असार २५, २०७७
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
एजेन्सी– १ मे सन् २०११ को राति अमेरिकी सेनाले चरमपन्थी संगठन अल कायदाका तत्कालीन प्रमुख ओसामा बिन लादेलाई पाकिस्तानमा मारेका थिए । अमेरिकी सैनिकको यो कहानी धेरैपटक सार्वजनिक भइसकेको छ । तर पहिलोपल्ट लादेनकी चौथी पत्नी अमालले त्यो रातको बारेमा बताएकी छन् ।
अमालले स्कट–क्लार्क र एड्रिन लेवीसँग उनको किताब ‘द एग्जाइलः द फ्लाइट अफ ओसामा बिन लादेन अबाउट द लास्ट फ्यू मिनेट्स अफ ९/११ मास्टरमाइन्ड्स लाइफ’का लागि कुराकानी गरेकी छन् । यो कितावको एक अंश आइतबार ‘टाइम्स यूके’ पत्रिकाले छापेको छ ।
ओसामा बिन लादेन परिवारसहित पाकिस्तानको एबटाबादमा लुकेर बसेका थिए । अमालले उक्त किताबका लागि दिएको अन्तर्वार्तामा भनेकी छन् कि त्यो रात अमेरिकी सेनाको एक ‘ब्ल्याक ह्वाक’ हेलिकप्टर ल्याण्ड भएको थियो । अमालले भनेकी छन्, त्यतिबेला उनी आफ्नो पतिको अनुहारमा देखिएको डर स्पष्ट महशुष गरिरहेकी थिइन् ।
अमालले भनेअनुसार पूरै घरलाई घेरिएको थियो । लादेनका चारमध्ये तीन श्रीमती र उनका बच्चाहरु माथिल्लो तलाको बेडरूममा गएर अल्लाह (भगवान)सँग प्रार्थना गर्न लागेका थिए ।
लादेनले आफ्ना श्रीमतीहरुलाई बच्चालाई लिएर तल जान भनेका थिए । लादेनले यो पनि भनेका थिए कि ‘उनीहरु (अमेरिकी सेना) मलाई मार्न चाहान्छन् । तिमिहरुलाई हैन ।’
त्यसबेला अमालले भने आफ्ना छोरा हुसैनसँगै ओसामाको छेउमा बस्न आग्रह गरेकी थिइन् ।
रातिको खाना खाइवरी भाँडा समेत सफा गरेर लादेन परिवारले नमाज पढेको थियो । त्यसपछि लादेन आफ्नी पत्नीसँग माथिल्लो तलाको बेडरुममा गए । १ मे २०११ को राती ११ बजे अलकायद प्रमुख ओसामा बिन लादेन गहिरो निद्रामा गइसकेका थिए ।
पाकिस्तानकाे एबोटाबादमा अवस्थित ओसामाको उक्त गोप्य घरमा अचनानक बिजुली गयो । पूरैघरमा अन्धकार छायो । पाकिस्तानमा बिजुली जानु सामान्य कुरा हो । त्यतिबेला यसमा लादेन परिवारका कसैले पनि ध्यान दिएनन् ।
अमाल भन्छिन्, ‘हेलिकप्टरको आवाजका कारण ओसामाको निद्रा खुलेको थियो । उहाँ (ओसामा)ले ‘अमेरिका आइसक्यो’ भन्नुभयो । एक ठूलो आवाज सुनियो र धेरै नराम्रो तरिकाले घर हल्लिन थाल्यो । हमी दुवै एकअर्कालाई समातेर बरण्डामा लुक्यौं । त्यो रात बिना चन्द्रमावाला थियो । त्यसैले केही देखिरहेको थिएन् । अमेरिकी सैनिक हाम्रो घरतर्फ पुगिसकेका थिए । सेहम र खालिद (ओसामाका छोराहरु) अमेरिकीहरुलाई नजिक आइरहेको देखिरहेका थिए ।’
अमाल भन्छिन् कि कसैले उनीहरुको घरबारे सबै जानकारी अमेरिकी सेनालाई बताइसकेको थियो । अमालले किताबमा भनेकी छन्, ‘यो कुरा स्पष्ट छ कि कसैले हामीलाई धेरै ठूलो धोका दिएको थियो । उहाँ (ओसामा)लाई यसप्रकारको हमलाको विल्कुल आशंका थिएन् ।’
अमाल अगाडि भन्छिन्, ‘त्यतिबेला ओसामाले खालिदलाई बोलाए । उसले एके–४७ उठाइहाल्यो ।’ अमाललाई थाहा थियो कि खÞालिद बन्दुक चलाउन सक्दैनन् । किनकी उनी त्यतिबेला मात्र १३ वर्षका थिए ।
बच्चाहरू रुँदै थिए । अमाल उनीहरुलाई सान्त्वना दिँदै थिइन् । अमेरिकी सैनिक घरको सबैभन्दा माथिल्लो तलामा पुगिसकेका थिए । त्यसपछि सबैथोक खतम हुन बेर लागेन ।
-एजेन्सीहरूकाे सहयाेगमा
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...
चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...