×

NMB BANK
NIC ASIA

महानगरका ३३ वडामा डेंगु नियन्त्रण कार्ययोजना

असोज ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कास्की – गण्डकी प्रदेश सरकारले डेंगुको संक्रमण बढ्दै गएपछि पोखरा महानगरका ३३ वटै वडामा मन्त्री तथा प्रदेशसभा सदस्यहरुलाई सहजकर्ताको जिम्मेवारी तोकेर नियन्त्रण कार्ययोजना निर्माण गरिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

सामाजिक विकास मन्त्रालयले ‘घर परिवार र सम्पूर्ण समुदायको सहभागिता, डेंगुमुक्त गण्डकी प्रदेश हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित वडास्तरमा कार्ययोजना निर्माण गरेर नियन्त्रणको अभियान शुरू गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रत्येक वडामा नियन्त्रण कार्ययोजना निर्माण गरेर विभिन्न संघसंस्था, विद्यालय, स्वास्थ्य संस्था तथा वित्तीय संस्थाको समेत सहकार्यमा खोज र नष्टको अभियान सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।


Advertisment
Nabil box
Kumari

सरकारका मन्त्री, प्रदेशसभाका सदस्य सहजकर्ता तथा सम्बन्धित वडाका वडाध्यक्ष, स्वास्थ्यका प्राविधिक कर्मचारीले वडाका राजनीतिक दल, संघसंस्था, आमा समूह, क्लब लगायतको सहभागितामा आफ्नो वडामा डेंगु नियन्त्रण कार्ययोजना निर्माण गरेर सचेतनाका कार्यक्रम सञ्चालन गरिने सामाजिक विकासमन्त्री नरदेवी पुनले बताइन् ।

Vianet communication
Laxmi Bank

लामुखट्टेको टोकाइबाट मानिसमा सर्ने सरुवा रोग भएकाले वडास्तरमा सञ्चालन गरिने कार्यक्रममा हप्तामा २ दिन सबै स्थानमा खोज र नष्ट गर्ने अभियान चलाउने, डेंगु नियन्त्रणबारे सम्पूर्ण विद्यालयलाई जानकारी दिने, वडाभित्रका अनावश्यक टायरको व्यवस्थापन गर्ने र पानी जम्ने स्थानका खाल्डाखुल्डी पुर्ने रहेको छ । 

कार्ययोजनामा लामखुट्टेका बासस्थान खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गर्ने, वर्कशप, ग्यारेज र फोहरमैला व्यवस्थापन गर्ने, टोल विकास संस्था र नागरिक समाजका व्यक्तिहरुलाई अभिमुखीकरण गर्ने, घर कार्यालय, विद्यालय, होटल  तथा संघसंस्थामा स्वतस्फूर्त रुपमा आफैं खोज्ने र नष्ट गर्ने गरी जनपरिचालन गर्ने, असुरक्षित कन्टेनरको व्यवस्थापना गर्ने तथा सञ्चारमाध्यमबाट डेंगु रोग नियन्त्रणसम्बन्धी सन्देश प्रकाशन गर्नेलगायत छन् । 

पर्यटकीय शहर पोखरामा डेंगुको संक्रमण बढ्दै गएर पर्यटनलगायत समग्र क्षेत्रलाई प्रभावित पार्ने खतरा देखिएको तथा सरकार एक्लैले भन्दा पनि समुदायको सहकार्यबाट नियन्त्रण सम्भव हुने भएकाले सरकारले कार्ययोजना निर्माण गरेर नियन्त्रणको उपायहरु शुरू गरेको मन्त्री पुनको भनाइ छ । 

वडास्तरमा सञ्चालन गरिने कार्यक्रमको कार्यान्वयनको अनुगमनका लागि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसी तथा उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रदेश सरकारका प्रमुख सचिव हरिप्रसाद बस्याल रहेको समिति गठन गरिएको छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार जानकारीमा आएअनुसारको पछिल्लो तथ्यांकअनुसार गण्डकी प्रदेशमा एक हजार ८५३ जनामा डेंगुको संक्रमण देखिएको छ । प्रदेशका प्रत्येक जिल्लाबाट हरेक दिन साँझ निर्देशनालयमा जानकारी गराउने व्यवस्था गरिएको बताउँदै निर्देशनालयका अधिकृत होग्रेथ भुर्तेलले जानकारीमा नआएको र संक्रमित भएर घरमै उपचार गराइरहेकाहरूको संख्या योभन्दा बढी भएको हुन सक्ने बताए ।

निर्देशनालयका अनुसार सबैभन्दा बढी कास्कीमा १ हजार ८ सय ४४, स्याङ्जामा ८ र पर्वतमा १ जनामा डेंगु देखिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा–९ र ८ मा सबैभन्दा बढी प्रभावित बनेका छन् । वडा नम्बर ९ मा ३ सय २६ र ८ मा ३ सय २५ जनामा सो रोग देखिएको बताइन्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x