पुस ११, २०८०
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
नेपाली राजनीतिक वृत्तमा प्रदेश नम्बर २ महत्त्वपूर्ण भूमिकामा देखिन्छ । ७ प्रदेशमध्ये यही प्रदेशमा मात्र गठबन्धन सरकार छ, अन्य प्रदेश वामपन्थी दल नेकपाले हाँकेको छ ।
प्रदेश नम्बर २ लाई संघीय संरचानको गढको रूपमा चिनिन्छ तर अहिलेको अवस्था हेर्ने हो भने असफल नेतृत्व, कमजोर अनुशासन र भ्रष्ट राजनीतिक संस्कारले यो प्रदेशलाई नै समग्र रूपमा कमजोर बनाएको छ । प्रदेशलाई यो हालतमा पुर्याउनुमा क्षेत्रीय राजनीति र प्रदेशभित्र हावी रहेका राजनीतिक दलहरू राजपा नेपाल र हालको समाजवादी पार्टीको ठूलो हात छ ।
राजनीतिमा हाल चर्चित यी राजनीतिक दलका नेताहरूको इतिहास हेर्ने हो यिनीहरू मध्येका ८० प्रतिशत नेताहरू पुराना राजनीतिक दलका निष्क्रिय कार्यकर्ता हुन् । मधेशी गठबन्धनका शीर्ष नेताहरू प्राय: संघीय संसद्का सांसद रहेका छन् भने यिनका अनुयायी र निकटका कार्यकर्ताहरू भने प्रदेशको नेतृत्व गरेर बसेका छन् ।
राजनीतिमा नेतृत्वको कमजोर चयन र विगतका दिनहरूमा कार्यकारी भूमिकाको शून्य अनुभवले आज प्रदेश आन्तरिक रूपमा कमजोर र बाह्यरूपले असफल भएको छ । प्रदेशभित्र महत्त्वपूर्ण जिम्मेवारी पाएका नेता, कार्यकर्ता, नागरिक समाजका अगुवाहरू भने पार्टीकेन्द्रित काम गर्नमा व्यस्त देखिन्छन् ।
हिजो अधिकार मागेर बसेका यी नेता कार्यकर्ताहरू आज सम्पूर्ण प्रदेशको अधिकारलाई आफ्नो व्यक्तिगत स्वार्थमा परिणत गरेर सत्तामुखी भएर बसेका छन् ।
कमजोर राजनीतिक परिवेशमा नेतृत्व गरिरहेका प्रदेश सरकारको मुख्यमन्त्री लालबाबु राउत लगायतका मन्त्रीहरूको भने आफ्नै स्वार्थ र व्यक्तिगत महत्वाकांक्षा यति धेरै छ कि प्रदेश विकासको दीर्घकालीन बाटोमा हिँड्न सकेको छैन ।
नेतृत्वको भूमिका महत्त्वपूर्ण हुन्छ तर दुर्भाग्य यो प्रदेशले भने मुख्यमन्त्रीकोरूपमा एक कमजोर राजनीतिक कार्यकर्ता पाएको छ । प्रदेशको नाम र पहिचान दुवै पक्षलाई नबुझेका मुख्यमन्त्री राउतको चरित्र मात्र एक कमजोर र राजनीतिक मोहराको रूपमा देख्न थालिएको छ ।
मुख्यमन्त्री राउत एक उत्तेजक वक्ता छन्, जसले गर्दा पटक–पटक प्रदेश र देश अन्तर्राष्ट्रिय जगतमा लज्जित हुँदै आएको छ । गत वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा रहँदा प्रदेशको राजधानी जनकपुरधाममा आयोजना गरिएको नागरिक अभिनन्दन कार्यक्रममा मुख्यमन्त्रीले आफ्नो मन्तव्यमा कूटनीतिक मर्यादाको ख्याल नगर्दा देशकै बेइज्जत भयो ।
राजपा नेपालका महामन्त्री तथा प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल भने उक्त कार्यक्रममा उद्घोषक बनेर आफ्नै मर्यादालाई अपमानित गर्न पुगे ।
भारतमा सफल रहेका प्रधानमन्त्री नरेन्द्र मोदीका योजनाहरू प्रदेशभित्र त्यही नाम र नाराले ल्याएका मुख्यमन्त्री राउतको प्राय: सम्पूर्ण योजना असफल र भ्रष्टाचारमा लिप्त छन् । नेपालको केन्द्रीय योजना आयोग र अन्य प्रदेशको योजना आयोग यो प्रदेशमा भने भारतमा झैं नीति आयोगको रूपमा कार्यरत छ ।
नेतृत्वको भ्रष्ट नीतिले कमजोर बनेको नीति आयोगमा भने राजनीतिक कार्यकर्ताहरूको ठूलो भेला देखिन्छ । प्रदेशको नीति निर्माणभन्दा पनि नेताहरूको व्यक्तिगत स्वर्थापुर्ति हुने नीति ल्याउन नसक्दा नीति आयोगका एक मात्र गैरराजनीतिक सदस्य र आयोगका उपाध्यक्ष हरिवंश झालाई माहाअभियोग लगाउने डरसहित निकालिएको छ । विद्वान र असल नेतृत्व गुमाएको प्रदेश नीति आयोग अहिले नेता-कार्यकर्ता चलाउने संयन्त्र बनेर बसेको छ।
प्रदेशभित्र आफ्ना नेता/कार्यकर्ता हुर्काउन र आफ्नो वर्चस्व कायम गर्न यसवर्ष निकासा गरिएको पूर्वाधार निर्माणसम्बन्धी बजेटमा भने व्यापाक अनियमितता भएको देखिन्छ। सांसदहरूको प्रत्यक्ष सहभागितामा उपभोक्ता समितिले गरेका कामहरूमा ४० देखि ५० प्रतिशतसम्म कमिसन लेनदेन भएको छ । कर्मचारीलाई आफ्नो मनमर्जी काम गर्न/गराउन चर्को दबाब दिँदै गरेका नेता/कार्यकर्ताको मनोवृत्तिले यहाँ राम्रो कर्मचारीको व्यापक कमी देखिन्छ ।
संविधान र विभेदको नाममा भ्रम छरेर बसेका मधेशी गठबन्धनले आम सर्वसाधारणलाई देशविरोधी गतिविधिमा अगाडि बढाएर आफू सत्ताको सम्पूर्ण सुविधा अंगालेर बसेका छन् । संविधान दिवसलाई कालो दिनको रूपमा घोषण गरेका मधेशवादी राजनीतिक दलको चरित्र घृणायोग्य छ ।
संवैधानिक व्यवस्थाअन्तर्गत रहेर प्रदेशको नेतृत्व गरिरहेका यी नेताहरूले फेरि पनि कार्यकर्तालाई असोज ३ गते कालो दिवस मनाउन निर्देशन दिएका छन् भने केन्द्रीय सरकारका उप-प्रधानमन्त्री समेत रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव संविधान दिवसको कार्यक्रम छल्न अमेरिका पुगेका छन् । नेता/कार्यकर्तामा नेतृत्वले लादेको संविधानप्रतिको घृणाले एकातर्फ प्रदेशको भविष्य नै अन्धकारमा छ भने सत्ताको समीप रहेर राज्यको सम्पूर्ण सेवासुविधा लिएका नेताहरू आफैंचाहिँ पदको लाभ लिँदै तिनै सर्वसाधारणहरूको चरम शोषण गरिरहेका छन् ।
मधेश एक भ्रम र राजनीति सिँढी मात्र रहँदा अशिक्षित जनतामा यसको असल स्वरूप अझै मधेशी दलहरूले धमिलो बनाइदिएका छन् । मधेश अधिकार सम्पन्न नभएको हल्ला गर्ने यी राजनीतिक नेतृत्व गरिरहेका नेताहरूले राज्यले आम जनतालाई दिएको मौलिक अधिकारबाट पनि वञ्चित राखेको छ ।
मधेश आनदोलनमा आफ्नो ज्यान गुमाएका शाहीद परिवारहरू आज पनि यिनै प्रश्न लिएर प्रदेश सरकारसमक्ष उभिएका छन् तर प्रदेश नेतृत्वले भने दोष संघको रहेको भन्ने गरेका छन् । शहीदको मूर्ति आफ्नो कार्यकक्षमा लगाएका प्रदेश सरकारका मन्त्रीहरू कमिसन के कति लिने/दिने भन्ने कुरा आफ्नै कार्यकक्षमा गर्छन् ।
संविधानले विभेद नगरेको पक्कैपनि हैन तर संस्थागत र परम्परागत रूपमा स्थापित विभेद अन्त्य गर्न नेतृत्वले अपनाएको मार्ग मात्र सत्ताकेन्द्रित भयो । राज्यले जारी गरेको संविधान आफैंमा एक गतिशील र परिवर्तनकारी दस्तावेज रहेकाले यसको विरोध पनि सचेत र बौद्धिक रूपमा गर्नुपर्ने देखिन्छ ।
प्राकृतिक स्रोत साधनले धनी रहेको प्रदेश नम्बर २ कमजोर बनाउनुमा यहाँका नेता र राजनीतिक संस्कारको ठूलो दोष छ । नेपालको राजनीतिक इतिहासमा सधैं महत्त्वपूर्ण भाग खोजेर बसेका यी राजनीतिक समुदायका सदस्यहरूले गत ७ दशकदेखि नै नेतृत्व लिएर बसेका छन् तर तराईभित्र यी नेताहरूले भने आफ्नै गाउँ र टोलसम्मको विकास गर्न सकेनन् ।
तराईको राजनीतिमा नेता भनाउनेहरू जब आफ्नो ठाँउमा असफल भए र राजनीतिमा मुद्दाविहीन भए तब यी सबै शक्तिशाली समूह एक भएर मधेशवादको राजनीतिमा सक्रिय भएका हुन् ।
आफ्नो भविष्य संघीयताले मात्र बचाउने बुझिसकेका यिनीहरूले प्रदेशको राजनीतिमार्फत आफ्नो माग र राजनीतिक अस्तित्व बचाउने खेलमा सम्पूर्ण प्रदेशको भविष्यलाई जातीयताको बन्धक बनाउँदै छन् भने बाहिरी रूपमा मधेशवाद मुद्दा भनेर राज्यसँग सत्ताको व्यापार ।
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...