'भूल भुलैया २' मा कियाराको इन्ट्री, कार्तिकसँग रोमान्स !

काठमाडौं– बलिउडका चर्चित अभिनेता कार्तिक आर्यनको चलचित्र भूल भुलैया २ मा कियारा आडवाणीको इन्ट्री भएको छ  । 
चलचित्रमा अब कियारा कार्तिककी हिरोइन बन्ने भएकी छिन् ।  

यसका साथै कार्तिक र कियाराको जोडी पहिलो पटक ठुलो पर्दामा देखिने भएको छ ।


Advertisement

कियाराले यसअघि चलचित्र ‘कबीर सिंह’मा धमाका मच्चाएकी थिइन् । यस चलचित्रमा उनले शाहिद कपूरसँग भूमिका निभाएकी थिइन् । यी दुवैको उपस्थितीलाई दर्शकले मन पराएका थिए ।  

खबरका अनुसार, भूल भुलैया २ को शूटिंग आगामी अक्टोवरमा शुरू हुनेछ । 
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्