कात्तिक २७, २०८०
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौं – विद्युतीय सामानको कारोबार गर्ने भारतीयले नेपालमा ठूलो परिणाममा लागूऔषध भित्र्याउने गरेको तथ्य खुलेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरोले असोज १ गते ३ जना भारतीयसहित ४ जना नेपालीलाई ठूलो मात्रामा नियन्त्रित मनोद्विपक पदार्थ एम्पुल ४ हजार ३ सय २६ वटासहित पक्राउ परेसँगै तस्करीको रहस्य खुलेको हो ।
पुरुषोत्तमपुर बैरगनिया बस्ने ३७ वर्षीय अभिषेककुमार जयसवाल, ३७ वर्षीय राजा कुणाल र ३२ वर्षीय राजेशकुमार जयसवाललाई लागूऔधध नियन्त्रण ब्यूरोले भारतीय नम्बर प्लेटको बीआर ३० पी ८६०७ नम्बरको सेतो स्कर्पियोसहित पक्राउ परेको लागूऔषध नियन्त्रण ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी वसन्त लामाले बिहीवार पत्रकार सम्मेलनमा बताए ।
एसएसपी लामाले भने, ‘यी मध्येका १ जना अभिषेककुमार जयसवालले विद्युतीय सामानको होलसेल कारोबार गर्दै आएका थिए । यसैको आडमा लागूऔषधको कारोबार गर्दै आएको अनुसन्धानमा देखिएको छ ।’
भारतीयले चामल र पिठोभित्र लुकाएर डाइजेपाम १०४७ एम्पुल, नर्फिन १०३७ एम्पुल, र फेनारगन १०४२ एम्पुलसहित पक्राउ गरेको छ ।
जेल सजाय भुक्तान गरेपछि लागूऔषधको धन्दा
भदौ २७ गते लागूऔषध नियन्त्रण ब्यूरोले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जम्बु डाँडाबाट ४ जना नेपालीलाई नियन्त्रणमा लियो । सिराहा गोलबजार नगरपालिकाका ४२ वर्षीय उतिमलाला साह, उदयपुर त्रियुगा नगरपालिकाका ३४ वर्षीय सुजेन्द्र लोहनी, काभ्रे रोशी गाउँपालिकाका २८ वर्षीय पेमा लामा र सिराहा गोलबजार नगरपालिकाका २३ वर्षीय अशोक तामाङलाई प्रहरीले नियन्त्रित डाइजेपाम, फेनारगन र नुर्फिम १२ सय एम्पुल पनि बरामद गर्यो ।
‘अनुसन्धान गर्दै जाँदा उनीहरू सबै जना यसभन्दा अगाडि कर्तव्य ज्यान मुद्दा, लागूऔषध, डाँकाचोरी लगायतका मुद्दामा ३/४ बर्ष जेलमा कैद भुक्तान गरेको देखियो,’ एसएसपी लामाले भने ।
पक्राउ परेका उतिमलाल साह कर्तव्य ज्यान मुद्दामा २ वर्ष ९ महिना सिराहा कारागारबाट कैद भुक्तान गरेको, सुजेन्द्र लोहनी लागूऔषध मुद्दामा २ वर्ष सिराहा कारागारबाट कैद भुक्तान गरेको, पेमा लामा डाँकाचोरी मुद्दामा ३ वर्ष ४ महिना काभ्रे तथा सिराहा कारागारबाट कैद भुक्तान गरेको र अशोक तामाङ बलात्कार मुद्दामा २ वर्ष ६ महिना सिराहा कारागारबाट कैद भुक्तान गरिसकेका व्यक्ति रहेको लामाले बताए ।
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...