२६ जेठ २०८३, मंगलबार

किम जोङ–उनलाई ‘बौलाहा मोटे’ भनेकोमा मक्केनको आलोचना

कात्तिक २०, २०७४
किम जोङ–उनलाई ‘बौलाहा मोटे’ भनेकोमा मक्केनको आलोचना

काठमाडौं, १८ चैत — उत्तर कोरियाले अमेरिकी सिनेटर जोन मक्केनले किम जोङ–उनलाई ‘बौलाहा मोटे बच्चो’ भनी टिप्पणी गरेकोमा आक्रोश व्यक्त गर्दै यो टिप्पणीले राष्ट्रको गरिमामा आघात पुगेको बताएको छ ।


अघिल्लो हप्ता एमएसएनबीसीमा मक्केनले बेइजिङलाई उत्तर कोरियामाथि नियन्त्रण गर्न सुझाव दिने क्रममा उक्त टिप्पणी गरेका थिए ।

‘चीनले मात्र किमलाई नियन्त्रण गर्न सक्छ, यो बौलाहा मोटे केटोले उत्तर कोरिया चलाएर बसेको छ,’ उनले भने, ‘चीनले उत्तर कोरियाको अर्थतन्त्र एक हप्तामा ठप्प पार्न सक्छ ।’

राज्यसञ्चालित कोरियन सेन्ट्रल न्युज एजेन्सीले मक्केन र टेक्सासका रिपब्लिकन सिनेटर टेड क्रुजका टिप्पणी उत्तेजक रहेको र युद्ध घोषणा जत्तिकै भएको आरोप लगायो ।

क्रुजले चाहिँ उत्तरलाई आतंकवादको प्रायोजन गर्ने देशमा सूचीबद्ध गर्नुपर्ने बताए ।

मक्केन चाहिँ उत्तर कोरियाको क्रोधलाई बेवास्ता गर्दै ट्वीट लेख्छन्, ‘के रे, अब उसलाई बौलाहा दुब्ले बच्चा भनौं त ?’

आणविक हतियार परीक्षण गरेका कारण अमेरिका लगायतका देशले उत्तर कोरियामाथि प्रतिबन्ध लगाएका छन् ।

उत्तरले चाहिँ आफूहरू बाघ भएको बताउँदै नजिस्काउन चेतावनी दिएको छ ।

एजेन्सीको सहयोगमा


salt training

कमेन्ट गर्नुहोस्