×

NMB BANK
NIC ASIA

प्रदेश र स्थानीय सरकारको लगानीमा खानेपानी

भदौ २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

दमौली – दुई सरकारको लगानीमा खानेपानी आयोजना निर्माण गरिएपछि स्थानीयवासी खुशी भएका छन् ।

Muktinath Bank

गण्डकी प्रदेश सरकार र भीमाद नगरपालिकाको संयुक्त लगानीमा भीमाद नगरपालिका–२ जौपानीस्थित मान्द्रेढुङ्गा लिफ्टिङ खानेपानी योजना सम्पन्न भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कूल रु ९० लाखको लगानीमा निर्माण सम्पन्न भएको योजनाका लागि प्रदेश सरकारले रु ५० लाख र भीमाद नगरपालिकाले रु ४० लाख साझेदारी गरेका छन् । खानेपानी आयोजनाबाट यहाँका ४८ घरधुरी लाभान्वित भएको उपभोक्ता समितिका अध्यक्ष दुर्गाबहादुर गुरुङले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

गुरुङका अनुसार मान्द्रेढुङ्गा मूलको पानी १७४ मिटर लिफ्टिङ गरी उपभोक्ताको घर–घरमा जडान गरिएको छ ।“सोलार भन्दा कम खर्चिलो हुने भएकोले बिजुलीबाट लिफ्ट गरेर खानेपानी उपभोक्ताको घर–घरमा पुर्‍याइएको छ,” उनले भने,“७५ घरधुरीमध्ये २७ घरधुरीमा गत वर्ष नै धारा जडान गरिसकिएको थियो ।”

Vianet communication
Laxmi Bank

खानेपानीको समस्या भोग्दै आएका यहाँका स्थानीयवासी घरमै पानी आएपछि खुशी भएको स्थानीयवासी सानीमाया थापाले बताइन् ।

“खानेपानीको जोहो गर्न घण्टौं समय कुवामा लाइन बस्नुपथ्र्यो” उनले भिनन्, “अहिले घरमै धारा खोलेपछि पानी आउने भएपछि सजिलो भएको छ ।” 

भीमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाले खानेपानीको समस्या रहेका यहाँका स्थानीयवासीलाई स्वच्छ पानी खुवाउन प्रदेश सरकारसँग साझेदारी गरिएको बताए ।

“स्थानीय सरकारको एक्लैको लगानीले मात्र खानेपानी व्यवस्था गर्न कठिन हुन्थ्यो,” थापाले भने, “प्रदेश सरकारले रु ५० लाख लगानी गरेपछि नगरपालिकाले पनि रु ४० लाख लगानी गर्‍यो ।”

थापाले नगरपालिकाभित्रका अन्य ठाउँमा पनि खानेपानीको समस्या रहेकाले विस्तारै उक्त ठाउँमा खानेपानीको सुविधा पुर्‍याइने जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x