×

NMB BANK
NIC ASIA

गण्डकी प्रदेशमा डेङ्गु रोगी एक हजारभन्दा बढी

भदौ २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

पोखरा– गण्डकी प्रदेशमा डेङ्गु रोगीको सङ्ख्या एक हजार १४ पुगेको छ । तीमध्ये ७९४ पोखरा महानगरपालिकाका बिरामीका साथै तनहुँ, स्याङ्जा, पर्वत र नवलपरासीका गरी एक हजार १४ डेङ्गुबाट सङ्क्रमित भएको पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले जानकारी दिए। ४१ दिनको अवधिमा सो सङ्ख्याका मानिस डेङ्गुबाट पीडित भएका हुन् ।

Muktinath Bank

सोमबार साँझसम्म उक्त प्रदेशअन्तर्गत विभिन्न अस्पतालमा उपचार गराउने सो सङ्ख्याका बिरामी पुगेको पोखरास्थित प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको थियो । सो रोगको लक्षण देखिएपछि कम्तीमा एक साता अस्पतालमा भर्ना भएर उपचार गराउनुपर्ने र क्रमिकरूपमा सुधार हुँदै गएपछि बिरामीलाई चिकित्सकको निगरानीमा घरमै बसेर उपचार गराउन थालिएको महाशाखा प्रमुख शर्माले जानकारी गराउनुभयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एडिस जातको लामखुट्टेको टोकाइबाट लाग्ने सो रोगबाट यस प्रदेशमा कसैको मृत्यु नभए पनि रोगीको सङ्ख्या वृद्धिले गर्दा सर्वसाधारणमा त्रासको वातावरण देखिएको छ । उक्त रोगलाई नियन्त्रण गर्नाका लागि पोखरा महानगरपालिकाले व्यापकरूपमा जनचेतनाका अभियानका साथै लामखुट्टेको बासस्थानलाई नष्ट पार्ने कार्यलाई अभियानको रुपमा लिएको छ ।


Advertisment
Nabil box
Kumari

सो अभियानअन्तर्गत पोखरा महानगरपालिकाले प्रदेश स्वास्थ्य निर्देशनालयको समन्वयमा घर–घरमा पुगेर लामखुट्टेको टोकाइबाट बच्ने उपायका साथै सोको बासस्थानलाई नष्ट गर्ने विषयमा जागरुकता फैलाउन कर्मचारीहरु खटाइसकेको छ ।

Vianet communication
Laxmi Bank

डेङ्गु रोगको उपचारमा संलग्न रहनुभएका डा भोजराज गौतमले २० देखि ३० डिग्रीको तापक्रममा डेङ्गुको सङ्क्रमण हुने देखिएकाले असोज महीनासम्म सो रोगको प्रभाव रहनसक्ने  र यसबाट बच्नका लागि एडिस जातको लामखुट्टेको बासस्थानलाई नै नष्ट गर्न तदारुकता अपनाउनुपर्ने बताए।    

एडिस एजिटाइ र एडिग आल्बोपिक्टस नामका लामखुट्टेले गाडीको पुरानो टायरभित्र जमेको पानी, खुला ट्याङ्की, कुलरभित्र जमेको पानी, गमलाको पानी, टुटेफुटेको गाग्री, सीसा, खेर फालेको प्लाष्टिक, टिनको बट्टा आदिमा फूल पार्ने भएकाले त्यस्ता स्थानमा सफाइ गर्नुपर्ने हुन्छ ।

उक्त जातको लामखुट्टे प्रायः दिउँसै टोक्ने गरेकाले दिउँसोको समयमा जीउभरि लुगाले  ढाक्नुपर्छ । डेङ्गु फैलाउने लामखुट्टे भुइँदेखि बढीमा तीन फिट माथिसम्म मात्र उड्न सक्ने भएकाले खुट्टा र हातमा नरिवलको तेल लगाएर हिँडेमा लामखुट्टेको टोकाइबाट जोगिन सकिने आयुर्वेद चिकित्सकको सुझाव छ ।

डेङ्गु रोग लागेका बिरामीलाई जाडो हुनाका साथै उच्च ज्वरो आउने, जीउ तथा हाडजोर्नी बेस्सरी दुख्ने, प्रशस्त पसिना आउने, रोग लागेको केही समयपछि, छालामुनि रगत जमेको धब्बा देखिने र रोग जटिल हुँदै गएपछि नाक, गिजा वा शरीरको अन्य अङ्गबाट रगत बग्ने चिकित्सकहरु बताउँछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x