने स्टेसनरी, फर्निचर, इलेक्ट्रोनिक्स, इलेक्ट्रिकल, कपडा, हार्डवेयर, कार्पेट, मल, विषादी लगायत धेरै प्रकारका सामग्री १ रुपैयाँका दरले खरिद गरिएको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले जनाएको छ । व्यवस्थापन कार्यालयले भीभीआईपीका लागि सरकारी स्तरबाट सामग्री खरिद लगायतको काम गर्छ ।
१ रुपैयाँमा कुन–कुन सामान ?
गत आर्थिक वर्षमा सामान आपूर्ति गर्न टेण्डर प्रक्रियामा छनौट भएको कुशल इन्टरप्राइजेजमार्फत कार्यालयले भीभीआईपी निवास र कार्यालयका लागि चाहिने धेरै प्रकारका सामग्री खरीद गरेको थियो ।
इन्टरप्राइजेजमार्फत कार्यालयले १ सय पाने डायरी, मार्कर पेन, जेल पेन, टिपेक्स, हाईलाईटर, खाम, रजिस्ट्रर, प्रिन्टर टोनर, स्ट्प्लर, पन्चिङ, टेप, क्याल्कुलेटर लगायत सामग्री प्रतिगोटा १ रुपैयाँको दरले खरिद गरेको छ । इन्टरप्राइजेजसँग कार्यालयले म्याट्रेस प्रतिथान १ रुपैयाँ र पीभीसी कार्पेट प्रतिवर्ग फिट १ रुपैयाँको दरले खरिद गरेको छ ।
सचिवालयले कुशल इन्टरप्राईजेजसँग भीभीआईपी कार्यालयको लागि तन्ना डबल साइज/सिंगल साइज, सिरानी प्रतिगोटा, बेतको ह्याङ्गर, तौलिया र रुमाल १ रुपैयाँ प्रतिगोटाको दरले खरिद गरेको छ । कार्यालयले विद्युतीय र मशिनरी सामग्रीमा प्रिन्टर टोनर र रिचार्ज ब्याट्री प्रतिगोटा १ रुपैयाँको दरले कुशल इन्टरप्राइजेज र माउस प्याड, कम्प्यूटर स्पिकर, एमसीबी, सीएफएल चिम र लिड लाइट प्रतिगोटा १ रुपैयाँको दरले एसपी इन्टरप्राइजेजसँग खरिद गरेको छ ।
गत वर्ष प्रधानन्यायाधीश निवास वालुवाटारमा २ टनका एसी २ वटा ५० रुपैयाँको दरले जडान गरिएको छ । एसी मशिन १ रुपैयाँमा एसपी इन्टरप्राइजेज काठमाडौंले उपलब्ध गराएको थियो ।
भीभीआईपी कार्यालय र निवास क्षेत्रमा रहेका बगैचामा फलफूलको बिरुवा गोडमेल गर्नको लागि विभिन्न प्रकारका मल र विषादी प्रयोग हुने गर्छन् । कुशल इन्टरप्राइजेजमार्फत कार्यालयले प्रधानमन्त्री निवास बगैचाको लागि पिनामल प्रतिकिलो १ रुपैयाँको दरले १ सय किलो उपलब्ध गराएको छ । कार्यालयले माटोको गमला प्रतिगोटा १ रुपैयाँको दरले ३० वटा सभामुख निवास बालुवाटारको लागि खरिद गरेको छ ।
कार्यालयले प्रधानमन्त्री सचिवालयको लागि डेल१७ ल्यापटप ६ हजार ४ सय रुपैयाँमा एसपी इन्टरप्राइजेजबाट खरिद गर्यो, जसको बजार मूल्य करीब ७० हजार रुपैयाँसम्म पर्छ ।
भीभीआईपी कार्यालयमा दैनिक प्रयोग हुनेदेखि सबै प्रकारका सामग्री कार्यालयले १०० गुणा सस्तोमा खरिद गरेको तथ्यांक कार्यालयले लोकान्तरलाई उपलब्ध गराएको देखिन्छ ।
कसरी सम्भव भयो १ रुपैयाँमा सामान खरिद ?
सचिवालय स्टोर शाखाका प्रमुख प्रदीप खनालले भीभीआईपी कार्यालयलाई उपलब्ध गराउने सामग्रीको खरिद सचिवालयले टेण्डर वा कोटेसन प्रक्रियाको माध्यमबाट गर्ने गरेको बताए । ‘भीभीआईपी कार्यालयमार्फत आएको माग र आवश्यकताको आधारमा हामीले सामानको खरिद र निर्माणको काम गर्ने गर्छौं,’ खनालले भने ।
आर्थिक वर्ष २०७५/०७६ मा कार्यालयले ७८ वटा टेण्डर र कोटेसनबाट खरिद तथा निर्माणको काम गरेको लोकान्तरलाई प्राप्त तथ्यांकमा उल्लेख छ । ‘कार्यालयबाट भएका सबै टेण्डर हामीले अनलाइन प्रणालीमार्फत गरेका हौं, सबै आपूर्तिकर्ता प्रतिस्पर्धाको माध्यमबाट छनौट भएका हुन्,’ स्टोर शाखा प्रमुख खनालले भने ।
‘ठेक्का प्रक्रियामा व्यवसायीको प्रतिस्पर्धाको कारण अतिसस्तो मूल्यमा कार्यालयले सामग्री आपूर्ति गर्ने अवसर प्राप्त गरेको हो,’ सचिवालयका उपसचिव तथा लेखा शाखा प्रमुख रामकृष्ण पन्थीले भने । अपत्यारिलो र सस्तो मूल्यमा सामग्री खरिद गरिएको भएपनि गुणस्तरमा फरक नपरेको, टेण्डर र कोटेसनमा सामग्रीको विशेषता खुलाइने हुँदा आपूर्तिकर्ताले खुलाइएको गुणस्तर र परिमाणमा नै सामग्री आपूर्ति गर्ने गरेको लेखा प्रमुख पन्थीले बताए ।
बिक्रेतालाई घाटा लाग्दैन ?
संघीय सचिवालय तथा व्यवस्थापन कार्यालयले गत आर्थिक वर्षमा ठेक्का प्रक्रियाबाट सामग्री आपूर्ति गर्दा सबैभन्दा सस्तोमा कुशल इन्टरप्राइजेज काठमाडौंले उपलब्ध गराएको थियो । गत आर्थिक वर्षमा भीभीआईपीको लागि सामान आपूर्ति गर्दा आफ्नो कम्पनीले घाटा व्यहोरेर कारोबार गरेको कुशल इन्टरप्राइजेजका सञ्चालक तारा ढकालले बताए ।
‘कुशल इन्टरप्राइजेजले टेण्डरमा ४७ प्रतिशत घटेर भरेको थियो,’ ढकालले भने, ‘हामीले सबै सामान सस्तोमा दिएका त होइनौं तर केही सामानमा मात्रै सस्तो गरेका हौं, ठेक्का पार्नको लागि यो गर्नुपर्छ । फेरि गत वर्षको टेण्डरमा गल्तीले केही सामानमा सस्तो मूल्य पनि लेखिन गएको हो ।’
कुशल इन्टरप्राइजेज काठमाडौंको ठूलो थोक बिक्रेता हो । इन्टरप्राइजेजले धेरै सरकारी कार्यालयमा लामो समयदेखि सार्वजनिक खरिद नियमावली अनुसार सामग्री आपूर्ति गराउँदै आएको छ । टेण्डरमा सामान सस्तो मूल्यमा उपलब्ध गराउने सन्दर्भमा कुशल इन्टरप्राइजेजका सञ्चालक ढकाल भन्छन्, ‘मैले सामान्यतया केही कारणले सस्तोमा उपलब्ध गराएको हुँ, हामीले सरकारसँग र अन्य क्षेत्रमा काम गर्नको लागि पनि निश्चित कामको पर्फमेन्स बनाउनुपर्छ र सोका लागि धेरै कार्यालयमा काम गर्दा केही कार्यालयमा केही घाटा खाएर पनि सामान बेच्न सकिन्छ । मैले सोझै विदेशबाट सामान खरिद गरेर ल्याउने हुँदा पनि सस्तो पर्छ र कहिलेकाहीँ मैले ३०/४० प्रतिशतको छूट अफरमा सामग्री खरिद गर्ने अवसर पाउने गर्छु । यसरी हेर्दा केही सामान त निःशुल्क आएजस्तो हुन्छ, जसलाई अधिक सस्तोसम्मको मूल्यमा बेच्न सकिन्छ ।’
संघीय सचिवालय तथा व्यवस्थापन कार्यालयले काठमाडौं उपत्यका भित्रका महत्त्वपूर्ण स्थान र सरकारी आयोजनाको निर्माण तथा पुनर्निर्माण, सिंहदरबार क्षेत्रभित्र रहेका भवनको निर्माण तथा पुर्नर्निर्माण गर्ने काम गर्छ । सचिवालयले ६ जना भीभीआईपीको कार्यालय र निवास, मन्त्रालय र मन्त्री निवासमा आवश्यक सामग्रीको आपूर्ति गर्ने काम गरिरहेको छ ।
कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...
प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...
काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...