पुस १०, २०८०
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
जनकपुरधाम – प्रदेश नम्बर २ प्रदेश सभामा दर्ता भएको प्रदेशको राजधानी सम्बन्धी प्रस्तावमा नेकपाका २ जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् ।
भदौ ५ गते विभिन्न राजनीतिक दल तथा प्रदेश सांसदले प्रदेशको नाम र राजधानीबारे छुट्टाछुट्टै प्रस्ताव दर्ता गराएकोमा प्रमुख प्रतिपक्षी दल नेकपाका २ जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् ।
प्रदेशसभा सचिवालयका सूचना अधिकारी समेत रहेका कानून उपसचिव अवधकिशोर प्रसाद कुशवाहाले नेकपाका सांसद रामचन्द्र मण्डल र किशोरी साह कमलले संशोधन प्रस्ताव दर्ता गराएको बताए ।
गत भदौ २२ गते नेकपाका सांसद रामचन्द्र मण्डलले प्रदेश राजधानी जनकपुरधाम मात्र हुने गरी संशोधन दर्ता गराएका छन् । अर्का सांसद किशोरी साह कमलले भदौ २४ गते राजधानी ‘जनकपुरधाम सोको क्षेत्र परिक्रमा मार्ग, ढल्केवरसहित सम्पूर्ण धनुषा जिल्ला’ हुने भनी लिखित संशोधन दर्ता गराएका छन् ।
प्रदेशको राजधानीमा संशोधन दर्ता गरिएको भएपनि प्रदेशको नामाकरणको सन्दर्भमा कुनै पनि सांसदले संशोधन दर्ता नगराएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी कुशवाहाले बताए । राजधानीको संशोधन हाल्ने म्याद २४ गते र नामको संशोधन हाल्ने म्याद २५ गतेसम्म थियो ।
गत भदौ ५ गते विभिन्न राजनीतिक दल तथा अन्य प्रदेशसभा सदस्यले आ–आफ्नो प्रस्ताव दर्ता गराएका थिए । राजधानीको सवालमा ५ वटा प्रस्ताव दर्ता भएका छन् ।
नेपाली कांग्रेसले जनकपुरधाम उपमहानगरपालिका, नेकपा, सत्ता पक्षधर समाजवादी पार्टी र राजपा नेपालले मिथिला माध्यमिकी परिक्रमा मार्गसहित धनुषाको पूरै जिल्लाको सीमांकनसहित जनकपुरधाम नामाकरण प्रस्ताव गरेका छन् ।
बारा र पर्सा जिल्लाका नेपाली कांग्रेस र समाजवादी पार्टीका केही सांसदले वीरगञ्ज महानगरपालिका तथा वीरगञ्जदेखि बारा जिल्लाका कतिपय स्थानलाई प्रस्ताव गरेका छन् ।
नामाकरणको सन्दर्भमा दर्ता भएका ४ प्रस्तावमध्ये सत्ता पक्षधरले मधेश प्रदेश, नेकपाले जानकी र नेपाली कांग्रेसले मिथिला भोजपुरा प्रदेशको नाम प्रस्ताव गरेका छन् । पर्साका नेपाली कांग्रेसका केही सांसदले मध्य मधेश प्रस्ताव दर्ता गरेका छन् ।
सरकारको नेतृत्व गरिरहेका समाजवादी पार्टीका ३०, गठबन्धनका घटक राजपाका २५ गरेर ५५ मत सरकारसँग छ तर सत्तापक्षकै सांसदबाट समेत फरक–फरक प्रस्ताव दर्ता भएका छन् । प्रमुख प्रतिपक्षी नेकपासँग ३२, प्रतिपक्षी नेपाली कांग्रेससँग १९ र संघीय समाजवादी पार्टीसँग १ मत छन् । १ सय ७ सदस्य रहेको प्रदेश सभामा ती दुवै प्रस्ताव पारित हुन त्यसको दुईतिहाइ मत ७२ आवश्यक हुन्छ ।
राजधानीको सवालमा सत्तापक्ष र नेकपाको समान प्रस्ताव रहेकाले दुईतिहाइभन्दा पनि बढी ८७ मत पुग्ने देखिएको छ । राजधानी जनकपुरधाम हुने लगभग निश्चित छ ।
मतदानका लागि पार्टीको ह्वीप नलाग्ने हुनाले मतदान गर्न सांसदहरू स्वतन्त्र छन् । प्रदेशको नामबारे छुट्टाछुट्टै प्रस्ताव दर्ता गरिएकाले सहमति विना कुनै पनि नामको समर्थनमा दुईतिहाइ बहुमत पुग्ने देखिँदैन ।
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...