×

NMB BANK
NIC ASIA

स्थानीय तहको आन्तरिक आम्दानी ४२ करोड

असोज ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

दमौली–जिल्लास्थित दश स्थानीय तहले आन्तरिक स्रोतबाट रु ४२ करोडभन्दा बढी आम्दानी गरेका छन् । चार नगरपालिका र ६ गाउँपालिकाले आर्थिक वर्ष ०७५÷७६ मा कूल रु ४२ करोड ५५ लाख ८३ हजार २६९ आन्तरिक स्रोतबाट आम्दानी गरेका हुन् ।

Sagarmatha Cement
Muktinath Bank

स्थानीय तहहरुले सम्पत्ति, भूमि, घर बहाल कर, ढुङ्गा गिट्टीको बिक्री÷ठेक्का, नक्सापास दस्तुर, सिफारिसलगायतबाट आन्तरिक आम्दानी गरेको सम्बन्धित स्थानीय तहले जनाएको छ । सबैभन्दा बढी व्यास नगरपालिकाले रु १४ करोड ४९ लाख ९३ हजार सबैभन्दा कम घिरिङ गाउँपालिकाले रु ५२ लाख आठ हजार ५७१ आम्दानी गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

व्यास नगरपालिकाले रु १४ करोड ४९ लाख ९३ हजार आन्तरिक स्रोतबाट आम्दानी गरेको छ । प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तका अनुसार एकीकृत करबाट रु एक करोड सात लाख, घरबहाल करबाट रु ५१ लाख ५२ हजार, ढुङ्गा गिट्टी बिक्रीबाट रु पाँच करोड ६९ लाख २५ हजार, नक्सापास दस्तुरबाट रु एक करोड ८२ लाख ६० हजार आम्दानी भएको छ । त्यस्तै सिफारिस दस्तुरबाट रु ९४ लाख ३४ हजार, अन्य सेवा शुल्कबाट रु ४९ लाख ३६ हजार, व्यवसाय करबाट रु २१ लाख २० हजार, अन्यबाट रु तीन करोड १९ लाख २९ हजार आम्दानी भएको छ । 


Advertisment
Nabil box
Kumari

शुक्लागण्डकी नगरपालिकाले रु १३ करोड ७८ लाख ८४ हजार ७२२ आन्तरिक स्रोतबाट आम्दानी गरेको छ । प्रमुख प्रशासकीय अधिकृत देवबहादुर अधिकारीका अनुसार ढुङ्गा गिट्टी बिक्रीबाट रु दुई करोड ५३ लाख ३९ हजार २०२, मालपोत तथा सम्पत्तिकरबाट रु ५५ लाख ५६ हजार २४९, स्थानीय उत्पादन शुल्कबाट रु तीन करोड ६७ लाख ५४ हजार ५०० आम्दानी भएको छ । त्यस्तै व्यवसाय करबाट रु ४० लाख ४३ हजार ७९६, घरबहाल करबाट रु २० लाख ७२ हजार ५२६, सिफारिस दस्तुरबाट रु ४१ लाख ६८ हजार २०८, घर नक्सा दस्तुरबाट १३ लाख ८३ हजार ५७५, सेवा शुल्कबाट रु १९ लाख ५४ हजार ९२८, अन्य विविध आयबाट रु तीन करोड २५ लाख ९४ हजार ११५, मालपोत रजिष्ट्रेशनबाट रु एक करोड ८८ लाख ६५ हजार ५१४ आम्दानी भएको छ ।

Vianet communication
Laxmi Bank

भानु नगरपालिकाले रु एक करोड ८३ लाख ५४ हजार ९५३ आन्तरिक स्रोतबाट आम्दानी गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रदेव पाण्डेका अनुसार सम्पत्ति करबाट रु ४२ लाख ७२ हजार ८२९, घरबहाल करबाट रु २९ लाख ५८ हजार २३३, ढुङ्गा गिट्टी बिक्री÷ठेक्काबाट रु ४४ लाख १९ हजार ५५२, नक्सापास दस्तुरबाट रु २६ लाख ४६ हजार आम्दानी भएको छ । त्यस्तै सिफारिस दस्तुरबाट रु ३१ लाख २५ हजार ४७६, अन्य सेवा शुल्क तथा बिक्रीबाट रु एक लाख ७८ हजार ८९४, नाता प्रमाणितबाट रु चार लाख ७४ हजार ३३६ कर सङ्कलन भएको छ ।

पाण्डेका अनुसार व्यवसाय करबाट रु दुई लाख ६३ हजार ५००, दण्ड जरिवानाबाट रु छ हजार ९०, बहाल बिटौरी करबाट रु तीन हजार ८५५, साना सवारीसाधन करबाट रु छ हजार १५० कर सङ्कलन भएको छ ।

पाण्डेका अनुसार नगरपालिकाले उक्त अवधिमा ९८८ भौतिक पूर्वाधारका काम गरेको छ । एक सडक कालोपत्रे, १४२ सडक ग्राभेल, दुई पक्कीनाला, ४११ सडक स्तरोन्नति भएको छ । त्यस्तै छ वटा वडाको नयाँ भवन, १४७ सामुदायिक भवन, दुई सामुदायिक सिकाइ केन्द्र, एक ज्येष्ठ नागरिक सेवा केन्द्रको भवन निर्माण सम्पन्न भएको छ । 

भीमाद नगरपालिकाले आन्तरिक स्रोतबाट रु दुई करोड ९६ लाख ७७ हजार आम्दानी गरेको छ । प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाका अनुसार सम्पत्तिकरबाट रु ११ लाख ९८ हजार, भूमिकरबाट रु सात लाख ८८ हजार, घरबहाल करबाट रु १० लाख ३६ हजार, ढुङ्गा गिट्टी बिक्रीबाट रु दुई करोड २७ लाख चार हजार, नक्सापास दस्तुरबाट रु छ लाख ७९ हजार, सिफारिस दस्तुरबाट रु ३२ लाख ७० हजार, पूर्वाधार उपयोगमा लाग्ने करबाट रु १२ लाख दुई हजार आम्दानी भएको छ ।

देवघाट गाउँपालिकाले आन्तरिक स्रोतबाट रु दुई करोड १२ लाख ८० हजार १३२ आम्दानी गरेको छ । प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीका अनुसार भूमि करबाट रु १५ लाख ५५ हजार २०८, घरबहाल करबाट रु सात लाख ९५ हजार ७१४, ढुङ्गा गिट्टीको बिक्री/ठेक्काबाट रु एक करोड ४१ लाख ३० हजार ५४०, नक्सापास दस्तुरबाट रु दुई लाख ८२ हजार १३, सिफारिस दस्तुरबाट रु १४ लाख ७८ हजार १४६, अन्य सेवा शुल्क तथा बिक्रीबाट रु १५ लाख ६३ हजार ७९० आम्दानी भएको छ । त्यस्तै नाता प्रमाणितबाट रु एक लाख १८ हजार ७००, सम्पत्ति मूल्याङ्कन दस्तुरबाट रु एक लाख सात हजार ७२१, व्यवसाय करबाट रु दुई लाख १२ हजार ३०० र दण्ड जरिवानाबाट रु दश लाख ३६ हजार आम्दानी भएको छ ।

बन्दीपुर गाउँपालिकाले आन्तरिक स्रोतबाट रु ८० लाख ६३ हजार ८७० आम्दानी गरेको छ । प्रमुख प्रशासकीय अधिकृत सुकदेव रेग्मीका अनुसार एकीकृत सम्पत्ति करबाट रु २५ लाख ७३ हजार ३६४, भूमि करबाट रु दुई लाख ३४ हजार ९७३, घरबहालबाट रु नौ लाख ८० हजार १६, बहाल बिटौरीबाट रु एक लाख ७४ हजार ६८९, साना सवारीसाधनबाट रु ५० हजार, ढुङ्गा गिट्टीको बिक्रीबाट रु सात लाख २० हजार आम्दानी भएको छ । त्यस्तै नक्सापास दस्तुरबाट रु आठ लाख ६६ हजार ५२७, सिफारिस दस्तुरबाट रु २१ लाख १९ हजार पाँच, नाता प्रमाणितबाट रु एक लाख ३२ हजार ४४०, व्यवसाय करबाट रु दुई लाख १४ हजार ५६० आम्दानी भएको छ ।

आँबुखैरेनी गाउँपालिकाले आन्तरिक स्रोतबाट रु तीन करोड ६६ लाख ४० हजार ७१५ आम्दानी गरेको छ । प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण पौडेलका अनुसार सम्पत्तिकरबाट रु १२ लाख ३२ हजार १८५, भूमिकरबाट रु नौ लाख १७ हजार ७६८, घरबहाल करबाट रु सात लाख ९६ हजार ३१५, सवारीसाधनबाट करबाट रु २४ हजार ८९० आम्दानी भएको छ । त्यस्तै विज्ञापन करबाट रु चार लाख ८० हजार, राजपत्र, पुस्तक, नक्सा बिक्रीबाट रु १३ लाख १३ हजार ७९३, अन्य सेवा शुल्क तथा बिक्रीबाट रु एक करोड ५३ लाख ९० हजार, सिफारिस दस्तुरबाट रु १२ लाख २९ हजार ७० आम्दानी भएको छ ।

त्यस्तै अन्य दस्तुरबाट रु छ लाख ६५ हजार १५५, व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट रु एक लाख ७१ हजार ५००, अन्य राजश्वबाट रु एक करोड ३७ लाख ८० हजार ५८० सङ्कलन भएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी दिए। गाउँपालिकाले गत आवको भन्दा ५८३ प्रतिशत बढी राजश्व आन्तरिक स्रोतबाट आम्दानी गरेको छ । 

ऋषिङ गाउँपालिकाले आन्तरिक स्रोतबाट रु ८६ लाख ८३ हजार ३०६ आम्दानी गरेको छ । प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलका अनुसार भूमिकरबाट रु १६ लाख २१ हजार ९३५, घरबहाल करबाट रु एक लाख २९ हजार ९९५, ढुङ्गा गिट्टीको बिक्रीबाट रु ४१ लाख ३१ हजार ३४, सिफारिस दस्तुरबाट रु नौ लाख आठ हजार ७४८, अन्य सेवा शुल्कबाट रु दुई लाख ८७ हजार ४४६, निकासी दस्तुरबाट रु १५ लाख ४९ हजार १४८ आम्दानी भएको छ । 

घिरिङ गाउँपालिकाले आन्तरिक स्रोतबाट रु ५२ लाख आठ हजार ५७१ आम्दानी गरेको छ । प्रमुख प्रशासकीय अधिकृत सन्तोष ढुङ्गानाका अनुसार भूमिकरबाट रु छ लाख २२ हजार ७००, घरबहाल करबाट रु दुई लाख ३२ हजार ३९, ढुङ्गा गिट्टीको बिक्रीबाट रु २५ लाख ४७ हजार ५०४, सिफारिस दस्तुरबाट रु १५ लाख ३ हजार ७३३, अन्य सेवा शुल्कबाट रु दुई लाख पाँच हजार ९५ आम्दानी भएको छ । त्यस्तै म्याग्दे गाउँपालिकाले रु एक करोड ४७ लाख ९७ हजार आम्दानी गरेको प्रमुख प्रशासकीय अधिकृत दयाराम तिवारीले जानकारी दिए।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x