×

NMB BANK
NIC ASIA

फेरि संसद् अवरोध

बाँके घटनामा गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै कांग्रेसद्वारा संसद अवरुद्ध

भदौ २९, २०७६

NTC
Sarbottam
फाइल तश्वीर
Premier Steels
Marvel

काठमाडौ– बाँकेको खजुरामा भदौ २६ गते भएको जनजागरण कार्यक्रममा नेकपा कार्यकर्ताले नेपाली कांग्रेसकी जिल्ला सभापति किरण कोइराला लगायतमाथि भएको आक्रमणको घटना सम्बन्धमा गृहमन्त्री रामबहादुर थापाको जवाफ चित्तबुझ्दो नभएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको आइतवारको बैठक अवरुद्ध गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

बैठकको शुरूमै सभामुखसँग समय लिएर कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले बाँके घटनामा गृहमन्त्रीको जवाफ माग गरेका थिए । प्रतिपक्षी दलको मागपछि सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले जवाफ दिँदै घटनालाई गम्भीर रूपले लिएको, तीन जना पक्राउ परेको र दोषीमाथि कारवाही गर्ने प्रतिबद्धता जनाए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै कांग्रेस सांसदहरुले उनीसँग प्रतिपश्न गरेका थिए । सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री थापाले बाँके घटनामा कांग्रेसको कार्यकममा आक्रमण गर्ने नेकपाको नियत नरहेको स्पष्ट गरे । 


Advertisment
Nabil box
Kumari

गृहमन्त्रीले जवाफ दिइसकेपछि कांग्रेस सांसदहरू उठेर विरोध जनाएका थिए । गृहमन्त्रीको जवाफपछि सचेतक पुष्पा भुसालले कांग्रेसमाथिको हिंसक आक्रमणलाई सामान्य घटना भनेर सामान्यकीकरण गरेको भन्दै आपत्ति जनाइन् । ‘प्रतिपक्षी दलको कार्यक्रम थाहा छैन भन्नु गृह प्रशासनको नियत के हो ?’ उनले प्रश्न गरिन् । 

Vianet communication
Laxmi Bank

कांग्रेस सांसदको विरोधपछि सभामुख कृष्णबहादुर महराले संसद बैठक १० मिनेटका लागि स्थगित गरेका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x