×

NMB BANK
NIC ASIA

माओवादी पुस्तकहरू राखेको आरोपमा प्राध्यापकको घरमा छापा

भदौ २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – भारतको नोयडास्थित सेक्टर ७८ को हाइड पार्क सोसायटीमा मंगलवार बिहान प्राध्यापक हनी बाबुको घरमा छापा मारिएको छ । सी ब्लक भवनको २१औं तल्लाको एउटा फ्ल्याटमा बस्ने दिल्ली विश्वविद्यालयका प्राध्यापकको घरमा छापा मारिएको हो ।

Sagarmatha Cement
Muktinath Bank

पुणेको एलगार परिषद्का तर्फबाट उत्तेजक भाषण दिएको विषय उठाएर छापा मारिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहान ६ः३० बाट शुरू गरिएको अनुसन्धान लगातार ६ घन्टा चलेको थियो । पुणे प्रहरीका केही अधिकारी बर्दीमा थिए भने केही चाहिँ सिभिल ड्रेसमा थिए । 


Advertisment
Nabil box
Kumari

प्रहरीका अनुुसार, यो सर्च यान्ड सीज अपरेसन थियो र यो एलगार परिषदमाथिको अनुसन्धान अन्तर्गत गरिएको थियो । यस मुद्दामा प्रहरीले प्राज्ञिक जगतका मानिस र अभियन्ताहरूलाई माओवादीसँग सम्पर्क बनाएको आरोपमा पक्राउ गरेको छ । 

Vianet communication
Laxmi Bank

अनुसन्धान अधिकारी तथा पुणे प्रहरीका एसीपी शिवाजी पवारले मंगलवार कसैलाई पक्राउ नगरिएको बताए । उनले भने, ‘हामीले बाबुको घरमा खोजतलास गर्‍यौं ।’

दिल्ली विश्वविद्यालयको नर्थ क्याम्पसका अंग्रेजीका प्राध्यापकका रूपमा १० वर्षदेखि काम गरिरहेका ४५ वर्षीय हनी बाबुले आफूसँग भएका किताब र विद्युतीय सामग्रीमा २० जना प्रहरीले चासो देखाएको बताए । 

बाबुले प्रहरी कारवाहीका विषयमा प्रश्न उठाउँदै भने, ‘पुणे प्रहरीले मेरो किताबमा निकै चासो दियो । मैले माओवादी सम्बन्धी किताब राख्दैमा म आतंकवादी भएँ र ?’

प्रहरीले बाबुको घरबाट हार्ड डिस्क बरामद गरेको र त्यसको फरेन्सिक जाँच गर्ने बताए । 

सन् २०१७ को डिसेम्बर ३१ मा पुणेमा आयोजित भीमा कोरेगाँव जुलूसमा हिंसा भड्किएको थियो । उक्त जुलूसमा नक्सलीहरूको पनि सहभागिता रहेको अनि प्राज्ञिक जगतका मानिसले पनि नक्सली हिंसाको समर्थन गरेको प्रहरीको भनाइ छ ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x