×

NMB BANK
NIC ASIA

एमएस नेपाल इन्टरनेसनल–२०१९ को उपाधि डा. रंगीनालाई

असोज ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता एमएस नेपाल इन्टरनेसनल–२०१९ को उपाधि डा. रंगीना लाइकमबम शाहले जितेकी छन्।

Muktinath Bank

डा. लाइकमबमले प्रतियोगितामा सहभागी सातै प्रदेशका ३६ जनालाई पछि पार्दै उपाधी हात पारेकी हुन्। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यहि असोज ४ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न प्रतियोगीतामा बिजेता बनेकी डा. लाइकमबमलाई नायिका करिष्मा मानन्धरले ताज पहिराइदिएकी थिइन्।


Advertisment
Nabil box
Kumari

 पूर्व प्रधानसेनापति रुक्मांगत कटुवाल प्रमुख निर्णायक रहेको सो सौन्दर्य प्रतियोगितामा नायक राजेश हमाल र करिष्मा मानन्धरले प्रतियोगीको मुल्यांकन गरेका थिए । 

Vianet communication
Laxmi Bank

पाँचौं एमएस नेपाल इन्टरनेसनल–२०१९ को उपाधि हात पारेकी डा. लाइकमबमले आगामी अक्टुबरमा सिंगापुरमा सम्पन्न हुने अन्तर्राष्ट्रिय स्तरको विवाहिता महिलाको सौन्दर्य प्रतियोगितामा भाग लिन पाउनेछिन्।

डा. लाइकमबम (ल्याप्रोस्कोपी) स्त्रीरोगसम्बन्धी उपचार दूरबिन सर्जरीबाट गर्ने डाक्टर मध्ये एक हुन्। 

जर्मनीबाट यस्तो प्रविधिको शुरूवात भएको भएपनि नेपालका लागि भने यो नयाँ प्रविधि हो। पेटमा स–साना घाउ बनाई फाइबर अप्टिक इन्डोस्कोप (दूरबिन) को सहायताले तल्लो पेटका भित्री अंगहरूको समस्या हेर्ने विधिलाई ल्याप्रोस्कोपी भनिन्छ । सजिलो भाषामा ल्याप्रोस्कोपी  भनेको धेरै चीरफार नगरी दूरबिनबाट गरिने सर्जरी– शल्यक्रिया हो ।

त्रिपुरेश्वरस्थित ब्लूक्रस हस्पिटलमा आबद्ध डा. लाइकमबम दुरविन प्रविधिमा सर्जरी गर्नुका साथै पछिल्लो समय नेपालमा दूरबिन प्रविधिबाट गरिने उपचारबारे आम सर्वसाधारणलाई जानकारी दिने अभियानमा समेत लागिपरेकी छन्। 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x