×

NMB BANK
NIC ASIA

हिजो दिनभरः मोदीको जन्मदिनमा पशुपतिमा विशेष पूजासहित यस्ता छन् मुख्य समाचार

असोज ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

संविधान दिवस मनाइयो 
४ वर्षअघि २०७२ असोज ३ गते संविधान जारी भएको दिनको खुसियालीमा शुक्रबार संविधान तथा राष्ट्रिय दिवस धुमधामका साथ मनाइएको छ ।

Sagarmatha Cement
Muktinath Bank

यही अवसरमा राजधानीमा सैनिकमञ्चमा भव्य कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतका उच्च पदस्थ अधिकारीको सहभागिता रह्यो । 
दिवस देशभर र विदेशस्थित कुटनीतिक नियोगमा पनि मनाइएको छ ।    
पशुपतिमा विशेष पूजा


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको ६९औँ जन्मोत्सवको अवसरमा पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरिएको छ । रुद्राभिषेकसहितको विशेष पूजा शुक्रबार बिहान साढे नौ बजेपछि गरिएको थियो ।
    
 मोदीको दीर्घायु, दीर्घ सुशासन र स्वच्छ भारतको लक्ष्यसहित निरन्तर अघि बढोस् भन्ने सङ्कल्पले शुक्रबार विशेष पूजा गरिएको पशुपतिनाथका मूल अर्चक रावल गणेश भट्टले जानकारी दिए ।  पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्न भारतीय जनता पार्टी (भाजपा) का नेता सञ्जीव शुक्लाको नेतृत्वमा कमलेश तिवारी, उमेश गुप्ता, राकेश तिवारी, लालता साहू, डा शिवमोहन गुप्तासहितको समूह काठमाडौँ आएको छ । 


Advertisment
Nabil box
Kumari

 सन् १९५० सेप्टेम्बर १७ तारिखका दिन जन्मनुभएका भारतीय प्रधानमन्त्री मोदी ६९ वर्ष पूरा भई यसै हप्ता ७० वर्ष प्रवेश गरेका छन् ।  दोस्रोपटक मोदी भारतको प्रधानमन्त्री भएको १०० दिन पूरा भएको अवसरसमेत पारेर विशेष पूजा गरिएको भारतीय समूहका नेता शुक्लले जानकारी दिए । 

Vianet communication
Laxmi Bank

 गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक स्व कोइरालालाई 

    राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री स्व सुशील कोइरालाले संविधान निर्माणमा पु¥याएको योगदान अतुलनीय रहेको धारण व्यक्त गरेकी छिन् । 

यस वर्षको गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक पूर्वप्रधानमन्त्री स्व कोइरालालाई मरणोपरान्त प्रदान गर्दै राष्ट्रपति भण्डारीले स्व.कोइराला सरल, सहज, सादगी र पारदर्शी नेता रहेको बताइन् । 
 गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले शुक्रबार आयोजना गरेको सम्मान कार्यक्रममा राष्ट्रपति भण्डारीले संविधान निर्माणमा स्व कोइरालाको सहमति, सहकार्य र एकताको भावना स्मरणीय रहेको उल्लेख गरिन् । 


    बम निस्क्रिय

पशुपति क्षेत्रस्थित बज्रघर अघि भेटिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ । 

 करीब दुई घण्टा बम भएको हल्ला चलेपछि नेपाली सेनालाई खबर गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए ।  यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । 

बम निस्क्रिय बनाएपछि पशुपति क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइ बम राख्ने समूहको खोजी भइरहेको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ । संविधान एवं राष्ट्रिय दिवसका दिन शुक्रबार सार्वजनिक बिदा भएकाले पशुपति क्षेत्रमा भक्तजनको उल्लेख्य उपस्थिति थियो । 


उपप्रधानमन्त्रीको चेतावनी

    उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राजतन्त्र ब्यूँताउने सपना देखेर नसल्बलाउन चेतावनी दिएका छन् ।  उनले  जनताले मिल्काइसकेको राजतन्त्र कहिल्यै नब्युँतिने बताए । 

    “जनताको बलिदान र त्यागले प्राप्त नेपालको संविधान विश्वकै उत्कृष्ट छ”, मन्त्री पोखरेलले भने, “मिल्काइसकेको राजतन्त्रको सपना देखेर अब कोही नसल्बलाए हुन्छ ।” 

शुक्रबार झापाको विर्तामोडमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाले आयोजना गरेको पाँचौँ संविधान दिवस कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले जनताबाट निर्वाचित भएका ९० प्रतिशत जनप्रतिनिधिले अनुमोदन गरेको संविधानको कार्यान्वयनमा सरकार दृढतापूर्वक अघि बढेको बताए । 
    
बढी शुल्क लिएको भए फिर्ता देऊः त्रिविवि 

त्रिभुवन विश्वविद्यालयले चितवन मेडिकल कलेज एण्ड साइन्सेज भरतपुरलाई आन्दोलनरत विद्यार्थीसित वार्ता र संवाद गरी बढी शुल्क लिएको भए शुल्क फिर्ता गर्न अनुरोध गरेको छ । 

त्रिविविको सम्बन्धनप्राप्त सो कलेजका चिकित्सा शिक्षातर्फका एमबीबीएस तहमा अध्ययन गर्ने विद्यार्थी सरकारले निर्धारण गरेको शुल्कभन्दा बढी शुल्क आफूहरूसित कलेज प्रशासनले उठाएको भन्दै आन्दोलनरत छन् । 

त्रिविविले शुक्रबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी आन्दोलनबाट समस्याको समाधान नहुने हुँदा कलेज प्रशासनले आह्वान गरेको वार्ता र संवादमा सहभागी हुन विद्यार्थीलाई आग्रहसमेत गरेको छ ।

“विश्वविद्यालय पनि समस्याको समाधान वार्ता नै हो भन्ने कुरामा दृढ सङ्ल्पित रहेको छ । विद्यार्थीको पठनपाठन र जनताले स्वास्थ्य उपचार गर्न पाउने अस्पताल जस्तो अति संवेदनशीलस्थानमा बाधा र अवरोध सिर्जना गर्ने गराउने कार्य नगरिदिन विद्यार्थी, अभिभावक र सम्बन्धित पक्षसित विश्वविद्यालयले अनुरोध गर्दछ”, विज्ञप्तिमा भनिएको छ । 

मन्त्रिपरिषद्को गत साल असोज २८ गतेको बैठकले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहका एमबीबीएस र बीडीएसको शुल्क निर्धारण गरेको थियो । एमबीबीएसका लागि काठमाडौँ उपत्यकामा रु ३८ लाख ५० हजार तथा उपत्यका बाहिर रु ४२ लाख ४५ हजार तथा बीडीएस कार्यक्रमका लागि रु १९ लाख ३२ हजार ६१२ शुल्क निर्धारण गरिएको थियो । 

स्वास्थ्यको संरचना तथा दरबन्दी पुनरावलोकन हुँदै 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले संरचना तथा दरबन्दी पुनरावलोकन गरी प्रतिवेदन पठाउन आफ्ना मातहतका निकायलाई पत्राचार गरेको छ । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्रअनुसार मन्त्रालयले स्वास्थ्य सेवा, औषधि व्यवस्था र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागसहित महाशाखा तथा केन्द्र, स्वास्थ्य प्रतिष्ठान, सङ्घीय अस्पताल तथा कार्यालयलाई पत्राचार गरेको हो । 

मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले स्वास्थ्य सेवाको पनि संरचना तथा दरबन्दी पुनरावलोकन हुन लागेको जानकारी दिए ।  मन्त्रालयले प्रमुख जनस्वास्थ्य प्रशासक सहसचिव श्रेष्ठको संयोजकत्वमा नै पुनरावलोकन कार्यलयसमेत गठन गरेको छ । 

सामान्य प्रशासनले कर्मचारी समायोजन सम्पन्न भएपश्चात सङ्घीय सरकारका सबै मन्त्रालय, सचिवालय, आयोग र मातहत निकायहरूको कार्यक्षेत्र, कार्यबोझ र कार्यपद्धतिका आधारमा सङ्गठन तथा दरबन्दी नयाँ व्यवस्था गर्न लागेको छ ।

ग्यास र हवाई इन्धनको मूल्य घट्यो

    नेपाल आयल निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य घटाएको छ । निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर ५० अमेरिकी डलर र ग्यासमा प्रतिसिलिण्डर रु २५ घटाएको हो । 

    अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर एक हजार अमेरिकी डलर कायम गरिएको छ । मूल्य घटेपछि ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ३५० कायम भएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।  
 
    पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य केही घटेको छ । सेप्टेम्बर १ मा इन्डियन आयल कर्पोरेशनले पठाएको मूल्यअनुसार हवाई इन्धन र एलपी ग्यासको मूल्य घटेर आएको थियो । अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य समायोजन भएसँगै नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सफल बनाउन टेवा पुग्ने निगमले विश्वास लिएको छ ।
 
    पन्तको उम्मेदवारी घोषणा

    गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को अध्यक्षका उम्मेदवार कुमार पन्तले मुलुकको विकास र समृद्धिका लागि लगानी भित्र्याउने घोषणा गरेका छन् । सङ्घको अध्यक्षका लागि शुक्रबार उम्मेदवारी घोषणा गर्दै उनले मुलुकको समृद्धिका लागि गैरआवसीय नेपालीको सामूहिक तथा व्यक्तिगत लगानी भित्र्याउने आफू सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।

    उनले आफ्नो कार्यकालमा सानादेखि ठूला लगानीलाई अभियानमा समाहित गरी रु १० अर्बको सामूहिक लगानी कोषलाई मूर्तरुप दिने बताए ।  विदेशमा सिकेको ज्ञान, सीप र प्रविधि नेपाल भित्र्याउने वातावरण बनाउन नवीन पहल अघि बढाउने उनको उद्घोष थियो । पन्तले नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सफल बनाउन विश्वभर नेपालको पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्न विशेष भूमिका निर्वाह गर्ने बताए । 
नेपालले माल्दिभ्ससँग बराबरी खेल्यो 

तेस्रो संस्करणको साफ यु–१८ फुटबल च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको उद्घाटन खेलमा साविक विजेता नेपालले माल्दिभ्ससँग बराबरी खेलेको छ । हलचोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा भएको खेलमा नेपालले माल्दिभ्ससँग १–१ गोलको बराबरी खेलेको हो । 

खेलमा पहिलो अग्रता भने माल्दिभ्सले लियो । खेलको १४औँ मिनेटमा माल्दिभ्सले गोल गर्दै शुरुआती अग्रता बनाएको थियो । नेपालका रोशन दोङले डिबक्सभित्र फल गरेपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै माल्दिभ्सका कप्तान हसन नजिबले गोल गरेका थिए । माल्दिम्सले खेलको पहिलो हाफसम्म एक शून्यले अग्रता लिएको थियो । तर खेलको दोस्रो हाफमा नेपालका मनिष डाँगीले बराबरी गोल फर्काए ।

 मनिषले खेलको ७६औँ मिनेटमा हेड गोल गर्दै नेपाललाई हारबाट जोगाए । उनले बृजेश चौधरीको पासलाई सदुपयोग गर्दैै गोल गरेका थिए । यस बराबरीसँगै समूह ‘ए’ मा रहेको नेपालले एक अङ्क जोडेको छ । त्यस्तै माल्दिभ्सको पनि समान एक अङ्क नै भएको छ । अब दोस्रो खेलमा नेपालले आइतबार भुटानसँग खेल्नेछ । प्रतियोगिताको समूह ‘बी’ मा भारत, श्रीलङ्का र बङ्गलादेश रहेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x