×

NMB BANK
NIC ASIA

हिजो दिनभर : अस्पतालको अक्सिजन प्लान्टमा विस्फोट, ८ घण्टापछि हेलिकप्टर उडे

असोज १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

मौसम खराबीका कारण काभ्रेमा अवतरण गरिएका चार हेलिकप्टर आठ घण्टापछि काठमाडौँका लागि उडेका छन् । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–२ जोरपाटी र हर्सेमा मंगलबार बिहान आकस्मिक रूपमा अवतरण गरिएका हेलिकप्टर आठ घण्टापछि उडेका हुन् । 

Muktinath Bank

    लुक्लाबाट काठमाडौँका लागि उडेका हेलिकप्टर हर्से र जोरपाटीमा मंगलबार बिहान ८ बजे आकस्मिक रूपमा अवतरण गराइएको थियो । सिम्रिक एयरका दुई तथा मनाङ एयर र कैलाशको एयरको एक÷एक वटा हेलिकप्टरलाई आकस्मिक अवतरण गराइएको हो । सिम्रिक एयरको एउटा हेलिकप्टर यहाँबाट केही घण्टामै काठमाडौँका लागि उडे पनि मौसममा सुधार नआएपछि पाँचखाल नगरपालिकाको तीनपिप्लेमा आकस्मिक अवतरण गरिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    यस्तै मौसम खराबीकै कारण पाँचखालको ढुङ्गानाबेँसीका अवतरण गरिएको हेलिकप्टर साँझ काठमाडौँका लागि उडेको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

बिहीबारसम्म मनसुनी गतिविधि बढ्ने
मनसुनी न्यूनचापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेकाले हाल जारी वर्षा बिहीबार बिहानसम्म कायम रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

Vianet communication
Laxmi Bank

महाशाखाले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै सोमबारदेखि सक्रिय मनसुनी प्रणालीका कारण प्रदेश नं १, २, ३, ५ र गण्डकी प्रदेशका केही भूभागका भारी वर्षाको भएको छ । मंगलबार साँझदेखि बिहीबार बिहानसम्म मनसुन थप सक्रिय भई गण्डकी प्रदेशको धेरै जसो भूभाग तथा प्रदेश नं २, ३ र ५ का भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशका पहाडी भूभागमा पहिरो जान सक्ने, नारायणी लगायतयका नदीहरूमा बहाव उच्च हुने र तराईमा बहने केही साना नदीहरूमा आकस्मिक बहाव बढ्ने सम्भावना रहेका सचेत रहन अनुरोध गरेको छ । 

भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा र उत्तर प्रदेशको दक्षिण भागमा बनेको न्यूनचापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका करण देशभर बुधबार रातिसम्म मनसुनी गतिविधि बढिरहने मौसमविद् समीर श्रेष्ठले जानकारी दिए । 

अक्सिजन प्लान्टमा विस्फोट, दुई जना घाइते 

    थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको हाताभित्र रहेको अक्सिजन प्लान्टमा विस्फोट भएको छ । उक्त विस्फोटनमा परी दुई प्राविधिक घाइते भएका छन् ।
 
    प्लान्ट मर्मत गरिरहेको अवस्थामा विस्फोटन भएको अस्पतालका निर्देशक प्रा डा जागेश्वर गौतमले जानकारी दिए । 
 घाइतेको नाम अस्पतालले सार्वजनिक गरेको छैन । हाल दुवै जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । विसं २०७६ शुरुआतसँगै सञ्चालनमा आएको सो प्लान्टबाट दैनिक ५० सिलिण्डर अक्सिजन उत्पादन हुँदै आएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतका प्रायः अस्पतालले आफ्नै प्लान्टबाट अक्सिजन उत्पादन गर्ने गर्छन् । 
भूमिसम्बन्धी (आठौँ संशोधन) विधेयक पारित 

    राष्ट्रियसभाको  बैठकले बहुचर्चित एवं बहुप्रतिक्षित ‘भूमिसम्बन्धी (आठौँ संशोधन) विधेयक, २०७६’ लाई बहुमतले पारित ग¥यो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सदनको मंगलबारको बैठकमा सो विधेयक प्रस्तुत गरेकी थिइन् ।

    मन्त्री अर्यालले विधेयकमाथिको छलफलमा सांसदले राखेको जिज्ञासाको जवाफ दिँदै भूमिहीनका समस्या र अव्यवस्थित बसोबासलाई व्यवस्थित बनाउन विधेयक आएको स्पष्ट पारिन् । उनले संविधानको भावनाअनुरूप विधेयक आएको, विधेयक कार्यान्वयनमुखी रहेको, गौचरणलाई विधेयकले संरक्षण गर्ने जानकारी दिइन् । 

राष्ट्रपतिद्वारा कुमारीबाट टीका ग्रहण

    राष्ट्रपति विद्यादेवी भण्डारीले कुमारीबाट टीका ग्रहण गरेकी छिन् । मंगलबार राति इन्द्रजात्राको समापन (भाद्र शुक्ल चतुर्दशी) को दिन उनले कुमारीबाट टीका ग्रहण गरेकी हुन् । 

    राष्ट्रपति भण्डारीले शुरुमा कुमारीबाट टीका प्रसाद ग्रहणगरेपछि गणेश र भैरवबाट समेत टीका ग्रहण गरेको राजगुरुजु (कुमारीका गुरुजु) मञ्जुश्रीराज बज्राचार्यले जानकारी दिए ।  हरेक वर्ष राष्ट्राध्यक्षले कुमारीको हातबाट टीकाग्रहण गर्ने परम्परा रहेको छ । 

लेखापढी तथा घरजग्गा व्यवसाय स्थलगत दर्ता  

    भक्तपुर नगरपालिकाभित्र सञ्चालित लेखापढी तथा घरजग्गा व्यवसाय दर्ता नभई सञ्चालनमा रहेको पाइएको छ । मंगलबार नगरपालिकाको अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा यहाँ सञ्चालित १४ वटा लेखापढी व्यवसाय तथा घरजग्गा कारोबार व्यवसायीहरूको अनुगमनमा अधिकांशले नगरपालिकामा दर्ता नगरी व्यवसाय सञ्चालन गरेको पाइएपछि नगरपालिकाले तीन दिनभित्र दर्ता गर्न निर्देशन दिएको छ । 

अनुगमनमा खोताड्ड सुनसरी लेखापढी, बिन्ध्यबासिनी लेखापढी, अमु कानुनी सेवा भक्तपुर नगरपालिकामा दर्ता नगरकाले तीन दिनभित्र दर्ता गर्न एवं सेवा शुल्कको सूची राख्न, शुल्कको लेनदेन पान नम्बरसहितको रसिदबाट गर्न, लेखापढीलगायत अनुमतिको प्रमाणपत्र फर्ममा देखिने गरी राख्न निर्देशन दिएको निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए । 

    सरकारीको सेफसहित चोरी गर्ने पक्राउ 

    काठमाडौँ महानगरपालिका–३२ पेप्सीकोला टाउन प्लानिङस्थित हर्षित बचत तथा ऋण सहकारीबाट भदौ २५ गते चोरी गरी लगेको सेफसहित दुई जनालाई काँडाघारीबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामेछाप दोरम्बा गाउँपालिका–४ का १८ वर्षीय सुनिल थापा मगर र सोही गाउँपालिका–७ ठेगाना भएका २१ वर्षीय दानबहादुर थापा रहेको प्रहरीले जनाएको छ । 

    सहकारीबाट फलामको ८५ केजी तौलको सेफ तथा उक्त सेफमा रहेको नगद रु सात लाख ८९ हजार ९९२ र विभिन्न व्यक्तिका कागजातलगायत महत्वपूर्ण सामान चोरी भएको थियो । महानगरीय अपराध नियन्त्रण महाशाखाले उक्त चोरी गरी लगेको सेफ तथा सेफ फोड्न प्रयोग गर्ने फलामको रड, मोबाइल, नगद रु ५३ हजारसहित पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।  उनीहरूलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको छ । 


डेङ्गु सङ्क्रमितको सङख्या दुई हजार नाघ्यो

    चितवन जिल्लाका अस्पतालहरूमा साउन महिनायता उपचार गर्न आएका दुई हजार ४६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । छ हजार ६३९ जनाको नमूना परीक्षण गरिएकामा सो सङ्ख्यामा सङ्क्रमण देखिएको हो । 

    स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीका अनुसार दैनिक सङ्ख्या सङ्क्रमित बढ्दै गएको छ । सरकारी र निजी अस्पतालहरू ज्वरोका बिरामीले भरिएका छन् । डेङ्गुको सङ्क्रमण बढेसँगै जनचेतनाका कार्यक्रमहरू निरन्तर रूपमा भइरहेको उनले बताए । 

    चार वर्षअघि लगाइएको सडकको ठेक्का भएन कार्यान्वयन

सङ्घीय सरकारले कालोपत्रसहित सडक स्तरोन्नतिका लागि चार वर्षअघि नै बोलपत्र आह्वान गरे पनि काम हुन सकेको छैन । गोकर्ण–माइतीनेपाल–भीमदेव–पाखाथोक सडक कालोपत्रका लागि विसं २०७२ मै डिभिजन सडक कार्यालय मीनभवनले ठेक्का लगाएको थियो । 

तीन पटक म्याद थपे पनि बजेट नभएको भन्दै काम हुन सकेको छैन । सडक स्तरोन्नति नहुँदा धान रोप्ने खेतको गराजस्तो भएपछि गोकर्णेश्वर नगरपालिकाले रु १८ लाख खर्च गरेर खाल्डाखुल्डी पुर्न थालेको छ । 
एघार दिनदेखि १८०० घरधुरी अन्धकारमा

हुम्लाको सिमकोट गाउँपालिका र खार्पुनाथ गाउँपालिकालाई सेवा दिँदैआएको हेल्दुम वितरण केन्द्रले विद्युत् पुनः निर्माणको कामलाई तीव्रताका साथ अगाडि बढाइरहेको छ । 

    गएको भदौ २० गतेबाट वितरण केन्द्रले नयाँ पेनस्टक पाइप परिवर्तन गर्ने र नहर मर्मत गर्ने भन्दै विद्युत् बन्द गरेको छ । पेनस्टक पाइप बदली कार्य अन्तिम चरणमा पुगेको छ भने नहर मर्मत गर्ने काम धमाधम चलिरहेको छ । ६३ मिटर नयाँ पेनस्टक पाइप जडान गर्ने कार्य उपभोक्ता समितिबाट ८० प्रतिशत कार्य सकिएको उक्त आयोजनाका इञ्जिनियर दावाजाङ्मु शेर्पाले बताए । 

    विद्युत्गृहमा रहेका दुई वटा मेशिनमध्ये एउटा मेशिनले काम गर्न छोडेको छ । वितरण केन्द्रले पुनःनिर्माण गरे पनि एउटा मेशिनले काम नगर्दा जिल्लाका सिमकोट र खार्पुनाथ गाउँपालिकाका एक हजार ८०० घरधुरीका सेवाग्राहीले उही पुरानै अँध्यारोको दुःख खेप्नुपर्ने अवस्था रहेको छ । विद्युत्गृहमा रहेका दुई मेशिनमध्ये एक मेशिनका सामग्री नै नभएको त्यहाँका कर्मचारीले बताएका छन् । दुवै मेशिनका पार्टपुर्जा पूरा नहुँदा हिउँदको समयमा सदरमुकामवासीले विगतका वर्षजस्तै लोडसेडिङको सामना गर्नुपर्ने अवस्था रहेको छ ।

सेनाको गतिविधि पारदर्शी गराउन सुझाव

नेपाली सेना समावेशी बनाउँदै जानुपर्ने, भनसुनका आधारमा अयोग्य भर्ना गर्न नहुने, सेनाको गतिविधि पारदर्शी हुनुपर्ने सुझाव दिइएको छ । सेनाद्वारा मंगलबार आयोजित नागरिक–सैनिक अन्तत्र्रिmया कार्यक्रममा नकारात्मक कार्यप्रति सजग रहन नागरिक समाज तथा सञ्चारकर्मीले सुझाव दिए । 

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा पोखरेल नियुक्त

    स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक पदमा वरिष्ठ चिकित्सक रोशन पोखरेल नियुक्त भएका छन् र  सोमबारको मन्त्रिस्तरीय निर्णयबाट ११औँ तहमा कार्यरत वरिष्ठ मनोचिकित्सक पोखरेललाई सो पदमा नियुक्त गरिएको हो ।

    

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x