कात्तिक २२, २०८०
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
बुटवल – रूपन्देहीको नेपाल–भारत सीमा क्षेत्र भैरहवाबाट तस्करी भएर अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको कपडासहित एउटा कार सशस्त्र प्रहरीले बरामद गरेको छ ।
कारमा महिलाले प्रयोग गर्ने कपडा भेटिएका छन् । जिल्लाको सिद्धार्थनगर नगरपालिका–१ डण्डापुल नजिकै भारतबाट तस्करी गरी नेपाल ल्याउँदै गरेको १ लाख ५२ हजार रुपैयाँ बराबरको लेडिज टप्स कपडा बरामद गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल ३८ नम्बर गुल्म हेडक्र्वाटर, राजस्व भन्सार सुरक्षा प्रमुख डीएसपी गोविन्दबहादुर खातीले सशस्त्र प्रहरीको भन्सार सुरक्षा गस्तीले चेकजाँचको क्रममा बा७च ५९५४ नम्बरको मारुती सुजुकी कारमा लुकाएर ल्याउँदै गरेको अवस्थामा १ हजार १६ टप्स बरामद गरेको बताए ।
सामान ल्याउन प्रयोग गरिएको कार पनि सशस्त्रले नियन्त्रणमा लिएको छ । कपडा र कार भैरहवा भन्सार कार्यालय चलान गरिएको सशस्त्र प्रहरीले जनाएको छ । कारको मूल्यांकन १२ लाख राखिएको डीएसपी खातीले बताए ।
भारतीय बजार सुनौलीबाट बुटवल ल्याउँदै गरेको कपडा कारको सिटमुनि र डिक्कीमा लुकाएर ल्याइएको थियो । सशस्त्रले सवारी चालकलाई समेत नियन्त्रणमा लिई भन्सार कार्यालय चलान गरेको जनाएको छ ।
तस्करले प्रहरीलाई छलेर अवैध सामान नेपाल भित्र्याउँदै आएका छन् । चाडपर्व नजिकिँदै जाँदा अवैध रुपमा चोरीनिकासी गर्नेक्रम समेत बढ्न थालेको छ । चोरी निकासी बढ्न थालेपछि सुरक्षा निकायले पनि सक्रियता बढाउन थालेका छन् ।
केही समय अगाडि दिल्ली–बुटवल र दिल्ली–काठमाडौं चल्ने गाडीबाट पनि लाखौं रुपैयाँ बराबरको कपडा बरामद गरेको थियो । खुला सीमाको फाइदा उठाउँदै तस्करले भारतीय बजारबाट खरिद गरी अवैधरुपमा नेपाली बजारमा सामान भित्र्याउँदै आएका छन् ।
डीएसपी खातीले राजस्व चुहावट र चोरीतस्करी नियन्त्रण गर्न सशस्त्रले विशेष योजना बनाएर अघि बढेको जानकारी दिए ।
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...