२६ जेठ २०८३, मंगलबार

करण जोहरको छोरा छोरीका लागि कसले सजायो कोठा ?

कात्तिक २०, २०७४
करण जोहरको छोरा छोरीका लागि कसले सजायो कोठा ?
फिल्म निर्माता करण जोहर बुधबार पहिलो पटक आफ्ना जुम्लिएका बच्चा लिएर यश जोहर तथा रुही जोहरको घर पुगेका थिए ।
उनले अभिनेता शाहरुख खानकी पत्नी गौरीले उनको बच्चाका लाविग बेबी नर्सरी तयार गरेको बताए ।
बलीउडमा करिण जोहर र शाहरुख खानको दोस्ती परिचित छ ।

करण शाहरुखसँग मात्र होइन उनकी पत्नी र पुरै परिवारका सदस्यहरुसँग निकै नजिकको सम्बन्धमा रहेका छन् । जसका कारण करणले ट्वीटमा तस्वीरसँग लेखेका छन्, मेरा छोराछोरीका लागि बेबी नर्सरी गौरी खानले धेरै मायासँग बनाएकी छिन् धन्यवाद गौरी’
गौरी तथा करण एक कोठाको सोफामा बसेको तस्वीर सार्जजनिक भएको छ । जुन कोठामा कार्टुन, चरा तथा जनावरको आकृति बनाइएको छ ।

करण जोहरले यस महिनाको शुरुवातमा भाडाका आमाको सहायतमा एक छोरा र एक छोरीलाई जन्म दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्