×

NMB BANK
NIC ASIA

छिमेक सम्बन्ध

मन्त्री र नेताबीच चीन भ्रमणको तछाडमछाड, बुद्ध इतिहासले जोडियो ‘कनेक्सन’

भदौ २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – गत असार २५ गतेदेखि साउन १ गतेसम्म प्रदेश ५ सरकारमा मुख्यमन्त्री शंकर पोखरेल चीन भ्रमणमा गएर फर्किए ।

Muktinath Bank

चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समिति अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा भन्दै उनी साताव्यापी चीन भ्रमणमा गएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यहीँ भदौ ९ देखि १६ गतेसम्म प्रदेशकै उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लिला गिरीको नेतृत्वमा ९ सदस्यीय टोली चीन भ्रमणमा गएर फर्किएको छ ।


Advertisment
Nabil box
Kumari

बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीको नेतृत्वमा सोमवार एक टोली फेरि चीन भ्रमणमा निस्केको छ । सुवेदीको चीन भ्रमण चौथो रहेको उपप्रमुख गुमादेवी आचार्यले बताइन् । 

Vianet communication
Laxmi Bank

रूपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरे सहितको टोली चीन भ्रमण सकाएर सोमबार मात्रै नेपाल फर्किएको छ ।

यी त केही पछिल्ला उदाहरण मात्रै हुन् । प्रदेश ५ सरकारका मन्त्री, सांसद, स्थानीय तहका प्रमुख उपप्रमुख र गाउँपालिकाका अध्यक्ष/उपाध्यक्षको चीन भ्रमणमा लर्को छ । भ्रमणमा गएकाहरूले चीनका विभिन्न प्रदेशसँग भगिनी सम्बन्ध कायम गर्ने गरेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणा भन्दै चीन भ्रमणमा निस्कनेको ताँती लागेको छ । सरकार र जनप्रतिनिधिलाई अहिले चीन भ्रमणको मोह देखिन्छ । 

चिनियाँ विदेशमन्त्री वाङ यी समेत आइतवार ३ दिने भ्रमणका लागि नेपाल आएका छन् । स्थानीय र प्रदेश सरकार गठन भएपछि प्रदेश ५ बाट मन्त्री, सांसद, स्थानीय तहका जनप्रतिनिधि, नेता/कार्यकर्ता, पत्रकार र कर्मचारीले चीन भ्रमण गरिरहेका छन् । निजी क्षेत्रका प्रतिनिधिले पनि चीन भ्रमण गरेका छन् ।

‘भ्रमण टोली चयन गर्दा सम्बन्धित कार्यालयमा सल्लाह गर्ने अवसर समेत नपाएको कतिपयले गुनासो गरेका छन् । ‘कार्यक्रम छ एउटा, कार्यालय छ एउटा तर टोली छ फरक–फरक किन यस्तो बनाएको हो, संशोधन गरेर अर्को बनाउनुहोस्,’ भ्रमण टोलीमा सहभागी भएका एक सदस्यले भने । 

कसले मिलाउँछ भ्रमणको चाँजोपाँजो ?

चिनियाँ जानकार डा. सागर न्यौपानेले जनप्रतिनिधिदेखि सरकारका मन्त्रीलाई चीन भ्रमणको चाजोपाँजो मिलाउँछन् । उनी ५ नम्बर प्रदेशकै । चिनियाँ सरकारको छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् । 

उनलाई नेपाल कम्युनिष्ट पार्टीदेखि चिनियाँ कम्युनिस्ट पार्टीले विश्वास पात्रका रूपमा चिन्दछ । उनले प्रदेश र स्थानीय तहबीच भगिनी सम्बन्ध कायम गराउने सूत्रधारका रूपमा काम गर्छन् । सरकारसँगै सम्बन्ध कायम गरेर सहकार्य गर्न खोजेकाले आफूले सहजीकरणको काम गरेको डा. न्यौपानेले बताउँछन् । 

लुम्बिनीसँग नजिकिन खोज्दै चीन

नेपालको छिमेकी राष्ट्र चीन लुम्बिनीसँग नजिकिन खोज्दैछ । चीनले लुम्बिनी आसपास तथा प्रदेश नम्बर ५ मा लगानी बढाउन चाहेको छ । चीनले रुपन्देहीको सियारी गाउँपालिकामा नेपालकै नमूना ‘नेपाल–चीनमैत्री कृषि पर्यटकीय उद्यान’ निर्माण गर्ने तयारी थालिसकेको छ । सियारी गाउँपालिका र चीनको कान्सु प्रदेश सरकारबीच सम्झौता भएर उद्यानको निर्माण प्रक्रियासमेत शुरू भइरहेको छ । सियारीले जग्गा उपलब्ध गराउने छ । उद्यान नमूना कृषि फर्म हुने गरी सम्झौता गरिएको छ ।

के उपलब्धि हुन्छ चीन भ्रमणबाट ?

नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजाल नेपालले चीनबाट धेरै फाइदा लिन सक्ने बताउँछन् । ‘चीनमा बौद्ध धर्मालम्बी धेरै छन्,’ रिजालले भने, ‘लुम्बिनीप्रति चिनियाँको धेरै माया छ । धेरै चिनियाँ पर्यटक भित्र्याउन सकिन्छ । लुम्बिनीसँग चीन नजिकिन खोज्दैछ ।’

‘चिनियाँहरू विश्वभर लगानीको खोजीमा छन् । नेपालमा पनि लगानी गर्न चाहन्छन् । भ्रमणबाट २ देशको सम्बन्ध स्थापित गर्नेदेखि लगानी भित्र्याउन पनि सकिन्छ,’ उनले भने ।

नेपाल–चीन सम्बन्धको इतिहास

चीनसँग नेपालको १५ सय वर्ष पुरानो सम्बन्ध रहिआएको छ । प्रदेश नम्बर ५ को लुम्बिनी एसियाका तारा मानिने बुद्ध भगवान्को जन्मस्थल हो । चीन सम्बन्धी जानकार मोहन भण्डारीले स्थानीय तहले आफ्नो ठाउँ र भूमिकाबाट नेपाल तथा चीनको घनिष्टता र आत्मियतालाई अझ सुदृढ बनाउन चाहने बताउँछन् ।  

‘स्थानीय तहको औपचारिक भ्रमण यसैको एउटा कडी हो,’ भण्डारीले भने, ‘छोटो समयमा चीनले गरेको विकासबाट नेपालीहरू अत्यन्त प्रभावित छन् । आज विश्वमा चीनले आफूलाई जुन रुपमा प्रस्तुत गरेको छ, त्यसको सिको अरु देशले गर्न खोज्दैछन् । यहाँको विकास मोडललाई हामीहरू आफ्नो नगरपालिकामा पनि स्थापित गर्न चाहन्छौं ।’

‘यहाँ कृषि, उद्योग, पर्यटन, व्यवसाय, रोजगारीमा अवलम्बन गरिएको विकास मोडललाई हाम्रो ठाउँमा स्थापित गर्न नगरपालिकाको तर्फबाट हामीहरूले  सहयोगको अपेक्षा गरेका छौं । आपसी सम्बन्धलाई स्थापित गर्दै अनुभव आदानप्रदान गर्न हामीहरू निकै आतुर छौं,’ उनले भने ।

चीन प्रदेश ५ सरकारसँग सहकार्य गर्न तयार : मन्त्री गिरी

प्रदेश नम्बर ५ सरकारका उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री लिला गिरीले चीन–नेपालसँग सहकार्य गर्न तत्पर रहेको बताएका छन् । ‘बुद्ध धर्मसँग जोडिएका क्षेत्रमा लगानी गर्न चिनको धेरै चासो रहेको छ,’ गिरीले भने । उनले चीनबाट नेपालले धेरै फाइदा लिन सक्ने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x