माघ १५, २०८०
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
यही असोज १४ गते जनगणतन्त्र चीनको ७० वर्ष पुगेको उपलक्ष्यमा चिनियाँ राष्ट्रपति शी चिनफिङले सन् १९४९ देखि अहिलेसम्म चिनियाँ कम्युनिस्ट पार्टीको रेकर्डलाई प्रशंसा गर्दै एउटा सम्भाषण गर्नेछन् । तर शीको आत्मविश्वास र आशावादिताका बावजूद चिनियाँ कम्युनिस्ट पार्टीका सदस्यहरू कम्युनिस्ट सत्ताको भविष्यका विषयमा निकै चिन्तित छन् र त्यसको उचित कारण पनि छ ।
दोस्रो विश्वयुद्धपछिको दुई पुस्तामा बजार पूँजीवाद र प्रतिनिधित्वमा आधारित लोकतन्त्रले पश्चिमी विश्वमा समृद्धिको ढोका खोलेको थियो । तर बृहत्तर ऐतिहासिक सन्दर्भमा हेर्दा यो स्वर्णिम युग नियम भन्दा पनि अपवाद हो भन्न मिल्छ ।
सन् २०१२ मा शीले चिनियाँ कम्युनिस्ट पार्टीको बागडोर सम्हाल्दा चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना अनि जनगणतन्त्र स्थापनाको दुईवटा महत्त्वपूर्ण शतवार्षिकीअघि पार्टीले महान् सफलता हासिल गराउने प्रतिबद्धता व्यक्त गरेका थिए । तर लगातार आर्थिक सुस्तता आइरहेको अनि अमेरिकासँग तनाव बढिरहेको स्थितिमा सन् २०२१ मा चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको शतवार्षिकी समारोह फिक्का हुने सम्भावना छ । अनि एकदलीय शासन सन् २०४९ सम्म नटिक्न पनि सक्छ ।
हुन त निरंकुश शासनको कुनै समयसीमा हुँदैन तर चिनियाँ कम्युनिस्ट पार्टीले एकदलीय शासनको दीर्घजीवन बिताइसकेको छ । मेक्सिकोको इन्स्टिच्युसनल रिभोल्युसनरी पार्टीले ७१ वर्ष (सन् १९२९ देखि २००० सम्म) सत्ता सम्हालेको थियो, सोभियत संघको कम्युनिस्ट पार्टीले ७४ वर्ष (१९१७–१९९१) अनि ताइवानको कुओमिन्ताङले ७३ वर्ष (मुख्यभूमिमा १९२७ देखि १९४९ र ताइवानमा १९४९ देखि २०००) सत्ता चलाएको थियो । स्टालिनवादी पारिवारिक वंशले उत्तर कोरियामा ७१ वर्ष शासन चलाइसकेको छ र निरंकुश शासन चलाउने विषयमा त्यो मात्र अहिले चीनको समकालीन प्रतिस्पर्धी हो ।
तर चिनियाँ कम्युनिस्ट पार्टीले चिन्ता लिनुपर्ने भनेको ऐतिहासिक प्रवृत्ति मात्र हैन । माओवादका कारण आफैं निम्तिएका विपत्तिहरूबाट बौरिनका लागि सत्तालाई सबल बनाउने अनि विगत चार दशकमा देशलाई समृद्ध बनाउने परिस्थितिहरूको स्थान त्यसभन्दा कम अनुकूल र अझ कतिपय सन्दर्भमा थप शत्रुतापूर्ण वातावरणले लिएको छ ।
पार्टीको दीर्घजीवनमाथिको सबभन्दा ठूलो जोखिम अमेरिकासँग भइरहेको शीतयुद्ध हो । माओउत्तर युगको अधिकांश समय चिनियाँ नेताहरूले अन्तर्राष्ट्रिय मञ्चमा लो प्रोफाइल राखे अनि देशलाई बलियो बनाउनका लागि कुनै पनि द्वन्द्वमा संलग्न भएनन् । तर सन् २०१० सम्म चीन आर्थिक शक्ति बनिसकेको थियो र बाहुबली परराष्ट्रनीति अपनाउन थालेको थियो । यसले अमेरिकाको आक्रोश निम्त्यायो र उसले चीनसँग सम्पर्क बढाउने नीतिबाट बिस्तारै भिडन्त गर्ने नीति अपनाउन थाल्यो र त्यसको प्रमाण अहिले आएर देखिँदैछ ।
आफ्नो सर्वोत्कृष्ट सैन्य क्षमता, प्रविधि, आर्थिक दक्षता र साझेदार सञ्जालका कारण चीन र अमेरिकाबीचको शीतयुद्धमा अमेरिका नै हावी हुने प्रबल सम्भावना छ । भिडन्तमा अमेरिकाले चीनलाई बल्लबल्ल जित्नसक्ने भए पनि चिनियाँ कम्युनिस्ट पार्टी चाहिँ छिन्नभिन्न हुन सक्छ ।
चिनियाँ कम्युनिस्ट पार्टीले आर्थिक क्षेत्रमा बलिया विपरीत परिस्थिति सामना गर्नुपरेको छ । चिनियाँ चमत्कार भनिएको परिघटनालाई विशाल र जवान मजदूर बल, तीव्र गतिको शहरीकरण, विशाल स्तरको आधारभूत संरचना, बजार उदारवाद र विश्वव्यापीकरणले मलजल गरेको थियो । यी सबै कारक तत्त्वहरू अहिले घटिसकेका वा गायब भइसकेका छन् ।
व्यापक सुधार विशेषगरी राज्यको स्वामित्वमा रहेका अक्षम संस्थानहरूको निजीकरण अनि नववाणिज्यिक व्यापारको अन्त्यले आर्थिक वृद्धिलाई कायम राख्न सक्छ । तर थप बजार सुधारको ओठेभक्ति गरे पनि चिनियाँ कम्युनिस्ट पार्टी त्यसलाई कार्यान्वयन गर्न हिचकिचाइरहेको छ । उल्टो उसले निजी व्यवसायीलाई अचानोमा राख्दै राज्यनियन्त्रित संस्थानको हित हुने नीतिलाई अँगालिरहेको छ । राज्यको स्वामित्व रहेको क्षेत्रले एकदलीय शासनको आर्थिक आधार खडा गर्ने भएकाले चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूले अचानक व्यापक आर्थिक सुधार अपनाउने सम्भावना निकै क्षीण छ ।
राष्ट्रिय राजनीतिक प्रवृत्तिहरू पनि चिन्ताजनक छन् । शीको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीले पहिला राम्रो काम गरेको व्यवहारवाद, विचारधारात्मक लचिलोपना र सामूहिक नेतृत्वलाई परित्याग गरेको छ । पार्टीले नवमाओवाद अपनाएको छ जसमा विचारधाराको कठोर अनुपालन, कडा सांगठनिक अनुशासन र त्रासमा आधारित बलियो शासकको शासन समावेश छ । यसले विनाशकारी नीतिगत त्रुटिको जोखिमलाई बढाएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीले संघर्ष नगरिकन हार नमान्ने निश्चित छ । शक्तिमा आफ्नो पकड कमजोर हुँदै जाँदा उसले आफ्ना समर्थकमाझ राष्ट्रवाद उचाल्ने अनि आफ्ना विपक्षीलाई कठोर दमन गर्ने सम्भावना छ ।
तर यस रणनीतिले चीनको एकदलीय शासनलाई जोगाउन सक्दैन । राष्ट्रवादले चिनियाँ कम्युनिस्ट पार्टीलाई अल्पकालका लागि समर्थन दिलाउने भए पनि यसको ऊर्जा अन्ततोगत्वा क्षीण हुनेछ । विशेषगरी पार्टीले जनताको जीवनस्तरमा सुधार ल्याइरहन सकेन भने यो स्थिति चाँडै आउँछ । बाध्यकारी तथा हिंस्रक नीतिमा निर्भर सत्ताले आर्थिक मन्दी, जनताको प्रतिरोधमा वृद्धि, सुरक्षा खर्चमा वृद्धि र अन्तर्राष्ट्रिय रूपमा एक्ल्याइने सम्भावनाका रूपमा निकै ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ ।
असोज १४ गते शीले चिनियाँहरूलाई यो चित्र पक्कै प्रस्तुत गर्ने छैनन् । तर जतिसुकै राष्ट्रवादी अडान लिए पनि माओयुगको अन्त्यपछि चिनियाँ कम्युनिस्ट पार्टीको शासन छिन्नभिन्न हुने सम्भावना बढेर गएको तथ्य लुक्दैन ।
प्रोजेक्ट सिन्डिकेटमा प्रकाशित मिनशिन पेइको विश्लेषण
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...