ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

चितवन–भरतपुर महानगरपालिका–१ आँपटारी वन क्षेत्रमा आइतबार राति  ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१ रामनगर बस्ने २३ वर्षीय आरुष रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 


Advertisement

 प्रहरीका अनुसार आँंपटारीबाट रामनगरतर्फ जाँदै गरेको लु २ ख ६९० नम्बरको ट्रक पछाडि सोही दिशातर्फ जाँदै गरेको ना ४४ प ५०१७ नम्बरको मोटरसाइकल ठक्कर खाएको थियो ।

दुर्घटनामा परी मोटरसाइकल चालक रेग्मी गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेका छन् । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्